No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ग्राहकलाई १ अर्ब बढी रकम फिर्ता गर्नुपर्ने प्राधिकरणको निर्णय विरुद्ध एनसेलको पुनरावेदन

ग्राहकलाई १ अर्ब बढी रकम फिर्ता गर्नुपर्ने प्राधिकरणको निर्णय विरुद्ध एनसेलको पुनरावेदन

काठमाडौं ।  अटो रिन्युको नाममा गरेको एक अर्ब ११ करोड रुपैयाँ आम्दानी ग्राहकलाई नै फिर्ता गर्नुपर्ने नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय विरुद्ध एनसेल पुनरावेदन गएको छ । जरिवाना रकम ५० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको एनसेलले ३५ दिने म्यादलाई मध्यनजर गर्दै क्षतिपूर्तिको निर्णय विरुद्ध सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक कर्मचारीले एनसेलबाट पुनरावेदनको उजुरी प्राप्त भएको जानकारी टेकपानालाई दिएका छन् । यस अघि गत साउनको अन्तिम साता नियामकले ग्राहकको स्वीकृति बिना विभिन्न सेवा तथ प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको रकम तीन महिनाभित्र सम्बन्धित प्रयोगकर्तालाई फिर्ता गर्नुपर्ने निर्णय गरेको  थियो ।

नियामकको अध्ययनको क्रममा एनसेलले तीन दिनमा अटो रिन्यु हुने र साप्ताहिक अटो रिन्यअलका प्याकेज २०७५ असोज १५ देखि २०७७ जेठ ब८ गतेसम्म सञ्चालन गरी कर बाहेक ११ करोड ३७ लाख आर्जन गरेको पाइएको थियो । त्यस्तै ह्वावे एप ग्यालरीको नामा सोही अवधिमा कर बाहेक ९९ करोड ९२ लाख रुपैयाँ कम्पनीले आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।

सोही अध्ययन प्रतिवेदनकै आधारमा प्राधिकरणले गत भदौ १९ गते एनसेललाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । त्यसपश्चात् प्राधिकरणले गत असार १७ मा पुनः यही विषयमा अर्कोपटक स्पष्टीकरण माग गरेको थियो ।

उक्त पत्रको जवाफमा एनसेलले भ्यास (भ्यालु एडेड सर्भिस) सेवा तेस्रो पक्षले प्रदान गर्ने सेवा भएको र ग्राहकले केवल सेवा खरिद वापतको शुल्क नगद रहित भुक्तानीका लागि मोबाइलमा भएको ब्यालेन्स उपयोग गर्ने मात्र भएको बताएको छ ।

‘उक्त सेवा खरिद कार्यको सहजीकरण एवम् समन्वय गर्नका लागि मात्रै कम्पनीको मोबाइल सिम कार्डमा रहेको ब्यालेन्स प्रयोगसम्म हुने हो,’ कम्पनीले भनेको छ । एनसेलले प्राधिकरणको २०७५ असोज ६ गतेको पत्र पश्चात अटो रिन्यु नगरेको र पूर्व स्वीकृति लिने गरेको समेत बताएको थियो ।

तर अध्ययनमा भने एनसेलले अटो रिन्यु गरिरहेको र ग्राहकलाई म्यासेजमार्फत समेत जानकारी नगराएको पाइएको छ । यसअघि ग्राहकको स्वीकृतिबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरी जस्ता भ्यालु एडेड सेवा तथा प्याक स्वतः नवीकरण गरेको र ग्राहकले गुनासो गरेपछि पैसा फिर्ता दिने गरेको समाचार टेकपानाले सार्वजनिक गरेको थियो ।

उक्त समाचार र ग्राहकबाट आएको गुनासोका आधारमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले त्यसमाथि अध्ययन अनुसन्धान अगाडि बढाएको थियो । techpana

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
उत्तरी नाकामा चीनको आघोषित नाकाबन्दी

उत्तरी नाकामा चीनको आघोषित नाकाबन्दी

इस्लामिक संघको प्रमुख वक्ता नै बलात्कारी !

इस्लामिक संघको प्रमुख वक्ता नै बलात्कारी !

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकै गृह जिल्लामा विरोध, प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकै गृह जिल्लामा विरोध, प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .