No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनताको घर भत्काउने जनकपुरधामका पूर्व मेयर-उपमेयरबाट ७ लाख क्षतिपूर्ति तिराउने अदालतको आदेश

जनताको घर भत्काउने जनकपुरधामका पूर्व मेयर-उपमेयरबाट ७ लाख क्षतिपूर्ति तिराउने अदालतको आदेश

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रिताकुमारी मिश्रलाई एक व्यक्तिको घर भत्काएको कसुरमा सात लाख रुपैयाँ क्षतिपूर्ति भर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

उच्च अदालतका कामु मुख्य न्यायाधीश विनोद शर्मा र न्यायाधीश विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले उनीहरुमाथि अदालतको अवहेलना गरेको र एक व्यक्तिको घर जानीजानी भत्काउन आदेश दिएको कसुरमा जनही तीन लाख पचास हजार रुपैयाँका दरले दुवै जनाबाट सात लाख रुपैयाँ क्षतिपूर्ति भर्न आदेश जारी गरेको हो ।

जनकपुरधाम उपमहनगरपालिका १ बस्ने चन्देश्वर साहको तत्कालीन धनुषा बेंगाशिवपुर गाविस वडा नम्बर ७ ९हाल जनकपुरधाम उपमहानगरपालिका० ख को कित्ता नम्बर ७७५ को २ कठ्ठा १७ धुरमा रहेको एकतल्ले पक्की घरमा रहेको गिर्जा सेल मिल सहितको घर भत्काउन थालेपछि २०७६ भदौ २४ मा निषेधाज्ञा मुद्दा दायर गरिएको थियो ।

अदालतको आदेशलाई समेत अवहेलना गर्दै सो घर भत्काइएपछि चन्देश्वर साहले १५ लाख ८९ हजार ९०४ रुपैयाँ ८४ पैसा मूल्य बराबरको घर पूर्णरुपमा क्षति भएको दाबी गर्दै विपक्षी जनकपुरधाम उपमहानगरका तत्कालीन प्रमुख साह र उपप्रमुख मिश्रसहित ४ जनाविरुद्ध क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेका थिए ।

अदालतको आदेशमा विपक्षी मध्येका जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन मेयर लालकिशोर र उपमेयर रिताकुमारी मिश्रबाट निवेदकको घर समेत भत्काई क्षति पुर्‍याएवापत मनासिव क्षतिपूर्ति सात लाख रुपैयाँमध्ये तीन लाख पचास हजार रुपैयाँका दरले दुवै जनाले क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख छ ।

अदालतमा तत्कालीन प्रमुख साह र उपप्रमुख मिश्रले आफ्नो लिखित बयानमा आफूहरुले घर नभत्काएको भनेर इन्कारी बयान दिए पनि विपक्षी स्काभेटर सञ्चालक समेत रहेका वीरेन्द्र पासमानले साह र मिश्रकै आदेशमा घर भत्काएको भनि लिखित जवाफ दिएपछि सोलाई आधार मानेको अदालतले आफ्नो फैसलामा भनिएको छ ।

अन्य विपक्षी जनकपुरधाम उपमहानगरपालिका १८ का वडाध्यक्ष रामअशिष पजियार र वीरेन्द्र पासमानको हकमा प्रमाण नपुगेको भन्दै अदालतले सफाई दिएको छ । सडक विस्तार गर्ने क्रममा ०७६ मा जनकपुरधाम उपमहानगरले सडक छेउका अधिकांश घर भत्काएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

Next Post
किर्ते गरी नागरिकता लिने सप्तरीकी यी उपप्रमुखविरुद्ध उजुरी

किर्ते गरी नागरिकता लिने सप्तरीकी यी उपप्रमुखविरुद्ध उजुरी

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

मधेस प्रदेश : नगरपालिकाको कार्यकक्षमै टिकटकमा मस्त नगरपालिकाका अधिकृत रामबाबु साह

मधेस प्रदेश : नगरपालिकाको कार्यकक्षमै टिकटकमा मस्त नगरपालिकाका अधिकृत रामबाबु साह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

कांग्रेस संसदीय दल नेताको निर्वाचन बुधबार

महाधिवेशन कार्यतालिकाबारे कांग्रेस बैठकमा जुटेन सहमति

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .