No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म

नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाएका भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकर पटक पटक विवादमा परेको पाइएको छ ।

प्रभाकरमाथि खेल मिलेमतोको आरोपसमेत छ । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले उनलाई भारतीय टिमबाट खेल्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लाग्नुअघि उनले भारतका लागि ३९ टेष्ट र १३० ओडीआई क्रिकेट खेलेका थिए ।

यस्तै सन् २०११ मा रणजी ट्रफीका लागि दिल्लीको प्रशिक्षक रहेका उनले खेलाडी र छनोटकर्ताको आलोचना गरेका थिए । त्यसपछि उनी रणाजी ट्रफी सुरु हुनु दुई दिनअघि बर्खास्तीमा परेका थिए ।

उनी २००८ बलिङ कोच रहेका बेला दिल्लीले रणजी ट्रफी जितेको थियो । सन् २०१५ मा अफगानिस्तानको बलिङ कोच रहेका उनले २०१६ को टी-२० विश्वकपमा पनि प्रशिक्षण दिए । अफगानिस्तानको प्रशिक्षकबाट हटेको ७ वर्षपछि उनले नेपाली टिमलाई प्रशिक्षण दिने मौका पाएका हुन् ।

प्रशिक्षक नियुक्त भएपछि प्रभाकरले प्रतिक्रिया दिँदै नेपाली क्रिकेटमा काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालको क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु ।’

क्यानले प्रभाकरलाई करिब १५ हजार डलरमा अनुबन्ध गरेको हो । यसअघि पुबुदलाई १२ हजार डलर पारिश्रमिक दिएको क्यानले खोजेको जस्तो राम्रो र अनुभवी प्रशिक्षक पाएमा राम्रो पारिश्रमिक दिने बताएको थियो ।

छिमेकी भारतको उत्तर प्रदेशका प्रभाकर आफ्नो समयमा ओपनिङ बलिङ र ओपनिङ ब्याटिङ दुवै गर्न सक्ने खुवीका खेलाडी थिए ।

केन्या भ्रमणका लागि छिट्टै टिम घोषणा गरिने

प्रशिक्षक नियुक्त भएपछि अब छिटै टिम घोषणा हुने क्यानले जनाएको छ । क्यान सचिव प्रशान्त मल्लले केही दिन भित्रै प्रशिक्षक प्रभाकर नेपाल आउने जानकारी दिए । साथै उनले टिम पनि छिटै घोषणा हुने बताए ।

‘अब प्रशिक्षक केही दिनमा आइपुग्नुहुन्छ । अनि प्रशिक्षण पनि सुरु हुन्छ । टिम पनि चाँडै घोषणा हुन्छ’, मल्लले  भने । केन्या क्रिकेटको प्रस्तावमा हुने केन्या भ्रमण प्रभाकरको नेपालको मुख्य प्रशिक्षकका रुपमा पहिलो सिरिज हुने छ ।

केन्या भ्रमणको बन्दोवस्त मिलाउन क्रिकेट केन्याका अध्यक्ष मनोज पटेल केही दिनअघि नेपालमै आएका थिए । नेपालले अगष्ट अन्त्यमा केन्या भ्रमण गर्ने लगभग पक्का छ । त्यसको निर्णय पनि केही दिनमा सार्वजनिक हुने सचिव मल्लले जानकारी दिए ।

क्यानका अनुसार नेपालले केन्यासँग पाँच टी-२० आई म्याच खेल्नेछ । तीनवटा ५० ओभरको अभ्यास खेल समेत खेल्नेछ । नेपालको केन्या भ्रमणको सबै खर्च क्रिकेट केन्याले नै बेहोर्ने मनोज पटेलले बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

Next Post
राज्य व्यवस्था समिति सभापतिमा कांग्रेस-माओवादी केन्द्रबीच द्वन्द्व

राज्य व्यवस्था समिति सभापतिमा कांग्रेस-माओवादी केन्द्रबीच द्वन्द्व

अर्थमन्त्रीलाई एसएमएस- म हेपिएको नासु परें, कार्यालय जान मन लागेन

अर्थमन्त्रीलाई एसएमएस- म हेपिएको नासु परें, कार्यालय जान मन लागेन

अघि बढ्दै प्रत्यक्षको आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

अघि बढ्दै प्रत्यक्षको आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .