No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

घरमा कसरी बाह्रैमास ढकमक्क फूलहरु फूलाउने ?

घरमा कसरी बाह्रैमास ढकमक्क फूलहरु फूलाउने ?

बिहान उठ्नसाथ ढकमक्क फूलहरु फुलेको देख्दा कस्तो हुँदो हो ? आफुले धेरै समय विताउने घर-आँगनमा रंगबिरंगी फूलहरु हावामा बयेली खेलिरहेको दृश्य कति मनमोहक हुँदो हो ? फूलहरुमा भँमरा वा पुतलीहरु खेलिरहेको देख्दा कति रमाइलो हुँदो हो ?

वास्तवमा फूलको सौन्दर्यले हामीलाई मोहित तुल्याउँछ । तनाव भुलाइदिन्छ । मनमा सकारात्मक उर्जा पैदा गरिदिन्छ । ढकमक्क फुलेका फूलहरुको सौन्दर्यले हामीमा खुसी संचार गराइदिन्छ । एक हिसाबले भन्ने हो यो प्राकृतिक उपचार पनि हो ।

आफु बसेको स्थानमा फूल रोप्नु, फुलाउनेको फाइदा यतिमा मात्र पनि सीमित छैन ।

फूलको सौन्दर्यले मनलाई आनन्दित तुल्याउँछ । खुसी ल्याउँछ । तनाव कम गर्छ । फूल रोपेपछि रेखदेख, गोडमेल, सिंचाई गर्नुपर्छ । यसले शरीरलाई सक्रिय बनाउँछ । फूल रोप्ने, स्यहार्ने क्रममा शरीर चलायमान हुन्छ । शरीरको व्यायाम हुन्छ ।

फूल रोप्ने, फूलाउने कुराले हामीमा उत्साह ल्याउँछ । उत्साहले जीवनलाई उर्जावान् बनाउँछ । मन बहलाउने बाहना हुन्छ । दिक्क लागेको बेला, काममा मन नगएको बेला, मनमा अनेक कुरा खेलिरहेको बेला फूलहरु स्यहार–सुसार गरेर मनलाई शान्त तुल्याउन सकिन्छ ।

फूल ढकमक्क फुलेको छ भने आगन्तुकहरु रमाउँछन् । आफ्नै बालबच्चाले पनि रमाइलो मान्छन् । फूलबारी बनाएपछि सरसफाईमा ध्यान दिइन्छ । घर आसपासको क्षेत्र सफा हुन्छ । वातावरण स्वच्छ हुन्छ ।

भान्साबाट निस्कने जैविक फोहोर–मैलालाई व्यवस्थापन गर्न सजिलो हुन्छ । त्यस्ता फोहोर–मैलालाई प्लाष्टिकको भाँडो वा खाल्डोमा कुहाएर फूलको लागि मल बनाउन सकिन्छ ।

हामीलाई पूजापाठ, बिहेकार्जे जतिबेला पनि फूलको आवश्यक पर्छ । त्यस्तो अवस्थामा फूलको अभाव झेल्नुपर्दैन ।

कहाँ रोप्ने ?

गाउँमा फूलबारी बनाउने पर्याप्त ठाउँ हुन्छ । त्यसैले ग्रामिण भेगमा फूल रोप्नु, फूलबारी बनाउनु समस्या हुँदैन । मनग्ये ठाउँमा फूलबारी बनाउँन सकिन्छ । फूलबारी बनाएपछि मौरीको घार पनि राख्न सकिन्छ । फूलबारी मौरीको लागि राम्रो चरन बन्छ ।

शहरी क्षेत्रमा कतिपयले घर निर्माण गर्दा बगैंचाको पनि ठाउँ छुट्याएर राखेका हुन्छन् । यदि बगैंचा नभएपनि बार्दली, कौसी, छत जहाँ पनि फूल रोप्न सकिन्छ । फूल रोप्न, फुलाउनका लागि आफ्नै घर हुनुपर्छ भन्ने छैन । डेरामा बसिएको छ भने पनि आफुलाई अनुकुल हुने स्थानमा फूल रोप्न सकिन्छ ।

झ्यालको आसपास, कौसी वा घरभित्रकै खुला स्थानमा पनि फूल रोप्न सकिन्छ । यद्यपी घरभित्र रोपिने फूलको प्रकृति अलि फरक हुन्छ । साथै त्यस्ता फूललाई बढी स्यहार पनि गर्नुपर्छ ।

फूल रोप्नका लागि वार्दली, कौसी एवं छतको अभाव भएमा ह्यागिङ प्लान्टहरु रोप्न सकिन्छ ।

कसरी रोप्ने ?

पर्याप्त खुला ठाउँ वा बगैंचा छ भने आफैले डिजाइन गरेर फूल रोप्न सकिन्छ । त्यस्तो ठाउँ नभए गमलामा फूल रोप्न सकिन्छ । फूल रोप्नका लागि मलिलो माटो चाहिन्छ । माटो र मललाई मिश्रण गरेर गमला भर्ने, त्यसमा फूल रोप्ने । गमला राखिएको ठाउँमा सिंचाई गरिरहनुपर्ने भएकाले गमला राखिने ठाउँ अलि व्यवस्थित हुनुपर्छ ।

फूल रोपेपछि त्यसको रेखदेख गरिरहनुपर्छ । उचित समयमा सिंचाई गर्ने, मल लगाउने, गोडमेल गर्ने, झार उखेल्ने, किराबाट जेगाउने गर्नुपर्छ ।

कस्तो फूल रोप्ने ?

संभव भएसम्म सदावहार फूल रोप्नु राम्रो हुन्छ, जो बाह्रैमास हरियो देखियोस् । बाह्रैमास फूलिरहोस् । त्यस्ता प्रजातिका फूलहरु पनि हुन्छन् । यस्ता फूलहरु जुनसुकै महिनामा पनि फुलाउन सकिन्छ ।

मौसमी फूलहरु पनि रोप्न सकिन्छ । यसका लागि आफैले बिऊ बिजन राख्न सकिन्छ वा नर्सरीबाट ल्याउन सकिन्छ । तर, कुन सिजनमा कुन फूल रोप्ने भन्ने कुराको भने जानकारी हुनुपर्छ । जाडो, गर्मी, झरी सिजनमा फुल्ने भिन्न भिन्नै प्रकृतिका फूलहरु हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
दशैंको चौथो दिन : कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै

दशैंको चौथो दिन : कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै

भारतविरुद्ध गोर्खाली पाराले लड्छौं : अल्मुताइरी

भारतविरुद्ध गोर्खाली पाराले लड्छौं : अल्मुताइरी

मन्त्री बनेको दुई दिनमै हमालद्वारा राजीनामा घोषणा

मन्त्री बनेको दुई दिनमै हमालद्वारा राजीनामा घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .