No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ मुख्यन्यायधिवक्ता : कानूनी व्यवस्था विपरित बजेट विनियोजन र खर्च

प्रदेश २ मुख्यन्यायधिवक्ता : कानूनी व्यवस्था विपरित बजेट विनियोजन र खर्च

धनुषा : प्रदेश २ सरकारका मुख्यन्यायधिवक्ता कार्यालयले मनपरी रुपमा बजेट विनियोजन गरी खर्चदै आएको देखिएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा कानूनमा व्यवस्था नै नभएका शिर्षकहरुमा र व्यवस्था भएकोमा मनपरी तथा विद्यमान कानूनलाई तोडमडोर गरी बजेट विनियोजन गरेको हो ।

मुख्यन्यायधिवक्ताले उच्च अदालतका न्यायधिश सरह सेवा सुविधा पाउने संवैधानिक व्यवस्था रहेको छ । प्रदेश सरकार गठन भएदेखि मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले सो व्यवस्थालाई धज्जी उडाउंदै मनपरी रुपमा बजेट विनियोजन गराई रकम कुम्याउंदै आएको छ ।

न्यायधिशले विशेष भता वापत मासिक एक हजार रुपैया व्यवस्था रहेको छ तर मुख्यन्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धी ऐन २०७५ मा दुई हजार रुपैया काम गरी मुख्यन्यायधिवक्ता झाले मनपरी रुपमा थप रकम कुम्ल्याउंदै आएको छ ।

यति मात्र होइन न्यायधिशलाई महंगी भत्ता व्यवस्था गरिएको छैन तर बजेटमा मुख्यन्यायविक्ता झाले महंगी भत्ता कायम गरी रकम उठाउंदै आएको छ । जबकि निजामति कर्मचारीले मात्र महंगी भक्ता लिने व्यवस्था कानूनी व्यवस्था रहेको छ ।

मुख्यन्यायधिवक्ताले कानून अनुसार एक/एक जना स्वकीय सचिव, कार्यालय सहयोगी र सवारी चालक सहितका आफ्नो सुविधा अन्तर्गतको कर्मचारीका लागि मात्रै ९ लाख ३६ हजार रुपैया पारिश्रमिक बजेट छुटयाएको हो । जबकि सवारी चालक र कार्यालय सहयोगीको नाममा छुट्टै पारिश्रमिक शिर्षकमा समेत रकम छुटयाएको छ ।

त्यस्तै विभिन्न अवलोकनमा बजेट व्यवस्था गरिएपनि भ्रमण खर्चको नाममा लाखौ रुपैया सरकारबाट असुल्दै आएका मुख्यन्यायधिवक्ताले चालु आ.ब. मा ४ लाख २० रुपैया बजेट विनियोजन गराएको छ । अतिथि सत्कारमा दुई शिर्षकमा गरी ७ लाख २० हजार, बैठक भता २ लाख ७० हजार, समुदायमा न्यायधिवक्ता कार्यक्रमको नाममा ४ लाख र पानीका लाागि ३ लाख ६० हजार रुपैया सहित विभिन्न खर्चमा बजेट विनियोजन गराएको रातो किताबमा देखिएको छ ।

अवकाशपछि न्यायधिशले प्रयोग गर्दै आएको गाडी लिन चाहेमा किताबी मूल्य अनुसार कम्तिमा १० प्रतिशतभन्दा बढी रकम तिरेर लिने व्यवस्थालाई समेत तोडमडोर मुख्यन्यायधिवक्ताका लागि ऐनमा कायम गरिएको छ ।
गाडी लिन चाहने न्यायधिशले अवकाश प्राप्त हुनु ६ महिना अगावै सर्वोच्च अदालतमा लिखित जानकारी दिनुपर्ने व्यवस्था छ । तर सो व्यवस्थालाई तोडमडोर गरी मुख्यन्यायधिवक्ताले १५ दिन अगाडी कार्यालयलाई जानकारी गराउने व्यवस्था कायम गरेको छ ।

काठमाडौमा छुट्टै सम्पर्क कार्यालय

यति मात्र होइन गत आ.ब. पुस महिनादेखि काठमाडौमा सम्पर्क कार्यालयको नाममा मासिक हजारौ रुपैया खर्चदै आएको छ ।

कानूनमै व्यवस्था नभएको सम्पर्क कार्यालय मन्त्रिपरिषदबाट निर्णय गराई काठमाडौको कोटेश्वर ३२ तिनकुनेमा मुख्यन्यायधिवक्ताको सम्पर्क कार्यालय खोलिएको छ । आवास सहितको सम्पर्क कार्यालयका लागि बिजुली बती सहित मासिक ४० हजार रुपैया खर्चदै आएको छ ।

सो सम्पर्क कार्यालय संचालनका लागि एक कार्यालय सहयोगी करारमा र स्वकीय सचिवको व्यवस्था गरिएको छ । अधिकृत सरह सेवा सुविधा पाउंदै आएका सुनिल चौहान भन्ने व्यक्ति स्वकीय सचिव कानून अधिकृतको रुपमा सम्पर्क कार्यालयमा कार्य गर्दै आएको बुझिएको छ ।
ऐन अनुसार मुख्यन्यायधिवक्ताका लागि एउटा गाडी र चालक मात्र राख्न पाउनेछ । तर एउटा जनकपुरधाम स्थित कार्यालय र काठमाडौस्थित सम्पर्क कार्यालयमा गरी दुई वटा गाडी र चालक राखेको छ ।

खर्च र प्रतिष्ठा बचाउन सम्पर्क कार्यालय

प्रदेश सरकार अधिकतम खर्च र प्रतिष्ठा बचाउन काठमाडौमा सम्पर्क कार्यालय खोलिएको मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले दाबी गरेका छन ।

उनले भने प्रत्येक महिना दर्जनौ मुद्दा मामिला सर्वोच्च अदालतमा प्रदेश सरकारका तर्फबाट हेर्नुपर्ने भएको हुनाले पटक पटक काठमाडौ आउन जान बढी खर्च लाग्ने गरेकोले सो खर्चको बोझ कम गर्न मन्त्रिपरिषदको निर्णयबाट सम्पर्क कार्यालय खोलिएको हो ।

मुख्यन्यायधिवक्ता झाले मुद्दा मामिलाको सिलसिलामा हप्ता दिनसम्म काठमाडौ बस्नुपर्दा र फोटो कपी, प्रिन्ट लगायत सम्बन्धित कागजात हेर्न मिलाउन होटलमा सम्भव नभएको आफ्नो पदीय प्रतिष्ठा समेत जोगाउन सम्पर्क कार्यालय खोलिएको बताए ।

अन्य प्रदेशको मुख्यन्यायधिवक्ताको सम्पर्क कार्यालय नरहेको जिज्ञासामा झाले भने अन्य प्रदेशहरु बारे थाहा नभएपनि सबै प्रदेशको महान्यायधिवक्ता कार्यालयको समन्वयमा एकै ठाउँमा राख्ने भन्ने कुरा भइरहेको छ ।

स्मरणीय छ मुख्यन्यायधिवक्ता झा योग्यतामाथि प्रश्नचिन्ह कायमै रहेको छ । उनको नियुक्तिको बारे योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ । ती मुद्दा सरकार सँग सम्बन्धित भएको हुनाले सर्वोच्चले संवैधानिक इजलासशमा पठाएको छ । तर के कति कारणले आजसम्म सो मुद्दाको फाइलमा कुनै सुनुवाई नभई संवैधानिक इजलाशमै थन्किएर राखिएको छ । lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post
संक्रमणकालीन समयमा नकारात्मक कुरा फैलन्छन्, आत्मसंंयम राख्नुपर्छ

संक्रमणकालीन समयमा नकारात्मक कुरा फैलन्छन्, आत्मसंंयम राख्नुपर्छ

कोरोनाका एक हजार २०४ सङ्क्रमित थपिए, कुल ६२ हजार ७९७

कोरोनाका एक हजार २०४ सङ्क्रमित थपिए, कुल ६२ हजार ७९७

वर्तमान संविधान नश्लीय र खुनी रहेको मन्त्री सोनलको आरोप

वर्तमान संविधान नश्लीय र खुनी रहेको मन्त्री सोनलको आरोप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...