No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चोरी पैठारीमा गोलबजार नपाको जेसीबी सहित चालक प्रहरी नियन्त्रणमा

चोरी पैठारीमा गोलबजार नपाको जेसीबी सहित चालक प्रहरी नियन्त्रणमा

संजय यादव, सिरहा
१२ असोज, २०७८
चोरी पैठारीमा सिरहाको गोलबजार नगरपालिकाको जेसीबी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । गोलबजार नगरपालिकाको ना.१.ग. ७०६ नम्बरको जेसीबी जोभा प्राकृतिक वनबाट ल्याएको सालको काठ र चालकसहित इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए । सोमबार राती करिब ९ बजे स्थानीयहरुले खबर गरेपछि जेसीबी, सालको काठ र चालक समेतलाई नियन्त्रणमा लिएको र थप कार्यवाहीको लागि डिभिजन वन कार्यालय लहान पठाउने तयारी भईरहेकोे डिएसपी श्रेष्ठले भने, ।
गोलबजार नगरपालिका वडा नं ९ को जोभा प्राकृतिक वनबाट सोमबार राति गोलबजार नगरपालिका को ना.१.ग. ७०६ नम्बरको जेसीबीमा सरकारी टाँका समेत लागिसकेको साल(सखुवा)को काठ लोड गरी लगिदैै गर्दा स्थानीयहरुले प्रहरीलाई खबर गरि मिर्चैया प्रहरीको जिम्मा लगाइएको स्थानीय सकलदेव सिंहले बताए ।
हावाहुरीले ढालेको साल(सखुवा) तथा अन्य गरी एक करोड रुपैयाँभन्दा बढी मूल्यको सखुवाको काठलाई घाटगद्दी गरेर राखेकोमा यसरी नै चोरी पैठारी हुँदै हाल १० लाख मूल्यको पनि काठ नरहेको स्थानीय लक्ष्मण यादवको कथन रहेको छ । उनले भने, गोलबजार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामपुकार कामतीको रोहवारमा बनमा छरिएर रहेको काठलाई एकीतृत गर्ने काम भइरहेको थियो र त्यहाँबाट राति करीब ९ बजे जेसीबी चालकले काम गरेर घर जाने बेलामा चोरेर सरकारी टाकाँ समेत लागिसकेको ३४÷७ सखुवाको शील जेसीबमा लोड गरेर चोरेर लैजाँदै गर्दा स्थानीय बासिन्दाहरुले समातेर ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको हो ।

यता जेसीबी चालक श्रवण कुमार साहले आफुलाई अध्यक्ष रामपुकार कामतीले लोड गरेर लैजान भनेको अनुसार नै लगिरहेको बताए । त्यस्तै गोलबजार नपा वडा नम्बर ९ का वडा अध्यक्ष रामपुकार कामतीले २ वर्षअघि नै वनमा हावाहुरीको समयमा खसेको काठ डिभिजन वन कार्यालयको रोहवरमा मेरो व्यक्तिगत डेढ लाखको लगानीमा छरिएर रहेको काठलाई घाटगद्दी लगाए पनि हाल अवस्थित भइसकेकोलाई व्यवस्थित गर्नको लागि नपालाई विशेष आग्रह गरी जेसीबीले व्यवस्थित हुने काम भइरहेको थियो । काम गरेर फर्किने बेला चालकले एउटा काठको सिल नै लोड गरेर गईरहेपछि स्थानियहरुले पक्रेको हो । चालकले कुन मनसायले लगिनखोजेको थाहा हुन नसकेको र यसरी काठ लै जानु गलत काम रहेको वडा अध्यक्ष कामतीले भने ।
गोलबजार नपाका नगरप्रमुख देवनाथ साहले वनमा छरिएर रहेको काठलाई व्यवस्थित गर्नको लागि वडाअध्यक्ष रामपुकार कामतीको आग्रहमा लगिएको जेसीबीको चालकले कुन नियतले काठ ल्याउन खोजेको आफूले बुझने काम भईरहेको बताए ।
त्यस्तै डिभिजन वन कार्यालय लाहनका प्रमुख वन अधिकृत डीएफओ सुभाषचन्द्र दाससंग यस सम्बन्धमा प्रतिकृया लिदाँ डिएफओ दासले भने, गोलबजार नगरपालिकाको जेसीबीमा काठ चोरी गरिरहेको अवस्थामा स्थानीयहरुले मिर्चैया प्रहरीलाई जिम्मा लगाएको आफूलाई जानकारीमा आएको बताए । तर अहिलेसम्म आधिकारिक पत्र नआएको र काठ जसरी लगेपनि चोरी नै भएको उनले भने । वन ऐन अनुसार कार्यबाही अगाडि बढाउने डिएफओ दासले बताए ।
यता वडाअध्यक्ष रामपुकार कामतीले वन कार्यालयसंग मिलिभगत बनी सरकारी टाकाँ समेत लागिसकेको सखुवाको गोलिया चोरी गर्न लगाएको स्थानीयहरूको आरोप रहेको छ । उनीहरुले कडा कानूनी कारबाहीको समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
सरकारकाे निर्णयपछि पनि खुलेन्न नेपाल- भारत सिमा भारतीय पर्यटक आउन रोकिएपछि सीमावर्ती होटल व्यवसायी मर्कामा

सरकारकाे निर्णयपछि पनि खुलेन्न नेपाल- भारत सिमा भारतीय पर्यटक आउन रोकिएपछि सीमावर्ती होटल व्यवसायी मर्कामा

अपहरण गरेको भन्दै चारजनालाई मारेर तालिबानले शव चोकमा झुण्ड्यायो

अपहरण गरेको भन्दै चारजनालाई मारेर तालिबानले शव चोकमा झुण्ड्यायो

दुई दिनमै ३४ हजार यहुदीको हत्या भएको नरसंहार

दुई दिनमै ३४ हजार यहुदीको हत्या भएको नरसंहार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...