No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीन–अमेरिका प्रविधि महायुद्ध

चीन–अमेरिका प्रविधि महायुद्ध

नयाँ प्रतिबन्धहरू यति व्यापक छन् कि तिनले चीनको अर्थतन्त्रको थुप्रै भागमा गम्भीर धक्का पुर्‍याउने निश्चित छ 

विश्वले अहिले पूर्वी युरोपमा जारी खुला युद्धको मात्रै साक्षात्कार गरिरहेको छैन, अमेरिका–चीनबीचको प्रविधि महायुद्ध सृजित पूर्णस्तरको आर्थिक युद्धको पनि साक्षी बनिरहेको छ । यो तीव्र गतिमा चर्किंदै गएको छ र अत्यन्त दुष्प्रभावी हुनेछ । यसै महिनाको सुरुवातमा अमेरिकाको वााणिज्य विभागले चीनलाई उन्नत सेमिकन्डक्टर तथा अन्य अमेरिकी उच्च प्रविधि वा त्यस्ता प्रविधियुक्त वस्तु बिक्रीमा कडाँ नयाँ प्रतिबन्धहरू थपेको छ । रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई ध्वस्त बनाउन क्षेप्यास्त्रको प्रयोग गरिरहेको छ भने अमेरिकाले चीनको सेना, गुप्तचरी र सुरक्षा सेवालाई कमजोर बनाउन उन्नत प्रविधि निर्यात प्रतिबन्धको प्रयोग गरिरहेको छ ।

यसबाहेक, अगस्टको अन्त्यमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘चिप्स एक्ट’मा हस्ताक्षर गरे, जसमा अमेरिकाको घरेलु सेमिकन्डक्टर उद्योगलाई बलियो बनाउन लक्षित अनुदान र अन्य उपाय समावेश छन् । सेमिकन्डक्टरहरू एक्काइसौँ शताब्दीको अर्थतन्त्रको केन्द्रमा रहनेछन् । माइक्रोचिप्सविना हाम्रा स्मार्टफोनहरू स्मार्ट हुने थिएनन्, हाम्रा कारहरू स्वचालित बन्ने दिशामा हुने थिएनन् । हाम्रा सञ्चार सञ्जालहरूले काम गर्ने थिएनन्, कुनै पनि प्रकारको स्वचालनको कल्पना गर्न सकिने थिएन भने हामी प्रवेश गर्दै गरेको आर्टिफिसियल इन्टलिजेन्सी (एआई) अर्थात् कृत्रिम बौद्धिकताको नयाँ युग विज्ञान कथामै सीमित रहने थियो । त्यसैले हाम्रो जीवनका यी अत्यन्त महत्वपूर्ण अवयवहरूको डिजाइन, उत्पादन र मूल्य शृंखलामाथिको नियन्त्रण अत्यन्त महत्वको हुनेछ । यो नयाँ चिप (प्रविधि) युद्ध भविष्य कसले नियन्त्रण गर्ने भन्ने युद्ध हो ।

सेमिकन्डक्टरको मूल्य शृंखला अति नै विश्वव्यापीकृत छ तर यसको महत्वपूर्ण ग्रन्थीमाथिको नियन्त्रण अमेरिका र उसका निकटतम सहयोगी राष्ट्रहरूको हातमा छ । उन्नत चिपको डिजाइन अमेरिकामा केन्द्रित छ भने युरोपका उन्नत उपकरणहरूविना यी चिपहरूको उत्पादन सम्भव छैन अनि एआई र उच्च प्रविधिहरूका लागि नभई नहुने सबैभन्दा उन्नत चिप्सको उत्पादन विशेषगरी पूर्वी एसिया (मुख्यतः ताइवान र दक्षिण कोरिया)मा अवस्थित छ । उत्पादनमा अहिलेसम्मको सबैभन्दा प्रमुख खेलाडी ताइवान हो, तर दक्षिण कोरिया पनि यो तस्बिरमा छ ।

प्रविधिगत सर्वाेच्चताको खोजीमा रहेको चीन बढ्दो रूपले यिनै चिप्समा निर्भर छ, त्यसैले चीन सरकार घरेलु उत्पादन बढाउन र यसमा ‘आत्मनिर्भरता’ हासिल गर्न लागि परेको छ । हालैका वर्षमा, चीनले सेमिकन्डक्टर डिजाइन र म्यानुफ्याक्चरिङमा आफ्नो क्षमता निर्माण गर्न ठूलो लगानी गरेको छ । तर, केही प्रगति भए पनि ऊ अमेरिकाभन्दा वर्षौं पछाडि छ । अझ महत्वपूर्ण के भने सबैभन्दा उन्नत चिप्स अझै पनि चीनको पहुँचभन्दा धेरै टाढा छ ।

अमेरिकाले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेलाई उन्नत चिप्स बेच्न प्रतिबन्ध लगाएको दुई वर्ष बितिसकेको छ । त्यस समय हुवावे ५जी र स्मार्टफोन प्रविधिमा विश्वकै अग्रणी कम्पनी थियो । प्रतिबन्धको परिणाम नाटकीय देखियो । उन्नत चिप्स र बजार दुवैको अभावले गर्दा हुवावेले आफ्नो स्मार्टफोनको ८० प्रतिशत बजार गुमाउन पुग्यो, त्यसपछि ऊसँग आफ्नो स्मार्टफोन युनिट ‘ओनोर’ बेच्नुको विकल्प भएन । उसले आफ्नो कर्पाेरेट मिसनलाई पुनर्लक्षित गर्नुपर्‍यो । हुवावेलाई जे गरिएको थियो, अमेरिका पछिल्लो समय सम्पूर्ण चीनमाथि त्यही परिणाम निकाल्न उद्यत् छ । प्रविधि युद्धमा नाटकीय वृद्धिको आर्थिक एवं राजनीतिक परिणाम पनि उत्तिकै नाटकीय हुनेछन्, जसमध्ये केही तत्कालै देखिनेछन् भने केही मूर्त रूपमा देखिन समय लाग्नेछ । सम्भवतः चीनसँग पहिले नै किनेर राखिएका केही चिप्स थिए, साथै प्रतिबन्धको असरबाट बच्न उसले परिष्कृत नयाँ (आपूर्ति)सञ्जालहरू सिर्जना गर्न पनि काम गरिरहेको छ । (सन् २०२० को अन्त्यमा हुवावेबाट अलग्गिएपछि ओनोरले अमेरिकी बहुराष्ट्रिय कम्पनी क्वालकमको चिप प्रयोग गरिएका फोन बेच्न थालेर तुरुन्तै पुनरागमन गरेको थियो ।)

यद्यपि नयाँ प्रतिबन्धहरू यति व्यापक छन् कि समयक्रममा तिनले चीनको उच्च प्रविधिको क्षेत्रमा मात्रै होइन, उसको अर्थतन्त्रको अन्य थुप्रै भागमा पनि गम्भीर धक्का पुर्‍याउने लगभग निश्चित छ । अब चीनमा निर्यात गर्ने कुनै पनि युरोपेली कम्पनी आफ्ना उत्पादनमा उन्नत चिप प्रविधि वा अमेरिकी कम्पनी उत्पादित चिप्स नभएकोमा दुईपटक सुनिश्चित हुनुपर्छ ।

अमेरिकी नीतिको अधिकारिक उद्देश्य उन्नत चिप्सलाई चिनियाँ सेनाको हातबाट बाहिर राख्नु हो । तर, त्यसको वास्तविक प्रभाव आगामी दशकमा राष्ट्रिय शक्तिका लागि महत्वपूर्ण क्षेत्रमा चीनको विकास रोक्नमा हुनेछ । चीनले आफ्नो क्षमता विकास गर्न अझ कडा प्रयाससहित प्रतिक्रिया दिनेछ । तर, अमेरिकी प्रतिबन्धले चीनलाई आत्मनिर्भरता हासिल गर्न दिशामा आवश्यक इनपुटहरूबाट वञ्चित गरिरहेकाले अत्यन्त अनुकूल परिस्थितिमा र उसले यो समस्याबाट पार पाउन आफ्नो सम्पूर्ण स्रोतसाधन लगाउँदा समेत उसका कुनै पनि अतिरिक्त प्रयासले फल दिन समय लिनेछ ।

यो नयाँ चिप्स युद्धले हामी चीन–अमेरिकाबीचको व्यापक युद्धको साक्षी बनिरहेको पुनः पुष्टि गर्छ । यो विकासक्रमको बाँकी विश्वको अर्थतन्त्रमा पनि दूरगामी प्रभाव पर्नेछ, तीमध्ये केहीको मात्र पूर्वानुमान गर्न सकिन्छ । युक्रेनले गत फेब्रुअरीमा रुसको आक्रमण सुरु भएदेखि नै रुसी क्षेप्यास्त्र आक्रमणबाट प्रभावित विद्युत् गृह एवं ऊर्जा केन्द्रहरूको मर्मत तथा पुनः सञ्चालनको काम थालेको छ (र उसले यसबाट पार पाउन पनि सक्छ) । तर, चीनलाई महत्वपूर्ण प्रविधिगत नोक्सानीबाट पार पाउन निकै कठिन छ । रुसको बीसौँ शताब्दीको शैलीको युद्ध जति नै डरलाग्दो भए पनि एक्काइसौँ शताब्दीमा शक्तिको वास्तविक स्रोत भौगोलिक विजयमा निहित छैन । अब सबैभन्दा शक्तिशाली ती देश हुनेछन्, जसले आर्थिक, प्रविधिगत र कूटनीतिक क्षेत्रमा निपुणता हासिल गर्नेछन्, यी क्षेत्रमा प्रभुत्व जमाउनेछन् ।

(बिल्ड्ट स्विडेनका पूर्वप्रधानमन्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट =  नयाँपत्रीका 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
जनमत पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा

जनमत पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा

बालेन्द्रलाई हिमानीले दिनुभयो दर्शन भेट

बालेन्द्रलाई हिमानीले दिनुभयो दर्शन भेट

यादव मधेस विरोधी भएको भन्दै मतदान नगर्ने मतदाताहरुको अडान

यादव मधेस विरोधी भएको भन्दै मतदान नगर्ने मतदाताहरुको अडान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .