No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नमस्ते पे : ‘वाइम्याक्स’ र ‘मिट’ बन्नबाट जोगाउने चुनौती

नमस्ते पे : ‘वाइम्याक्स’ र ‘मिट’ बन्नबाट जोगाउने चुनौती

काठमाडौं । नेपाल टेलिकमले मंगलबार ‘नमस्ते पे’ मोबाइल वालेट सार्वजनिक गर्‍यो । यूसएसएसडी कोड र इन्टरनेटमा आधारित पहिलो ‘वालेट’ भएकाले प्रयोगकर्ता उत्साहित थिए, तर पहिलो गाँसमै दाँतमा ढुंगा लाग्यो ।

‘नमस्ते पे’को अफिसियल सामाजिक सञ्जालको पेजमा प्रयोगकर्ताले एप डाउनलोड गर्न नमिलेको, डाउनलोड भएपनि नखुलेको, भुक्तानी गर्ने अप्सन नभेटेको जस्ता गुनासो गरेका छन् ।

मनिष प्रधान, दशरथसिंह साउद र राहुलरतन दासले ‘एप डाउनलोड’ गर्न खोज्दा ‘गुगल प्ले स्टोर’ले ‘यो एप तपाईंको देशमा प्रयोगका लागि उपलब्ध छैन’ भनेको उल्लेख गरेका छन् ।

सुनिल यादवले ‘नमस्ते पे’ एप डाउनलोड भएपनि नखुलेको तथा सुरेश थापाले मोबाइलको ब्यालेन्स प्रयोग गरेर एप चलाएको तर, भुक्तानी गर्ने अप्सन नभेटिएको बताएका छन् ।

त्यस्तै, एप डाउनलोड गरेका जनक काफ्लेले रजिस्ट्रर गर्दा प्रयोगकर्ताको देशको नाम छनोट गर्ने अप्सन भेटेनन् । रजिष्ट्रर गर्दा भर्न अनिवार्य नगरिएका ‘फिल्ड’हरु पनि भर्नैपर्ने गरी देखाएको उनले बताए ।

त्यस्तै, प्रवेश तिमल्सिनाले एपमार्फत ब्यालेन्स ट्रान्सफर नहुने समस्या झेले । दीपककुमार श्रेष्ठले रजिस्ट्रर गर्दा आफ्नो ठेगाना बाग्मती प्रदेशभित्र सिन्धुली जिल्ला नै भेटेनन् ।

एपले काम नगरेर रजिस्ट्रर गर्न नसकेका ऋषिराज भेटवालले सञ्जालमा लेखेका छन्, ‘पूर्व तयारी विना लन्च गरेको देखिन्छ । हात्ती आयो फुस्सा ।’ ‘नमस्ते पे’मा अनेक समस्या झेलेपछि रुपनारायण ढकालले लेखेका छन्, ‘लक्षण राम्रो देखिएन । युजर फ्रेन्डलीको मान्यता पुरै नकारेको जस्तो भयो । ठूला संस्थाको फन्डिङमा भ्रष्टाचारको अर्को अखडा बन्ने डर भयो । टर्चरको अर्को नाम नमस्ते पे नबनोस्, सुधार गरौं ।’

टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ४० करोड रुपैयाँ चुक्ता पुँजी भएको सब्सिडरी कम्पनी ‘नेपाल पेमेन्ट कम्पनी’ नै खोलेर ‘नमस्ते–पे’ ल्याएको थियो ।
टेलिकमले ठूलो लगानीमा ल्याएको एप भएकाले यसमा विशिष्ट खालका सेवा हुने अपेक्षा थियो ।

तर सबै तयारी नसकी, सामान्य परीक्षणसमेत नगरी सेवा थालेको पाइएको छ ।

नमस्ते पेबाट अर्को वालेटमा रकम पठाउने, क्यूआर कोड पेमेन्ट गर्नेलगायत सुविधा छन् । बैंकबाट वालेटमा रकम जम्मा गर्न सकिने सुविधा केही बैंकका ग्राहकमा सीमित छ । नमस्ते पेमा अधिकांश बैंक ‘कनेक्ट’ हुनै बाँकी रहेको टेलिकमले जनाएको छ । अर्थात्, सबै तयारी नगरी वालेट सार्वजनिक गरियो ।

विगतमा नेपाल टेलिकमका धेरै सेवा बिजनेस मोडल नै विकास नगरी निश्चित समूहको स्वार्थ पूर्तिका लागि आएको नेपाल दूरसञ्चार प्राधिकरणमा वरिष्ठ निर्देशक रहिसकेका सूचना प्रविधिविज्ञ आनन्दराज खनालको मुल्यांकन छ ।

‘नमस्ते पेले पनि मोबाइल वालेटका रुपमा गज्जबको सेवा दिएर ग्राहक बटुल्छ भनेर विश्वस्त हुन सकिने आधार देखिएन,’ प्रविधिविज्ञ आनन्दराज खनाल भन्छन्, ‘यो काममा सफल नभए टेलिकमको ओर्लिंदो साख थप खस्किनेछ ।’

‘नमस्ते पे पनि त्यस्तै कुनै राजनीतिक वा आर्थिक उद्देश्य पूर्तिका लागि आएको होइन भनेर विश्वस्त हुने ठाउँ रहेन’, उनले अनलाइनखबरसँग भने, ‘कुनै स्वार्थपूर्तिको उद्देश्य थिएन भने त्यो कामबाटै देखिनुपर्थ्यो ।’

