No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल निर्वाचनको नतिजाबाट चिन्तित बनेको मुलुक हो चीन

नेपाल निर्वाचनको नतिजाबाट चिन्तित बनेको मुलुक हो चीन

काठमाण्डाैं । नेपालमा मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । यस निर्वाचनको नतिजाबाट कुनै मुलुक चिन्तित बनेको छ भने त्यो मुलुक हो – चीन । नेपालमा सम्पन्न निर्वाचनको परिणामले चीनको अपेक्षा पूरा हुन नसक्ने देखिएको छ । शेरबहादुर देउवा पाचौँपटक प्रधानमन्त्री बनेयता नेपालमा चीनको रणनीति असफल हुँदै गएको विश्लेषण गरिएको छ ।

गत डिसेम्बर ११ मा चीनले सँस्कृति एवम् पर्यटन उपमन्त्री ली चुनलाई ५ दिने काठमाडौँ भ्रमणमा पठाएको थियो । नेपाल सरकारले चुनावसम्म उपमन्त्री लीको भ्रमण स्थगित गर्न चीनसमक्ष आग्रह गरेको थियो ।

काठमाडौँ पोस्टका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित चिनियाँ राजदूतावासलाई निर्वाचन सम्पन्न हुन्जेलसम्मका लागि उनको भ्रमण स्थगित गर्न आग्रह गरेको थियो । तर, चिनियाँ पक्षले भने उनको भ्रमण ‘पूर्ण रुपमा व्यक्तिगत’ रहेको र काठमाडौँमा रहँदा उनले ‘साँस्कृतिक सम्पदाको समेत भ्रमण गर्ने’ भन्दै भ्रमण स्थगित गर्न मानेको थिएन ।

यस सन्दर्भमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले उनको भ्रमणलाई फरक ढंगले प्रस्तुत गरेकी थिइन् । नियमित पत्रकार सम्मेलनका क्रममा गत नोभेम्बर १५ मा प्रवक्ता माओले नेपाल र चीन दुबै मुलुकका अधिकारीको सहमतिमा नै उपमन्त्रीले नेपालको भ्रमण गरेको बताएकी थिइन् । उनले उपमन्त्री उपमन्त्री लीको यस भ्रमणबाट अपेक्षित नतिजा पनि प्राप्त भएको दाबी गरेकी थिइन् ।

नेपालमा लोकतान्त्रिक व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणा गर्ने वहालवाला सरकारले कामचलाउ सरकारका रुपमा कार्य गर्दै आएका छन् । यस्तो अवस्थामा निर्वाचनको मुखमा कामचलाउ सरकार भएको देशमा कुनै पनि देशले प्रतिनिधि पठाउँदैनन् ।

यसबाहेक कामचलाउ सरकारले विदेशी सरकारका प्रतिनिधिलाई भेट्न पनि रुचाउँदैनन् । तर, ली चुनको भ्रमणले नेपालमा चीनको उद्देश्यबारे बहस छेडेको छ । ली चुनको भ्रमणअघि चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका सदस्य ली झान्सुले पनि नेपालको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा उनले सभामुखसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

यसबााहेक उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । ‘चीन पक्षधर’ बताइने ओली र प्रचण्डबीचको सम्बन्ध चिसिएका बेला ली झान्सुले यी दुबैसँग भेटवार्ता गर्नुलाई निकै चासोका साथ हेरिएको थियो । यसबाट चीनले नेपाली राजनीतिक अवस्था जाँच्न खोजेको भन्ने विश्लेषणसमेत भएका थिए । ५ वर्षअघिको आम निर्वाचनमा चीनले नै हस्तक्षेप गरेर वाम शक्तिहरुलाई एकै ठाउँमा ल्याएको समेत बताइएको थियो । त्यसबेला नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा भन्ने नयाँ दल गठन गरिएको थियो ।

त्यसबेलाको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेर उदाएसँगै सन् २०१५ मा चीनको ग्लोबल टाइम्सबाट ‘चीन पक्षधर’ को संज्ञा पाएका केपी शर्मा ओलीको नेतृत्वमा सरकार समेत गठन गरिएको थियो ।

ओलीको प्रधानमन्त्रीत्वकालमा नेपाल र चीनबीच पारवहन एवम् यातायात सम्झौतामा हस्ताक्षार भएको थियो । उक्त सम्झौता अनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि टियान्जिन, सेन्जेन, लियानयुङ्गाङ र झान्जियाङ गरी ४ वटा चिनियाँ समुद्री बन्दरगाह र लान्झोउ, ल्हासा र सिगात्से गरी ३ वटा स्थलमार्ग प्रयोग गर्न सक्ने उल्लेख थियो । तर ६ वर्षसम्म पनि यस सम्झौता कार्यान्वयन हुन सकेको छैन ।

५ वर्षअघि प्रचण्ड प्रधानमन्त्री भएको बेला नेपालले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई परियोजनामा हस्ताक्षार गरेको थियो । सन् २०१९ मा नेपालले चीनसमक्ष बीआरआई अन्तर्गत विभिन्न ९ परियोजनाको निर्माण गर्ने गरी प्रस्ताव गरेको थियो । चिनियाँ लगानी आउने अपेक्षा सहित हस्ताक्षार गरिएको बीआरआई सम्झौता पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङ नै नेपालको भ्रमणमा आएपनि बीआरआई अघि बढ्न सकेन ।

चिनियाँ ऋण पासोमा परेको श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि चीनको साख गिर्दै गएका बेला चिनियाँ विदेशमन्त्री वाङले नेपालको भ्रमण गरेका थिए । निर्वाचनको मिति घोषणा गरिएको एक सातालगत्तै वाङको नेपाल भ्रमणलाई निकै चासोपूर्वक हेरिएको थियो । उक्त भ्रमणका क्रममा वाङले नेपाललाई ११८ मिलियन अमेरिकी डलर सहयोग गर्ने र काठमाडौँ केरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि खर्च उपलब्ध गराउने घोषणा गरेका थिए । हुनपनि नेपालले ५० करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गरेसँगै चिनियाँ नेतृत्व झस्केको टिप्पणी हुँदै आएको छ । यस्तो अवस्थामा चीनले नेपालको निर्वाचनलाई नियालिरहेको थियो । तर, यस निर्वाचनपछि लोकतान्त्रिक वाम गठबन्धनले सरकार निर्माण गर्न सकेमा चीनको दक्षिण एसिया रणनीति खतरामा पर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
प्रधानमन्त्रीमा देउवालाई गठबन्धनको समर्थन

प्रधानमन्त्रीमा देउवालाई गठबन्धनको समर्थन

दाईजोको नाममा मुस्लिम महिलाको हत्याको आरोप

दाईजोको नाममा मुस्लिम महिलाको हत्याको आरोप

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .