No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लिङदेनको १४ सीटसहित संसदीय यात्रा सुरु, थापाको यात्रामा पूर्णविराम !

लिङदेनको १४ सीटसहित संसदीय यात्रा सुरु, थापाको यात्रामा पूर्णविराम !

काठमाडौं । पञ्चायतकालदेखि नै राजनीतिमा प्रभाव जमाउँदै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाको संसदीय राजनीतिक यात्रामा पुर्णविराम लागेको छ । पार्टीको महाधिवेशनमा हारको वेदनाले पार्टी विभाजन गर्न पुगेका थापाको पार्टीले आम निर्वाचन २०७९ मा नराम्रो हार व्यहोर्न पुग्दा उनको राजनीतिक यात्रा रोकिएको छ । उनी राजेन्द्र लिङदेनका अगाडि लज्जास्पद अवस्थामा पुगेका छन् ।
गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उठेका थापा अर्का उम्मेदवार राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । पराजित भएपछि उनले लिङदेनको नेतृत्वलाई असहज मान्दै पार्टी फुटाएर राप्रपा नेपाल गठन गरेका थिए । सुरुमा उनले लिङदेनलाई निकै ठूलो धक्का दिने अनुमान गरिएपनि उनले सोचेअनुसार नेताहरुले साथ दिएनन् । अधिकांश राम्रा नेताहरु लिङदेनकै पक्षमा देखिए ।
मंसिर ४ को आम निर्वाचनमा उनले नेकपा एमालेसँग चुनावी सहकार्य गर्दै एमालेको सुर्य चिह्नबाट चुनाव लडेका थिए । तर, सधैं जित निकाल्दै आएका उनको क्षमता एमालेको सहयोगले पनि थापालाई जित दिलाउन सकेन । यो निर्वाचनमा उनी पराजित मात्र भएनन्, उनको पार्टीले समानुपातिक मतमा ३० हजार पनि कटाउन सकेन । थापाले देशभरीबाट ३० हजार मतसमेत नपाउँदा उनले छोडेर गएका लिङदेन भने १४ सीटसहित संसदमा पुगेका छन् ।

निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य सँगै गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासले ३० बर्ष भन्दा बढी समय व्यतित गरिसकेको छ ।तीन दशकको अवधिमा पटकपटकको विभाजन झेलेको राप्रपा कुनै समय सत्ता राजनीतिको निर्णायक शक्ति समेत बनेको थियो । जसको उपयोग थापाले मजैले गरेका थिए । गणतन्त्र स्थापनापछि पुरानै एजेन्डासहित हरेक जसो चुनावमा प्रतिस्पर्धा गदै आएका थापाले अघिल्लो पटक पनि राप्रपालाई राष्ट्रिय पार्टी बनाउन सकेका थिएनन् ।

उनी राप्रपा नेपाल पार्टी खोलेर गएपछि पुरानो राप्रपा चम्किएको छ । राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ सीट जितेको छ भने समानुपातिकमा पनि ७ सीट नै पााएको छ । राप्रपाका अध्यक्ष लिङदेन १४ सीट लिएर संसदमा पुग्दा थापा भने घर न घाटको अवस्थामा आइपुगेका छन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि पूर्वपञ्च भनिएकाहरुको पार्टीको पहिचान बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निकै उतारचढाव झेल्दा थापा पनि सााथमै रहेका थिए । उनकै नेतृत्वमा तीन पटक पाार्टी विभाजन पनि भएको थियो ।

बहुदलीय व्यवस्था बहाली भएपछि राप्रपा थापा र राप्रपा चन्दको नामबाट दुई पार्टी बनेका थिए । पूर्व प्रधानमन्त्री सुर्यवहादुर थापाको पार्टी र अर्का पूर्व प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको पार्टीले २०४८ को आम निर्वाचनमा खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन् । त्यतिबेला थापा नेतृत्वको पार्टीले १ सीट जित्यो भने चन्द नेतृत्वको पार्टीले ३ सिटमा विजयी भयो । उक्त निर्वाचनपछि उनीहरूले पार्टी एकतासमेत गरेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा सो पार्टीले प्रतिनिधिसभामा २० सीट जित्न सफल भयो र संसदको तेस्रो ठूलो दलको रुपमा स्थापित भएको थियो ।

त्यसबेला कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्दा चन्द नेतृत्वमा रहेको एउटा समूह एमालेसँग गठबन्धन सरकारमा सामेल भएपछि दलमा पुन विभाजनको श्रुङखला सुरु भएको थियो । एमालेसँग गठबन्धन सरकारमा सामेलपश्चात २०५३ फागुन २९ गते चन्द तेस्रो पटक नेपालका प्रधानमन्त्री बने । सूर्यबहादुर थापाको नेतृत्वमा रहेको समूहले काग्रेससँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर सरकारमा सामेल हुने विषयले पुन राप्रपाभित्र फुटको अवस्था आयो ।

पार्टीले लोकेन्द्र बहादुर चन्द र नौ समर्थकलाई निष्कासन पनि गर्यो । पछि चन्दले आफ्नै पार्टी सुरु गरे । २०५६ को निर्वाचनमा पनि दुबै पक्ष एक्ला एक्लौ सहभागी भए । सूर्यबहादुर थापाले ११ सीट जिते भने लोकेन्द्र बहादुर चन्द नेतृत्वको पार्टीले कुनै पनि सीट जित्न सकेन । पुन चुनावपश्चात यी दलबीच फेरि एकीकरण भयो । दोस्रो पटक भएको एकीकरणको केही समयमै पुन २०६१ मा पार्टी पुन विभाजित भयो ।

पार्टीका पूर्व अध्यक्ष थापाले राष्ट्रिय जनशक्ति पार्टी नामक नयाँ दलको गठन गरे । २०६३ मा राष्टिय प्रजातन्त्र पार्टीको विभाजनको रुपमा कमल थापाले राष्टिय प्रजातन्त्र पार्टी नेपाल दल गठन गरे । संविधानसभा पहिलो निर्वाचन २०६४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ८ सीट जितेको थियो । जसको पार्टीको नेतृत्व पशुपति शमशेर जवराले गरेका थिए । कमल थापा नेतृत्वको राष्टिय प्रजातन्त्र पार्टी नेपालले ४ सीट जितेको थियो ।

२०७० मा राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गाभियो । त्यसबेला सूर्यबहादुर थापाले पार्टीको नेतृत्व गरेका थिए । दोस्रो संविधानसभामा सो दलले प्रत्यक्षमा ३ र समानुपातिकतर्फ १० सीट सहित १३ सीट जितेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समानुपातिकमा २४ सीट जत्दै दोस्रो संविधानसभाको चौथो ठूलो राजनीतिक दल बन्न पुग्यो ।

२०७३ मंसिर ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भयो र पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखियो । एकीकरणपश्चात २०७३ फागुनमा पार्टीको अध्यक्षमा कमल थापा चुनिएपछि गत २०७४ को निर्वाचनमा थापाकै नेतृत्वमा पार्टी चुनावमा सहभागी बन्यो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले केबल एक सीट जितेको थियो । जसमा राजेन्द्र लिङ्देन मात्र निर्वाचित भएका थिए ।

समानुपातिकमा तीन प्रतिशत पार गर्न असफल भएपछि सो पार्टी राष्ट्रिय पार्टी हुन असमर्थ भयो । यसले १, ३ र ६ प्रदेश सभामा एक एक सीट जितेको थियो । यसपटकको निर्वाचनमा राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ स्थानमा जीत हाशिल गरेको छ भने समानुपातिकमा पनि सातै सीट पाएको छ । नतिजा अनुसार नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा पाँचौं, जसपा छैटौं पार्टी र एकीकृत समाजवादी सातौं पार्टी बनेका छन् । एक वर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि पार्टी त्यागेर हिँडेका कमल थापाको राप्रपा नेपाल पार्टी भने अस्तित्वहीन भएको छ । नेपालबहस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
आतङ्कवादलाई समर्थन गर्ने राष्ट्रहरूलाई भारतको चेतावनी

आतङ्कवादलाई समर्थन गर्ने राष्ट्रहरूलाई भारतको चेतावनी

विष्णु पौडेलले भने- वामपन्थी पार्टी एमाले मात्रै हो, तत्काल वाम एकता हुन्न

विष्णु पौडेलले भने- वामपन्थी पार्टी एमाले मात्रै हो, तत्काल वाम एकता हुन्न

कम्युनिष्टहरू वैचारिक भएनन्, स्वतन्त्र पार्टीको उदय ‘काउन्टर रेभुलेसन’ हो

कम्युनिष्टहरू वैचारिक भएनन्, स्वतन्त्र पार्टीको उदय ‘काउन्टर रेभुलेसन’ हो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .