No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गठबन्धनमा प्रधानमन्त्रीको बहसः सभामुख लिए पहिलो, राष्ट्रपति लिए दोस्रो

गठबन्धनमा प्रधानमन्त्रीको बहसः सभामुख लिए पहिलो, राष्ट्रपति लिए दोस्रो

काठमाडौं । सत्ता गठबन्धनले नयाँ सरकार गठनका लागि औपचारिक रुपमा छलफल थालेपनि नेतृत्वका लागि तम्सिएका नेपाली कांग्रेस र नेकपा माओवादी बीचमा पहिले प्रधानमन्त्री को बन्ने भन्ने बहस जारी नै छ । आलोपालो प्रधानमन्त्री प्रणालीमा जाने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच सहमति भइसकेको छ । तर, पहिलो चरणमा प्रधानमन्त्री बन्ने विषयमा भने दुई दलबीच सहमति जुटिसकेको छैन् ।
नेताहरुको भनाईमा राष्ट्रपति र सभामुख कांग्रेस र माओवादीले लिने विषयमा गठबन्धनभित्र भने कुनै समस्या छैन् । कांग्रेसले राष्ट्रपतिसहित पहिलो प्रधानमन्त्रीको दावी कामय मै राखेको छ भने माओवादीले आफुलाई सभामुख दिने भए पहिलो प्रधानमन्त्री आफुले पाउनुपर्ने अडान राखिरहेको छ । माओवादी नेताहरुको भनाईमा सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा देउवा र दाहालबीच यस अगाडि नै सहमति भइसकेको छ । तर पहिलो चरणमा को प्रधानमन्त्री हुने भन्ने विषय टुंगो लागेको छैन ।
कांग्रेस नेताहरुसँगको छलफलमा माओवादीले कांग्रेसले राष्ट्रपति राखे आफुहरुले पहिलो प्रधानमन्त्री चलाउने र कांग्रेसले सभामुख राखेर राष्ट्रपति दिए प्रचण्ड दोस्रो चरणमा प्रधानमन्त्री बन्न तयार हुने बताएको छ । कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री दावी गर्दा राष्ट्रपति आफूहरूले पाउनुपर्ने दावी माओवादीको रहेपनि कांग्रेसभित्रबाटै सभापति देउवालाई माओवादीलाई राष्ट्रपति दिन नहुने दवाव बढिरहेको छ । तर, राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई दिने कुरामा माओवादी सहमत छैन् ।

सोमबारको सत्तारूढ पाँचदलीय गठबन्धनका नेताहरुको छलफल मिलेर सरकार बनाउने कुरामा केन्द्रित भएको थियो । राष्ट्रपति र सभामुखका विषयमा कांग्रेस र माओवादीबीच नै पहिले सहमति हुनुपर्ने भएकाले पनि बैठकमा अन्य विषयहरु नउठेको बताइएको छ ।गठबन्धनका नेताहरुले प्रधानमन्त्रीबारे निर्णय गर्ने जिम्मा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई नै दिएका छन् । दुई दलबीच छलफल र सहमति नभईकनै देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहलकदमी अघि बढाइरहेका छन् । अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको सन्देश दिइरहेका छन् ।

सोमबारको गठबन्धन बैठकमा सहभागी एक माओवादी नेताले कसको नेतृत्वमा सरकार गठन हुने भन्दा पनि गठबन्धनलाई निरन्तरता दिने विषयमा सत्तारूढ दलहरूले प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीसहितका अरु महत्वपूर्ण र शक्तिशाली पदहरूको बाँडफाँटको विषयमा अनौपचारिक छलफल मात्रै चलिरहेको छ । अहिले अनौपचारिक रुपमा सहमति गर्दै जाने र संसदीय दल गठन भएपछि यस विषयमा औपचारिक छलफल गर्ने नेताहरुबीच सहमति भएको उनले बताए ।

सत्ता गठबन्धन अहिले अरु दलहरुलाई पनि सहभागी गराउने प्रयत्नमा रहेको छ । प्रधानमन्त्री देउवाले सीके राउत नेतृत्वको जनमत पार्टीसँग सहमति गरिसके पनि जनता समाजवादी ९जसपा० र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँगको छलफल जारी नै छ । उनीहरुलाई पनि मुख्य पदहरुको भाग लगाउनुपर्ने भएकाले पहिले साना भागबण्डाको काम सकेर ठूलातिर लाग्ने सोच पनि गठबन्धनका शीर्ष नेताहरुले बताएका छन् ।

जसपा र नागरिक उन्मुक्ति पार्टीसँग तत्काल सहमति नभएपनि जनमत जोडिएपछि सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई आवश्यक बहुमत पुग्छ । देउवाले जनता समाजवादी पार्टी ९जसपा० लाई समेत सरकारमा ल्याउन छलफल अघि बढाइसकेको नेताहरु बताउँछन् ।प्रतिनिधिसभा र प्रदेशसभा सीट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धनबाट अलग्गिएको जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार एमालेसँगको सहकार्य सकिएको घोषणा गरिसकेका छन् ।

कांग्रेस नेताहरुले भने गठबन्धनकै नेताहरुसँगको छलफलमा पनि ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व लिन पाउनुपर्ने बताउँदै आएका छन् । अन्य पावर सेयरिङका विषयमा पनि अब शीर्ष नेताबीच अनौपचारिक रुपमा एकपक्षीय, दुईपक्षीय छलफल भइरहेको उनीहरुको भनाइ छ । तर, समझदारी कुन विन्दुमा हुन्छ भन्ने अहिले नै एकिन भने भएको छैन् । तर, जता छलफल चलाए पनि मुख्य गााँठो भने मुख्य तीन पदमै देखिएको छ ।

कांग्रेसले दावी गरेअनुसार मााओवादीलाई मनाउन नसके उसले भनेकै कुरामा सहमति गर्नुपर्ने अवस्थ पनि आउने देखिएको छ । माओवादीले कांग्रेसबाट पहिलो चरणमा सरकारको नेतृत्व गर्ने भए राष्ट्रपति आफुलाई चाहिने नत्र कांग्रेसले राष्ट्रपति राखे सभामुखसहित पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्ने सर्त अघि सारेको छ । यसलाई गठबन्धनका अरु दलले खासै चासो पनि दिएका छैनन् । उपराष्ट्रपति र राष्ट्रियसभाको अध्यक्षमा भने अरु दलले पनि दावी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
कीर्तिमानी जित’सहित गुजरातमा ७औं पटक सरकार बनाउँदै भाजपा

कीर्तिमानी जित’सहित गुजरातमा ७औं पटक सरकार बनाउँदै भाजपा

मधेश प्रदेशमा एमालेको मतप्रतिशतमा ओरालो लागे

मधेश प्रदेशमा एमालेको मतप्रतिशतमा ओरालो लागे

पाकिस्तानमा बैदेशिक लगानी ५२ प्रतिशत घट्यो

पाकिस्तानमा बैदेशिक लगानी ५२ प्रतिशत घट्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .