• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

के प्लाष्टिक हाम्रो जीवनको अभिन्न हिस्सा बनेको हो ?


के प्लाष्टिक हाम्रो जीवनको अभिन्न हिस्सा बनेको हो ?

आजभन्दा करीब दश बर्षअघि मैलें प्लाष्टिक बिना जिन्दगी बिताउने कोशिस गरेको थिएँ । आज एक दशकपछि जब दुनियाँका तमाम मुलुक प्लाष्टिको प्रयोगलाई निरुत्साहित गर्ने, एवं पूर्ण रुपले निषेध गर्ने कुरा गरिरहेका छन्, यसका लागि आवश्यक कदम उठाइरहेका छन् । तर, प्रश्न उठ्छ कि अहिले एक दशकपछि बिना प्लाष्टिकको जिन्दगी बिताउनु सजिलो छ ?

आजभन्दा दश बर्षअघि अर्थात सन् २००८ मा भयांकर गर्मी थियो । मलाईं त्यो गर्मी यसकारण याद छ कि, मेरो भान्सामा प्लाष्टिकको बोत्तलमा रहेको दुध र दहीको खाली डिब्बाबाट गन्ध आइरहेको थियो ।

जुलाईको त्यस महिनामा मैले मेरो पुरा परिवार, अर्थात मेरो पति र बच्चाले प्रयोग गरेका प्लाष्टिको ६ सय ३ वटा सामान जम्मा गरें । तयसपछि अर्को महिनादेखि मैलें अभ्यास गरें कि, प्लाष्टिको प्रयोग बिना पनि जिउन सकिएला ?

मैलें यसो किन पनि गरेकी थिएँ भने, बीबीसीमा एउटा रिपोर्ट थियो, जसमा प्लाष्टिकको कारण प्रशान्त महासागरमा भएको प्रदूषणबारे बताइएको थियो । यसमा मेरो पतिले प्रश्न उठाएका थिए, ‘के यो संभव छ कि हामीले एक पटक प्रयोग गरेर मिल्काउने प्लाष्टिकलाई जिन्दगीबाट हटाउन ?’

यो काम मुश्किल थियो । तर, सन् २००८ अगस्टमा पनि हाम्रो परिवारले आफ्नो प्रयोगमा आउने प्लाष्टिको सामाग्री ६ सय ३ बाट घटाएर १ सय १६ पु¥याएको थियो । त्यसमा पनि ६३ त मिल्काउने नैपकिन थियो ।

आजे एक दशकपछि हाम्रो घरमा प्लाष्टिकको न्यापकिन प्रयोग भएको छैन । अहिले हाम्रो घरमा दुई बच्चा छ । पक्कैपनि हाम्रो सपिङ लिस्टमा उनीहरुको जरुरी सामान लेखिएको छ, जसमा धेरैजसो सामान प्याकिङ प्लाष्टिकमा छ ।

यसको कारण स्पष्ट छ, प्लाष्टिक हल्का हुन्छ । धेरै समय टिक्छ । यसमा प्याक खाना खाँदा लामो समयसम्म ताजा रहन्छ । यसलाई लाउन, ल्याउन सजिलो हुन्छ ।

अहिले प्लाष्टिकलाई निरुत्साहित गर्ने जुन प्रयास भइरहेका छन्, त्यसबाट म फेरी प्रभावित भएकी छु । र, म विगतमा थालेको अभ्यासलाई दोहो¥याउने सोचें ।

मैलें सोचें कि, एक महिनासम्म यस्ता सामाग्री मात्र प्रयोग गरौं, जसमा प्लाष्टिकको प्रयोग नहोस् ।

पहिलो हप्ता

सबैभन्दा पहिला मैले बिहानको नास्ताको रुटिनबाट प्लाष्टिक हटाउने सोचें । आज हामी जब उठ्छौं, तब घरको ढोकामा दुधको बोत्तल राखिएको हुन्छ । यो काँचले बनेको छ ।

मेरो सानो बच्चालाई यो निकै घतलागेछ । उनले साथीलाई सुनाए, ‘हाम्रो ढोकामा राती आफै दुधको बोत्तल आइपुग्छ ।’

प्लाष्टिकको प्याकेट वा थैलोमा बन्द दुधको ठाउँमा दुधको बोत्तल खरिद गर्नेमा अहिले हामीमात्र छैनौं । बेलायतमा यस्तो दुधको आपूर्ति गर्ने कम्पनी मिल्क एन्ड मोर भन्छ कि, ‘जनवरीदेखि अहिलेसम्म दश हजार बढी अनलाइन ग्राहक बढेका छन्

