No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बटेश्वरमा काण्डैकाण्ड, गाउँपालिकामा फेरि तालाबन्दी

बटेश्वरमा काण्डैकाण्ड, गाउँपालिकामा फेरि तालाबन्दी

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकाका बालविकास शिक्षक तथा कर्मचारीहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

तलव वृद्धिको माग गर्दै उनीहरूले सोमबार बिहान १० बजेको समयमा पालिकाका सम्पूर्ण बालविकास शिक्षक/शिक्षिकाले गाउँपालिकाको मूलढोकामा ताला लगाएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको बजेट भाषणबाट देशभरका सम्पूर्ण सामुदायिक विद्यालयका कार्यालय सहयोगी र बालबिकासमा कार्यरत शिक्षक/शिक्षकाको तलब वृद्धि गरेर १५ हजार दिने घोषणा गरेका थिए ।

१५ हजारमा ८ हजार संघीय सरकारले र ७ हजार स्थानीय सरकारले दिने गरी बजेट भाषण भएपनि स्थानीय सरकारले आफूहरूको तलव वृद्धि नगरेकोले तालाबन्दी गर्नुपरेको आन्दोलनरत कर्मचारी राजकुमार महतोले टुडेपाटीलाई बताए ।

‘गएको जेठमा तत्कालीन ओली सरकारले गरेको बजेट भाषणबाट निमावि तर्फका र मावि तर्फका कार्यालय सहयोगीको तलब वृद्धि गरेर १५ हजार निर्धारण गर्नुभयो ।’, उनले भने, ‘१५ हजारमा ८ हजार संघीय सरकार र ७ हजार स्थानीय सरकारले दिने कुरा थियोे । तर, स्थानीय सरकारले दिएनन् ।’

आन्दोलनरत शिक्षक कर्मचारीहरुले सरकारले तोकेअनुसारको तलव उपलब्ध गराउन आग्रह गरेका छन्  । सरकारले आर्थिक बर्ष २०७८÷०७९ को घोषित बजेट अनुसार तलवभत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको आन्दोलनरत शिक्षिका कुशम महतोले बताइन् ।

‘छिमेकी स्थानीय तहहरुले नेपाल सरकारले घोषणा गरे बमोजिमको तलब वृद्धि गरेपनि यो गाउँपालिकाले आयव्यय नभएको कारण देखाउदै तलब दिन पन्छिएको छ ।’, उनले भनिन् ।

आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले स्थानीय तहले समयमै माग सम्बोधन नगरे गाउँपालिकाभरका सबै सामुदायिक विद्यालयहरु बन्द गरेर सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

यता बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुबीच कात्तिक ११ गते बैठक बस्ने गरी सहमति भएको बताएका छन् ।

गाउँपालिकामा चाहिने जति बजेट शिक्षामा निकासी नभएकोले संघीय सरकारले निर्धारण गरेबमोजिमको तलब खुवाउन नसकेको बताए ।

‘अहिले गाउँपालिकाका केही कर्मचारी तथा पदाधिकारीहरु बाहिर रहेका कारण आउँदो कात्तिक ११ गते बैठक बस्ने गरी सहमति गरेर तलब उपलब्ध गराउने छु’, उनले टुडेपाटीसित भने ।

अहिले आन्दोलनरत बालबिकास शिक्षक तथा कर्मचारीहरुबीचको मौखिक सहमतिपछि गाउँपालिका कार्यालयको मुलढोकामा लगाइएको ताला खोलिएको महतोले जानकारी दिए ।

यसअघि गएको फागुन १७ गते गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले ८ लाख घुस प्रकरणमा समेत गाउँपालिकाको कार्यालयमा तालाबन्दी भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
प्रदेश २ को सरकार पाकिस्तानको इसारमा चल्दै छ : अध्यक्ष यादव

प्रदेश २ को सरकार पाकिस्तानको इसारमा चल्दै छ : अध्यक्ष यादव

काङ्ग्रेस सरकार चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने – महत

काङ्ग्रेस सरकार चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने – महत

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .