No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गर्भपतनपछि कसरी गरिन्छ भ्रूणको व्यवस्थापन ?

गर्भपतनपछि कसरी गरिन्छ भ्रूणको व्यवस्थापन ?

काठमाडौं । १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी प्रावधान छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने २८ हप्तासम्म पनि गर्भपतन गर्न सकिने व्यवस्था छ ।

यस्तोमा सुरक्षित गर्भपतन गराएपछि त्यो भ्रूणलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने विषयमा धेरैको चासो हुन्छ । गर्भपतन पछि त्यो भ्रूणलाई व्यवस्थापन गर्ने जिम्मा प्रायः अस्पतालको नै हुन्छ भने कतिपय अवस्थामा परिवारको पनि हुन्छ । २० हप्तासम्मको भ्रूणको व्यवस्थापन अस्पतालले नै गर्छ । २० हप्ताभन्दा माथिको भ्रूणको व्यवस्थापन भने इच्छा भए परिवारले पनि गर्न मिल्छ ।

सुरक्षित गर्भपतन गर्ने अनुमति प्राप्त संस्था मेरी स्टोपले १२ हप्तासम्मको गर्भपतन गर्छ । गर्भपतनपछि भ्रूणलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय फोहोर व्यवस्थापन अन्तर्गत पर्ने मेरी स्टोपका डा. अब्दुल रेफ बताउँछन् ।

९ देखि १२ हप्तासम्मको भ्रूणलाई व्यवस्थापन गर्न सजिलो

मेरी स्टोपले ९ देखि १२ हप्तासम्मको भ्रूणको व्यवस्थापन गर्न दुईवटा उपाय अपनाउँछ ।  ९ हप्तासम्मको भ्रूण छ भने त्यसलाई औषधि सेवनबाट गर्भपतन गराइन्छ । त्यसमा बच्चा रगतबाट नै जाने भएकाले त्यसको व्यवस्थापनमा खासै समस्या नहुने रेफ बताउँछन् ।

‘तर १२ हप्तासम्मको बच्चा छ भने त्यसलाई व्यवस्थापन गर्न दुई तरिका अपनाइन्छ । गाउँ घरमा हो र खाली ठाउँ प्रशस्त मात्रामा छ भने भ्रूणलाई खाल्डो खनेर पुरिन्छ,’ उनी भन्छन्, ‘सहरमा खाली ठाउँ नहुने भएकाले त्यो भ्रूणलाई पानीमा राखेर टुक्र्याउर ट्वाइलेटमा फ्लस फल्स गरिन्छ ।’

१२ हप्तासम्म पनि बच्चाको अंग राम्ररी बनिसकेको हुँदैन, एउटा रगतको ढिक्काजस्तो मात्र हुन्छ । त्यसैले पानीमा राखेपछि त्यो टुक्रिन्छ र फ्लस गर्न सजिलो हुने डा. रेफको भनाइ छ ।

१२ हप्तामाथिको भ्रूण व्यवस्थापन

१२ हप्ता भन्दा माथिको गर्भपतन गराउने र यसको प्रशिक्षण दिने जिम्मा काठमाडौंमा दुईवटा अस्पताललाई मात्र छ, काठमाडौं मेडिकल कलेज र काठमाडौं मोडल अस्पताल ।

काठमाडौं मोडल अस्पतालले १२ हप्तामुनि र त्यसमाथिको गर्भपतन सेवा उपलब्ध गराउँदै आएको छ  । १२ हप्तामुनिको भ्रूण व्यवस्थापन फ्लस गरेर नै गरिन्छ । तर १२ हप्तादेखि २० हप्तासम्मको बच्चालाई बायो ग्यासमा हालेर व्यवस्थापन गरिन्छ । जसरी सालको व्यवस्थापन बायो ग्यासको मद्दतबाट गरिन्छ । त्यसरी नै २० हप्तासम्मको भ्रूणलाई पनि बायो ग्यासमा हालेर व्यवस्थापन गरिन्छ ।

२० हप्ता भन्दा माथिको बच्चा छ र परिवारको लाने इच्छा गरेको छ भने त्यो बच्चाको व्यवस्थापन गर्ने जिम्मा परिवारलाई नै दिइन्छ । यदि परिवारले व्यवस्थापन गर्ने जिम्मा लिएन भने २० हप्ता भन्दा माथिको भ्रूणलाई पनि बायो ग्यासमा हालेर अस्पतालले नै व्यवस्थापन गर्ने गरेको काठमाडौं मोडल अस्पतालकी स्वास्थ्य सेवा फोहोर व्यवस्थापन संयोजक राधिका घिमिरे बताउँछिन् ।

१९ हप्तादेखि २१ हप्तासम्ममा नै बच्चाको अंगहरु विकास भइसक्ने भएकाले कुनै समस्या छ भने त्यो अवधिमा नै पत्ता लाग्छ । त्यसैले २१ हप्तामाथिको ‘केस’ कम मात्रै आउने घिमिरे बताउँछिन् ।

‘पछिल्लो समय गर्भपतन गराउने महिलाको संख्या एकदमै बढेको छ । काठमाडौं मोडल अस्पतालमा जेठ महिनामा मात्र गर्भपतन गराउने महिलाको संख्या ४८ छ,’ उनी भन्छिन्, ‘त्यसैले यसलाई निरुत्साहित गरेर परिवार नियोजनको साधन प्रयोग गरेर गर्भ नै रहन नदिने कुरामा जोड दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
दूरसञ्चार प्राधिकरणको बढुवा परीक्षामा बदनियत राखेर फेल गराएको आरोप

दूरसञ्चार प्राधिकरणको बढुवा परीक्षामा बदनियत राखेर फेल गराएको आरोप

विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी

विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी

शहरमा कल सेन्टरको बिगबिगी : अभियोग पुष्टि हुँदैन, चिनियाँलाई सधैं हाइसञ्चो

शहरमा कल सेन्टरको बिगबिगी : अभियोग पुष्टि हुँदैन, चिनियाँलाई सधैं हाइसञ्चो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .