No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यी हुन् तन्नेरीमाझ प्रिय ब्रान्डेड जिन्स पाइन्ट, कति पर्छ मूल्य ?

यी हुन् तन्नेरीमाझ प्रिय ब्रान्डेड जिन्स पाइन्ट, कति पर्छ मूल्य ?

काठमाडौं । ‘सबैको लागि र सधैंका लागि’ भनेजस्तै छ, जिन्स । टिकाउ र सदावहार यो पहिरनले बितेको डेढ शताब्दीदेखि फेसन बजारमा कब्जा जमाइरहेको छ ।

यसको खास विशेषता त के भने पुरानो भए पनि, खुम्चिए पनि, खुइलिए पनि, च्यातिए पनि खासै फरक नपर्ने । किनभने यी सबै रुपरंगमा जिन्सले आफ्नो बेग्लै फेसन शैली स्थापित गरिसकेको छ ।

जिन्स पाइन्टको सुरुवात सन् १८७३ माज्याकब डेभिस र लेभी स्ट्रासले गरेका थिए । जिन्स पाइन्टको नाम इटालीको जेनोवा सहरको नामबाट राखिएको हो । जेनोवा १८ औं शताब्दीमा व्यापारिक केन्द्र थियो ।

इटालीको जेनोवामा त्यतिबेला गाढा निलो सुती कपडा पाइन्थ्यो जुन माछा मार्ने तथा  समुद्र र खानीमा काम गर्ने कामदारहरुले प्रयोग गर्थे । यो कपडा बलियो र टिकाउ हुने भएकाले यसलाई गाह्रो काम गर्नेहरुले लगाउने गर्थे । तर अहिले यो सम्भ्रान्तदेखि निम्नवर्गीयसम्मको प्रिय पहिरन भएको छ ।

मान्छेको आय र आवश्यकता अनुसार बजारमा सबै किसिमका जिन्स उपलब्ध छन् । ६–७ सय रुपैयाँदेखि हजारौं रुपैयाँ मूल्यका जिन्स बजारमा छन् ।

जिन्सका विश्व प्रसिद्ध केही ब्रान्ड छन्, जसले नेपाली तन्नेरीलाई पनि लोभ्याएको छ ।

लि डेनिम

लि डेनिम जिन्सको अमेरिकन ब्रान्ड हो । यो दरबारमार्गका साथै देशभरका भाटभटेनी सुपरस्टोरमा उपलब्ध छन् । लिको फेब्रिक, फिटिङ र फिनिसिङ राम्रो भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको बताउँछन्, दरबारमार्गमा रहेको लिजिन्सका आधिकारिक बिक्रेता लोकबहादुर न्यौपाने ।

न्यौपानेका अनुसार लि जिन्सको मूल्य ४ हजार ५ सय रुपैयाँबाट सुरु हुन्छ । यसको अधिकतम मूल्य १० हजार रहेको छ । अमेरिकन ब्रान्ड भए पनि लि ब्रान्डका जिन्स भारतबाट आयात गरिने उनले बताए ।

लि जिन्स पुरुषका लागि २८ देखि ४० इन्च र महिलाका लागि २६ देखि ३७ इन्च साइजसम्म उपलब्ध हुन्छ ।

लिभाइज

लिभाइज पनि अमेरिकन ब्रान्ड हो । यसलाई लेबी पनि भनिन्छ । लिभाइज जिन्सको विश्व चर्चित ब्रान्ड हो । यसको प्रयोग सन् १८५३ मालेभी स्ट्रासले गरेका थिए ।

दरबारमार्गका लागि लिभाइज ब्रान्डका अधिकृत बिक्रेता निकेश महर्जन लिभाइज विश्वको प्रसिद्ध ब्रान्ड भएकाले युवा पुस्ताको रोजाइको ब्रान्ड बनेको बताउँछन् ।

लिभाइजका ब्रान्डेड पाइन्ट दरबारमार्गका साथै शेर्पामल, जावलाखेल र सिटी सेन्टरमा उपलब्ध रहेको उनले जानकारी दिए । लेबी पाइन्टको अधिकांश साइज ३० देखि ३६ इन्च हुन्छ । लेबी ब्रान्डका जिन्स पाइन्टको मूल्य ४ हजारदेखि सुरु भएर १२ हजार रुपैयाँसम्म पर्छ ।

यूएस पोलो

यूएस पोलो जिन्स अमेरिकाको ब्रान्ड हो । नेपालका लागि यसको अधिकृत बिक्रेता दरबारमार्गमा रहेको यूएस पोलोका साथै ललितपुरको लबिम मलमा रहेको छ ।

यूएस पोलो पाइन्ट लगाउन सहज र टिकाउ हुने भएकाले यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको यूइस पोलो दरबारमार्गकी स्टाफ अर्चना बज्राचार्य बताउँछिन् ।

बज्राचार्यका अनुसार नेपालमा यूएस पोलो ब्रान्डका पाइन्ट २८ देखि ३६ इन्च साइजका बढी आयात हुन्छन् । यो ब्रान्डको न्यूनतम मूल्य ४ हजार ४ सयदेखि सुरु भएर ७ हजार रुपैयाँ पर्छ ।

पेपे जिन्स

पेपे जिन्स बेलायतको प्रसिद्ध जिन्स ब्रान्ड हो, जुन १९७३ मा बनेको हो । पेपे ब्रान्डको प्रधान कार्यालय स्पेनमा रहेको छ । बेलायतको ब्रान्ड भए पनि पेपे नेपालका लागि भारतबाट आयात गरिने पेपे जिन्स बिक्रेताका स्टाफ समीप श्रेष्ठले बताए ।

पेपेका जिन्स पाइन्ट पुरुषका लागि २८ देखि ४० नम्बरसम्मका आउँछन् भने महिलाका लागि २६ देखि ४० सम्म आउने गरेका छन् ।

पेपे ब्रान्डका जिन्स पाइन्टको न्यूनतम मूल्य ५ हजार १९८ रुपैयाँबाट सुरु भएर ११ हजार १९८ रुपैयाँसम्म पर्छ । यो पाइन्ट विश्वस्तरीय ब्रान्ड र गुणस्तरीय भएकाले मूल्य महंगो भएको श्रेष्ठ बताउँछन् ।

पेपे जिन्स दमौली, पोखरा, चितवन, धरान दरबारमार्गका साथै ललितपुरको लबिम मलमा रहेको छ ।

जिन्स वेस्ट

जिन्स वेस्ट अस्ट्रेलियन ब्रान्डेड जिन्स हो । यसको मूल्य नेपाली बजारमा ४ हजारदेखि ६ हजारसम्म पर्छ भने २९ देखि ४० इन्च साइजमा उपलब्ध हुन्छ ।

लबिम मलसिथत जिन्स वेस्टकी कर्मचारी कल्पना अधिकारी यो ब्रान्डका पाइन्ट लगाएर हिंड्दा छाला पोल्नबाट बचाउनुका साथै लगाउँदा  सहज महसुस हुन्छ । नेपालका लागि जिन्स वेस्टका पाइन्ट बौद्ध, सिटी सेन्टर र सिभिल मलमा पाइन्छ ।

सिमवुड जिन्स

सिमवुड जिन्स पनि अर्को प्रसिद्ध ब्रान्ड हो । सिमवुड जिन्सको नेपालका लागि ललितपुरको लबिम मलमा एक मात्रै आधिकारिक बिक्रेता छ ।

लबिम मलका लागि सिमवुडका कर्मचारी सुमन महर्जनका अनुसार यो ब्रान्डका जिन्सको साइज २९ देखि ३६ इन्चसम्म नेपालमा आयात हुन्छ । यो उच्चगुणस्तरको विश्व चर्चित ब्रान्ड भएकाले युवामाझ लोकप्रिय बन्दै गइरहेको उनको भनाइ छ ।

सिमवुडका जिन्स पाइन्टको मूल्य ११ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्छ । सिमवुडका जिन्स पाइन्ट युवाले रुचाउँदै गएकाले अहिले यसका ग्राहक बढ्दै गएको महर्जन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post
जनताको घर भत्काउने जनकपुरधामका पूर्व मेयर-उपमेयरबाट ७ लाख क्षतिपूर्ति तिराउने अदालतको आदेश

जनताको घर भत्काउने जनकपुरधामका पूर्व मेयर-उपमेयरबाट ७ लाख क्षतिपूर्ति तिराउने अदालतको आदेश

किर्ते गरी नागरिकता लिने सप्तरीकी यी उपप्रमुखविरुद्ध उजुरी

किर्ते गरी नागरिकता लिने सप्तरीकी यी उपप्रमुखविरुद्ध उजुरी

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .