No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनमा व्यवसाय सञ्चालन गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूको अप्ठ्यारो बढ्दै

चीनमा व्यवसाय सञ्चालन गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूको अप्ठ्यारो बढ्दै

चीनमा व्यवसाय सञ्चालन गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूको अप्ठ्यारो बढ्दै गएको छ । कूटनीतिक तनाव र उपभोक्तामा आएको बदलावले उनीहरूका समस्या थपेका छन् । यसबाहेक, शून्य कोभिड नीतिका कारण बारम्बारको लकडाउनले आपूर्ति शृंखला भत्किनुका साथै काम गर्ने वातावरण पनि असहज बन्दै गएको छ । श्रमिक आन्दोलनले पनि समस्या नै थप्दै छन् । युरोपियन च्याम्बर अफ कमर्सले चीनमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूसँग गरेको एउटा सर्भेमा ६० प्रतिशतले चीनमा व्यवसाय सञ्चालन गर्ने वतावरण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
केहीले आपूर्ति शृंखलालाई चीनबाहिर विविधीकरण गरिरहेका छन् । यी मुलुकमा ज्याला कम हुनुका साथै सञ्चालन वातावरण पनि कम चुनौतीपूर्ण छ । लत्ताकपडा उद्योगका निम्ति बंगलादेश र मलेसिया आकर्षक बन्दै गएका छन् । तर, थुप्रै बहुराष्ट्रिय कम्पनीका लागि चीन सामान बनाउने सस्तो ठाउँ मात्र होइन, यो सहज स्थान पनि हो । चीन विशाल म्यानुफ्याक्चरिङ बेसले चीनलाई यन्त्र तथा रसायनका निम्ति विश्वकै ठूलो बजार बनाएको छ । यद्यपि केही कम्पनीका लागि चीन निकै महत्वपूर्ण छ ।

द इकोनोमिस्टले ब्लुमबर्गको डाटा प्रयोग गरेर अमेरिका, युरोप र जापानका बहुराष्ट्रिय कम्पनीहरूको विश्लेषण गरेको थियो, जसले चीनमा ती कम्पनीको बिक्री–आकडालाई खुलासा गर्छ । तीमध्ये २०० ठूला कम्पनीको चीनमा गतवर्षको बिक्री सात खर्ब डलर थियो । यो उनीहरूको विश्वव्यापी बिक्रीको १३ प्रतिशत हो ।

पाँच वर्षअघि उनीहरूको विश्वव्यापी बिक्रीको नौ प्रतिशत हिस्सा चीनको थियो । यी २०० ठूला कम्पनीले चीनमा गरेको सात खर्ब व्यापारमा ३० प्रतिशत हिस्सा प्रविधि–हार्डवेयर क्षेत्रका कम्पनीको, २६ प्रतिशत उपभोक्तामुखी व्यवसायको र २२ प्रतिशतमा औद्योगिक एवं कार तथा वस्तु बिक्री क्षेत्रको साझेदारी थियो । एप्पल, बिएमडब्लु, इन्टेल साइमेन्स, टेस्ला र वालमार्टलगायत १३ बहुराष्ट्रिय कम्पनीले चीनमा वार्षिक १० अर्ब डलरभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

चीनमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूको एउटा हिस्सा पछिल्लो समय भूराजनीतिक टकरावको शिकार भएको छ । अमेरिकाले चीनलाई उन्नत चिप र चिप बनाउने उपकरणहरूको बिक्रीमा प्रतिबन्ध लगाएपछि यीमध्ये धेरैजसोको बिक्रीमा उल्लेख्य गिरावट आएको छ । उनीहरूको ३० प्रतिशत बजार चीन हो । ताइवानको मुद्दालाई लिएर चीन र पश्चिमबीच सम्बन्ध चिसिन थालेपछि केही बहुराष्ट्रिय कम्पनीले चीनको बजारमा पहुँच भएन भने के गर्ने भनेर वैकल्पिक योजना बनाइरहेका छन् । स्थानीय कम्पनीहरूको बढ्दो प्रतिस्पर्धात्मक क्षमताले पनि उनीहरूको स्थितिलाई थप खराब बनाइरहेको छ ।
बिएमडब्लु र मर्सिडिज–बेन्ज जस्ता प्रिमियम कार निर्माण कम्पनी भने चीनमा आक्रामक रूपमा वृद्धि भइरहेका छन् । तर, चेरी र बिवाइडीलगायत स्थानीय कम्पनीले आफूलाई तीव्र रूपमा विस्तार गर्दा फक्सवागन र जनरल मोटर्सजस्ता मध्यमस्तरका कार निर्माताको बिक्री खस्किँदो छ । लाइ–निङ र एन्टाजस्ता स्थानीय प्रतिस्पर्धीहरूले बजारमा कब्जा जमाउँदै गरेको परिदृश्यमा नाइकजस्ता पोसाकका ब्रान्डको पनि बिक्री खस्किँदो छ । इकोनोमिस्टले गत तीन वर्षमा १४ उद्योग क्षेत्रमा विदेशी कम्पनीहरूको हिस्सेदारी खस्किएको पाएको छ । यसका दुई कुराले भूमिका खेलिरहेको छ । पहिलो, विशेषगरी, उपभोग्य वस्तुहरूमा विदेशी ब्रान्डहरूको हिस्सा गुम्दो छ ।

चिनियाँ उपभोक्ताको चाखमा बदलाव आइरहेको छ । अहिले धेरैले विशिष्ट चिनियाँ सांस्कृतिक गन्ध आउने उत्पादनहरू रुचाउँछन् । लाइ–निङले सन् २०१८ को न्युयोर्क फेसन सप्ताहबाट सुरु गरेको चिनियाँ थिममा आधारित उत्पादन अहिले मेक–अपदेखि सुपसम्ममा विस्तार भएको छ । आफ्ना उत्पादनमा चिनियाँ ‘फ्लेवर’ समावेश गरेर विदेशी ब्रान्डहरूले मिश्रित सफलता पाएका छन् ।

दोस्रो, बहुराष्ट्रिय कम्पनीहरूको प्रविधिगत अग्रता साँघुरिँदो छ । चिनियाँ फर्महरूको पहिले सस्तो र उपभोग्य वस्तुको बजार लिने र विज्ञता निर्माण हँुदै गएपछि बिस्तारै थप परिस्कृत वस्तुहरूको उत्पादनतर्फ अघि बढ्ने रणनीतिले काम रहेको छ । परामर्शदाता कम्पनी बेनका चीन प्रमुख वेइवेन भन्छन्, ‘यसले फक्सवागनजस्ता कार निर्माताले किन प्रतिस्पर्धाको सामना गर्न थालेका छन् र किन निर्माण उपकरणदेखि मेसिनहरू उत्पादन गर्नेसम्मका विदेशी कम्पनी प्रिमियम बजारतर्फ अग्रसर हुन बाध्य भए भनेर बेलीविस्तार लगाउँछ ।’

चिनियाँ बजारमा प्रवेशका लागि चिनियाँ कम्पनीसँग सहकार्य गरेर १९८०को दशकबाट विदेशी कम्पनी भित्रिन थाल्दा सवारी उत्पादन तथा मेसिनरी उद्योगको अवस्था एउटा थियो । चीनमा लगानी गर्न विदेशी कम्पनीले अनिवार्य रूपमा स्थानीय कम्पनीसँग सहकार्य गर्नुपर्ने नीति थियो, जुन एक कुटिल सौदा थियो । घरेलु फर्महरूले बिस्तारै विदेशी इन्जिनियरिङ विज्ञता ग्रहण गर्दै गए । तर, चीनले अहिले संयुक्त उद्यमको सर्तलाई खुकुलो बनाइरहेको छ । यसले ऊ अब बाह्य प्रविधिगत क्षमतासँग डराउँदैन भन्ने देखाउँछ ।

घरेलु कम्पनीको बढ्दो चुनौतीले थुप्रै बहुराष्ट्रिय कम्पनीलाई धरमरको स्थितिमा पु¥याएको छ । उनीहरूका लागि चीनमा प्रतिस्पर्धात्मक स्थिति कायम राख्न भूराजनीतिक जोखिमका बाबजुद लगानी बढाउनुपर्ने स्थिति सिर्जना भएको छ । समय अझै अधिकांश बहुराष्ट्रिय कम्पनीको अनुकूल नै छ । हामीले जाँचेका २०० कम्पनीमध्ये १४४ कम्पनीले गत तीन वर्षमा चीनमा वृद्धि नै साक्षात्कार गरिरहेका छन् ।

हवाई क्षेत्रमा बोइङ र एयरबसकै हालीमुहाली कायम रहँदा चीनसँग आफैँले ठूला व्यावसायिक जेटहरू निर्माण गर्ने विशेषज्ञताको अभाव छ । ८ नोभेम्बरमा आयोजित एक एयर सोमा विमान निर्माता घरेलु कम्पनी कोम्याकले आफ्नो बहुप्रतीक्षित सी९१९ छोटो दूरीको यात्रुवाहक विमान अनावरण ग¥यो । उसले छिटै चिनियाँ उड्डयन कम्पनीलाई यसको डेलिभरी सुरु गर्दै छ ।

एलभिएमएच र हर्मिमजस्ता पश्चिमा फेसन कम्पनीहरूले वर्षाैंदेखि चीनमा प्रभुत्व जमाइरहेका छन् । तर, पछिल्लो समय सांग जियाजस्ता घरेलु प्रतिस्पर्धीले गति लिन थालेका छन् । यस्तो प्रतिस्पर्धाले विदेशी कम्पनीलाई चीनमा दीर्घकालीन भविष्यको असहज प्रश्न सामना गर्न बाध्य बनाउँदै छ । अब उनीहरूले तीनमध्ये एउटा बाटो रोज्नु पर्नेछ– डाइभेस्ट (लगानी झिक्ने), डि–कपल (स्थानीयकरण गर्ने) वा डबल–डाउन (लगानी थप्दै जाने) ।