मोबाइल वालेटको सुरक्षा, विश्वसनीयता र सेवा प्रवाह बढी सम्वेदनशील हुने भएकाले सेवा प्रदायक यसमा चुके बिजनेस मोडल भएपनि असफल हुने खनाल बताउँछन् ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कायम परम्परागत सोच र कार्यशैली यो वालेट सञ्चालन र व्यवस्थापनमा देखिन लागेको बताउँदै उनले भने, ‘मोबाइल वालेट भनेको रियल टाइम कारोबारका लागि हो भन्ने बुझेर काम गरे मात्र यो प्रोजेक्ट सफल हुन्छ ।’

डिजिटल भुक्तानीमा एक सेकेन्डको पनि महत्व हुने भएकाले बढी सम्वेदनशील भएर सेवा दिनुपर्ने खनाल बताउँछन् । तर टेलिकमले विगतमा ल्याएका प्रविधि र सेवा जस्तैगरी नमस्ते पे पनि निष्प्रभावी हुने त होइन भन्ने आशंका छ ।

बेकामे भए ‘मिट’ र ‘वाइम्याक्स’

नेपाल टेलिकमले ४ माघ २०७२ मा आफ्नै सामाजिक सञ्जाल सार्वजनिक गरेको थियो । टेलिकमले आफ्ना सेवाहरुलाई एउटै सिस्टममा आवद्ध गराउने भन्दै युनिफाइड कम्युनिकेसन सिस्टम (यूसीएस)को अवधारणामा ‘मिट’ शुरु गरेको थियो । यो एपका लागि १० करोड २० लाख २४ हजार रुपैयाँ खर्चिएको थियो ।

तर सबै तयारी नसकी सार्वजनिक भएको ‘मिट’ नामको सामाजिक सञ्जाल बेकामको साबित भयो । अहिले यो अपवादबाहेक कसैले पनि प्रयोग गर्दैनन् ।

टेलिकमले फोरजीकै गतिमा चल्ने इन्टरनेट सेवा भन्दै २०६९ कात्तिक २७ गते थालेको ‘वाइम्याक्स’ पनि असफल भयो । ३० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग हुने २३०० ब्यान्डको वाइम्याक्स प्रविधिका चार वर्षमै असफल भयो । इन्टरनेटका लागि मात्र प्रयोग हुने यो प्रविधिको जडान खर्च महंगो भएकाले सबैको पहुँचमा पुग्न सकेन । टेलिकमले बजार प्रवर्द्धनमा पनि त्यति वास्ता गरेन ।

२०७३ चैतमा असफलताको प्राविधिक विश्लेषण समेत नगरी ‘वाइम्याक्स’ मा लगानी नथप्ने निर्णय लियो । नेपालमा २३०० ब्याण्डमा वाइम्याक्स असफल भएका बेला भारतमा भने त्यही ब्याण्डमा रिलायन्स जियोले फोरजी सेवामा ठूलो प्रभाव छाडेको थियो । त्यही ब्याण्ड र त्यो भन्दा ठूलो फ्रीक्वेन्सी पाएर पनि वाइम्याक्सलाई ग्राहकसम्म पुर्‍याउन चुक्यो ।

टेलिकमले २०७४ सालमै वाइम्याक्सलाई विस्थापित गर्ने गरी फोरजी र ‘फाइबर टु दि होम’ (एफटीटीएच) सेवा सुरु गर्‍यो । फोरजीमा मात्र टेलिकमले १९ अर्ब रुपैयाँ लगानी गर्‍यो ।

अहिले फोरजी र एफटीटीएच दुबैमा निजी सेवा प्रदायकभन्दा पछाडि छ । टेलिकमको फोरजी ग्राहक करिब ४८ लाख छन् भने एनसेलको ५१ लाख हाराहारी । त्यस्तै, टेलिकमको एफटीटीएच प्रयोगकर्ता ६ लाख हुँदा निजी सेवा प्रदायकहरुले ६५ लाख पुर्‍याएका छन् ।

दुबै खालका सेवाको गुणस्तरमा पनि टेलिकमभन्दा निजी सेवा प्रदायकहरु अब्बल ठहरिँदै आएका छन् ।

सूचना प्रविधिविज्ञ आनन्दराज खनाल टेलिकमले राम्रो बिजनेस मोडल नबनाई काम गरेर थुप्रै असफलता भोगेको बताउँछन् ।

‘नमस्ते पेले पनि मोबाइल वालेटका रुपमा गज्जबको सेवा दिएर ग्राहक बटुल्छ भनेर विश्वस्त हुन सकिने आधार देखिएन,’ प्रविधिविज्ञ खनाल भन्छन्, ‘यो काममा सफल नभए टेलिकमको ओर्लिंदो साख थप खस्किनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
कांग्रेस बीपीको सभापतिमा शेरचन

कांग्रेस बीपीको सभापतिमा शेरचन

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहरा मन्त्री बन्दै

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहरा मन्त्री बन्दै

संसदको अवरोध खुलाउन सत्ता पक्षले पहल गरेन : भीम रावल

संसदको अवरोध खुलाउन सत्ता पक्षले पहल गरेन : भीम रावल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...