दुधको प्लाष्टिकवाला बोत्तललाई सबैभन्दा बढी रिसाइकल गरिएको हुन्छ । अहिलेसम्म प्लाष्टिकको थैली, पाउच र डिब्बाको मुख बन्द गर्नका लागि प्रयोग हुने कभर हाम्रो घरमा रहेको कुल प्लाष्टिकमध्ये एक चौथाई हुन्छ ।

नास्तामा हामी अक्सर गोल ब्रेडको प्याकेट प्रयोग गर्छौं, जो प्लाष्टिकमा प्याक भएर आउँछ । साथै हामी जु अन्न प्रयोग गर्छौं, त्यो पनि प्लाष्टिकमा प्याकेजिङ गरिएको हुन्छ ।

प्लाष्टिकको प्रयोग घटाउनका लागि मैलें ब्रेड बाहिरबाट ल्याउनुको बदलामा घरमै बनाउने अभ्यास गरें । काम त त्यती गाह्रो थिएन । हेर्दा चाहि ब्रेड त्यती राम्रो थिएन, जति बजारमा पाइने ब्रेड हुन्थ्यो ।

अब रह्यो कुरा, अन्नको । त्यो प्लाष्टिको प्याकेटमै उपलब्ध हुन्थ्यो । त्यसपछि मैलें त्यस्तो पसलको खोजी गरें, जहाँ प्लाष्टिकको प्याकेटमा प्याक नगरी अन्नहरु बेचिन्थ्यो । त्यहाँ म आफ्नो डिब्बा लिएर पुग्थें, ताकि उक्त सामान भर्न सकियोस् ।

यसरी मैलें बिहानको नास्तामा एउटा बाजी जितें ।

दोस्रो हप्ताः सुपरमार्केट

शंका छैन, अलग–अलग सामान लिनका लागि अलग–अलग पसलमा जादाँ थकान लाग्छ, समय पनि धेरै लाग्छ । यसको बदला एकै पटक सुपरमार्केटमा गएर खरिद गर्नु छरितो उपाय थियो ।

तब, मैले प्लाष्टिकरहित दिनचर्या गुजार्नका लागि सुपरमार्केट जाने योजना बनाएँ । हुन त त्यहाँपनि धेरैजसो सामाग्री प्लाष्टिकै प्याकेजिङ भएर आउँछ । तर, यस्तो सामाग्री पनि खोज्न सकिन्छ, जो प्लाष्टिकमा प्याकेजिङ गरिएको हुँदैन । े

सलाददेखि पास्ता र काँचो सब्जी समेत प्लाष्टिकमा राखिएको हुन्थ्यो । यसको बदला टिनको डिब्बामा राखिएको खानेकुरा गरिद गरें । घरबाट झोला लिएर केही खुद्रा सामान खरिद गरें । बच्चाको लागि जाम खरिद गर्नु चाहि मुश्किल थियो । किनभने जाम प्लाष्टिक, टिन वा काँचको डिब्बामा भएपनि त्यसको ढक्कन प्लाष्टिकको थियो । त्यही कारण मैले बच्चालाई आवश्यक केही सामाग्री खरिद गरिन ।

अब हालत पुरानै अवस्थाको थियो । खाने पिउने सामान प्लाष्टिककै प्याकिङमा आइरहेको थियो । यो मोर्चा एकदम मुश्किल थियो । अहिले धेरै कम्पनीले प्लाष्टिकको प्याकिङ नगरी आफ्नो उत्पादन बजारमा उतारेको छ । तर, त्यसको संख्या एकदम कम छ ।

अब टोमेटो केचप गद्दामा आउन लागेको छ । मासु पनि प्लाष्टिको थैलोमा नभई अर्कै प्याकिङमा आउन थालेको छ । यसैगरी फ्रोजेन फुड पनि प्लाष्टिक होइन, अर्कै प्याकिङमा आउन थालेको छ । आइसल्यान्ड नामको बिट्रिश कम्पनीले २०२३ सम्म आफ्नो प्याकिङमा प्लाष्टिकको प्रयोगलाई पूर्ण रुपमा हटाउने दावी गरिसकेको छ ।

तेस्रो हप्ताः समुन्द्री किनारमा असर

हामी बिदाको दिन बिताउनका लागि लन्डनदेखि कार्नवाल जाँदै थियौं । गाडीमा बोत्तल र कप राख्न भुलेछौं । बाटोमा प्लाष्टिकमै प्याक गरिएको सामान लिन बाध्य भयौं ।

बेलायतमा दैनिक दुई करोड दश लाख पानीको बोत्तल र ६८ लाख कफीको कप एक पटक प्रयोग गरेर मिल्काइन्छ ।

मैले सोशल मिडियाको सहयोग लिएर प्लाष्टिक मुक्त जीवनको अभिनयान सुरु गरे । अहिले धेरैले ह्याशट्यागका साथ प्लाष्टिकमुक्त जीवनको अभियान छेडेका छन् ।

२०१४ मा बेलायतको समुन्द्री रिजार्ट ब्युडमा प्लाष्टिक प्रदूषण मुक्तिका लागि टुमिनेटबिचक्लिन ह्यशट्गाका साथ अभियान चलाइएको छ । यसमा जोडिएका एवरिल सेन्सबरी भन्छिन्, ‘अहिले मानिसहरु एकदमै जागरुक भएका छन् । पहिलो घरमा प्लाष्टिकको सामान भरिएको हुन्थ्यो । अहिले त्यसरी जथाभावी प्लाष्टिक प्रयोग गर्ने र मिल्काउने क्रम कम भएको छ ।’

ब्यूड रिजार्टको एक खुबी छ, यहाँ तपाई कुनैपनि पसलमा पुग्नुभयो भने, तपाईंको पानीको बोत्तल भरिदिन्छ । यसले गर्दा प्लाष्टिकको बोत्तलमा बन्द पानी खरिद गर्ने चलन कम भएको छ । समुन्द्री किनारमा प्लाष्टिकको कचौरा पनि कम हुँदै गएको छ ।

अहिले पुरा बेलायतमा पानी भर्नका लागि यस्ता ७८ हजार सार्वजनिक भारा लगाइएको छ ।

चौथो हप्ताः निर्णयको घडी

अन्तिम हप्ता मैले देखें कि, प्लाष्टिकमा बन्द ट्वाइलेटको सामान अझैपनि हाम्रो घरमा आइरहेको थियो । हुन त मैलें बाँसको ब्रश आवश्यै देखेको छु । तर, त्यसको रेशा प्लाष्टिकको थियो । प्लाष्टिको श्याम्पूको बोत्तलको स्थानमा मैले श्याम्पू बार खरिद गरें ।

महिनाको अन्त्यामा मैले देखें कि, भलै हाम्रो जिन्दगीबाट प्लाष्टिक पूर्ण रुपले हटेको थिएन । तर हामीले यसको प्रयोग धेरै हदसम्म कम गर्न सफल थियौं । यसका लागि समय त धेरै लाग्यो । तर, यो खर्चिलो कुरा थिएन ।

हुन त अहिले पनि हाम्रो घरमा यस्तो सामान आइरहेको छ, जो प्लाष्टिकमा प्याकिङ भएको छ । जो प्लाष्टिकमा प्याक भएको थियो, त्यसमा खाने पिउने सामान बढी थयो ।

आज दश बर्षपछि हामी के निष्कर्षमा पुग्यौं भने, प्लाष्टिकमुक्त जीवन असंभव र अव्यवहारिक छ । यद्यपी परिवर्तन हुने क्रम छ । तमाम कम्पनीले यस्तो प्याकिङ लिएर आइरहेको छ, जो प्लाष्टिकमा बनेको छैन । पसलमा मानिसहरु झोला लिएर जान थालेका छन् । कफी र पानीको लागि यस्तो कप र बोत्तल प्रयोग हुँदैछ, जसलाई दोस्रो पटक प्रयोग गर्न सकिन्छ ।

अहिले यो असंभव नै होला । तर, अबको केही बर्षपछि हामी प्लाष्टिकमुक्त जीवन जिउन सक्नेछौं ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बिहे अगाडि सेक्स नगर्ने अडानका कारण ३५ वर्षकी युवती चर्चामा
  • २०७८ आश्विन २, शनिबार ०९:४३
  • In "जीवनशैली"
  • वकिल’साप, आई वान्ट जस्टिस !
  • २०७८ आश्विन २, शनिबार ०९:४३
  • In "नेपाली"
  • लक्ष्मीको जीवनशैली : मेकअप गरेर नहिँड्ने, ड्रेसअपमा औसत
  • २०७८ आश्विन २, शनिबार ०९:४३
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

खानेकुरामा मिसावट : कसरी थाहा पाउने ?

लुम्बिनीमा संविधान दिवस : प्रमुख विपक्षी एमालेलाई निम्तो नै दिइएन

चीनले नेपाली भुमि मिचेकाे विराेधमा लाेसपाकाे प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version