केहीका लागि डाइभेस्टमेन्ट उत्तम विकल्प हो । फ्रेन्च सुपरमार्केट चेन कारेफोरले दुई दशकभन्दा बढीको उपस्थितिपछि सन् २०१९ मा आफ्नो ८० प्रतिशत सेयर चिनियाँ खुद्रा विक्रेता कम्पनी सनिङडटकमलाई बेच्यो । ८ नोभेम्बरमा अमेरिकी परिधान खुद्रा विक्रेता ग्यापले पनि आफ्नो चिनियाँ व्यवसाय स्थानीय इ–कमर्स कम्पनी बाओजुनलाई बेच्ने उद्घोष गरेको छ । बजार हिस्सा गुमाउँदै गएका र चीनको बजार नभए पनि फरक नपर्ने कम्पनीले आफ्नो व्यवसाय बेचेर जानु उत्तम विकल्प हुन सक्छ ।

डिकपलिङ (व्यवसायलाई अलग हुने) दोस्रो विकल्प हो । केएफसी र अन्य फास्टफुड फ्रेन्चाइजको मालिक यम ! ब्रान्डले
आफ्नो चिनियाँ व्यवसायलाई सन् २०१६ बाट टुक्र्याएको छ, ताकि व्यवसायलाई स्थानीय परिस्थितिअनुकूल समायोजन गर्न सकियोस् । गतवर्ष म्याकडोनाल्डले पनि यही ग¥यो । यो रणनीतिले भूराजनीतिक तितोपनका कारण व्यवसायमा अप्ठ्यारो परे सजिलै अलग हुन सक्ने सुविधा पनि दिन्छ । यस्तै, स्थानीय कम्पनीलाई मूल ब्रान्ड तथा तिनको बौद्धिक सम्पतिमा पहुँच दिन्छ । तथापि यो मार्ग तब मात्र व्यावहारिक हुनेछ, जब चीनलाई एकल एकाइका रूपमा सञ्चालन गर्न सकिन्छ । यो बोइङ वा एलभिएमएचजस्ता विदेशी उत्पादनमा निर्भर कम्पनीका लागि भने उपयोगी छैन ।

तेस्रो, डबलिङ–डाउन हो । जर्मन औद्योगिक समूह साइमन्सले स्थानीय प्रतिस्पर्धीको मुकाबिला गर्न लगानी बढाउँदै लगेको छ । कम्पनीका मालिक रोलान्ड बुस्चले अनुसन्धान तथा विकास(आरएन्डडी)को उल्लेख्य हिस्सा चीनतर्फ प्रवाहित गरिरहेको खुलासा गरेका छन् । यसैगरी, अक्टोबर १३ मा फक्सवागनले चिनियाँ कम्पनी होराइजन रोबोटिक्ससँग मिलेर एउटा स्वचालित ड्राइभिङ व्यवसाय स्थापनाका लागि २.५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ ।

चीनमा बलियो उपस्थिति बनाइराख्न लगानी विश्वव्यापी प्रतिस्पर्धाका दृष्टिले महत्वपूर्ण हुन्छ । कार निर्माण कम्पनीहरू स्थानीय अग्रणी कम्पनीलाई मौका दिइयो भने त्यो उनीहरूलाई अन्य ठूला बजारमा प्रवेश गर्ने लन्च प्याड बन्ने त्रासमा छन् । उनीहरूमध्ये केही विद्युतीय सवारी र सफ्टवेयरमा निकै अगाडि देखिसकेका छन् । यदि चीन–पश्चिमबीचको सम्बन्ध सुमधुर रह्यो भने लगानी थप्दै जाने विधिले गति लिन सक्छ । तर, सम्बन्ध थप चिसिँदै गयो भने व्यवसायहरूको भूराजनीतिक दाउपेच पनि उजागर हुँदै जानेछ ।
– द इकोनोमिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
उपेन्द्रले एमालेको साथ छाडेपछि प्रदेश १ मा सरकार बनाउने एमालेको सपनामा तुषरापात

उपेन्द्रले एमालेको साथ छाडेपछि प्रदेश १ मा सरकार बनाउने एमालेको सपनामा तुषरापात

रातारात छापामार शैलीमा लुम्बिनीको मुख्यमन्त्री कार्यालय दाङ पुग्यो

रातारात छापामार शैलीमा लुम्बिनीको मुख्यमन्त्री कार्यालय दाङ पुग्यो

एमालेसँग सहकार्यको पासा फ्याँकेपछि समाजवादीका अध्यक्ष माधवकुमार भए आक्रोशित

एमालेसँग सहकार्यको पासा फ्याँकेपछि समाजवादीका अध्यक्ष माधवकुमार भए आक्रोशित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .