• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदानप्रदान गर्न सहकार्यको प्रस्ताव


भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदानप्रदान गर्न सहकार्यको प्रस्ताव

सुनकोसी–३ र खिम्ती–शिवालयमा संयुक्त लगानी खोजिँदै
काठमाडौं । नेपालले भारतको बिहार राज्यसँग विद्युत् आदान–प्रदानका लागि आग्रह गरेको केही दिनमै बंगलादेशसँग पनि विद्युत् आदानप्रदान र व्यापारको प्रस्ताव गरेको छ । सोमबार सुरु भएको दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी) बैठकमा भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

भर्चुअल बैठकमा बंगलादेशले नेपालबाट तत्काल बिजुली दिन सक्ने–नसक्नेबारे सुनिश्चितता खोजेको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताए । ‘बैठकमा विशेषगरी नेपालको दुई सय मेगावाट बिजुली बंगलादेशलाई दिने र सुनकोसी–३ र खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा संयुक्त लगानी खोज्ने विषयमा छलफल भयो,’ उनले भने ।
गत शुक्रबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको बिहार राज्यसँग बर्खायाममा दुई सय मेगावाट विद्युत् लिन र हिउँदमा सोही परिमाणमा नेपाललाई उपलब्ध गराउन प्रस्ताव गरेका थिए । बर्खायाममा उत्पादित बिजुली बढी हुने र हिउँदमा माग धान्न नसक्ने भएका कारण नेपालले ‘इनर्जी एक्सचेन्ज’ का लागि बिहारसँग प्रस्ताव गरेको हो । सोही अवधारणामा बंगलादेशसँग पनि विद्युत् आदानप्रदानका लागि छलफल अघि बढेको हो ।

नेपालले बंगलादेशसँग विद्युत् व्यापारका लागि भारतको प्रसारणलाइन प्रयोग गर्नुपर्छ । विद्युत् व्यापार वा आदानप्रदानमा भारतको भूमि प्रयोग गर्नुपर्ने भएकाले त्रिदेशीय रूपमा छलफल र वार्ता गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ । बंगलादेशले चासो देखाउँदै आएको सुनकोसी–३ र खिम्ती–शिवालय जलाशययुक्त जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयमा पनि छलफल भएको छ । सुनकोसी–३ बाट ५ सय ३६ मेगावाट र खिम्ती–शिवालयबाट ६ सय मेगावाट विद्युत् उत्पादनको सम्भावना छ । नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कम्पनी अफ बंगलादेश (पीजीसीबी) को संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा लगानी कम्पनी खोलेर आयोजना विकास गर्न छलफल भएको भेटवालले बताए । यी दुवै आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन विद्युत् विकास विभागले गरिरहेको छ ।

‘बास्केटमा भएका आयोजना देखाएर कुन उपयुक्त हुन्छ, छलफल गरेर यी दुई आयोजना छानिएका हुन्, मंगलबार बस्ने सचिवस्तरीय बैठकले यसको अन्तिम टुंगो लगाउनेछ,’ भेटवालले भने, ‘४ सयदेखि ६ सय मेगावाटसम्म उत्पादन क्षमता भएका आयोजनामा बंगलादेशले लगानी गर्न खोजेको देखिन्छ ।’

यसअघि बंगलादेशले १ हजार १ सय १० मेगावाट विद्युत् उत्पादन क्षमताको सुनकोसी–२ मा पनि लगानी गर्न इच्छा देखाउँदै आएको थियो । यो आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) बाट ६० करोड रुपैयाँ ऋण लिएर विद्युत् विकास विभागले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारिसकेको छ । तर आयोजना विकासमा बंगलादेशले पछिल्लो समय कम चासो देखाएको बुझिएको छ ।

मंगलबार पनि चल्ने उच्चस्तरीय बैठकमा ९ सय मेगावाट उत्पादन क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बंगलादेश पठाउने विषयमा पनि छलफल हुनेछ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन गर्न नसकेको भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले पनि बंगलादेशमा विद्युत् बेच्न प्रारम्भिक सहमति गरिसकेको बताउँदै आएको छ । ५ सय मेगावाट विद्युत् बंगलादेशलाई बेच्ने भन्दै आएको जीएमआरले वित्तीय व्यवस्थापनका लागि दुई पटक समय थप्दा पनि लगानी जुटाउन सकेको छैन । जीएमआरले तेस्रोपटक म्याद थप्न लगानी बोर्डको कार्यालयमा निवेदन दिएको छ ।

२०७१ मंसिरमा काठमाडौंमा आयोजित १८ औं सार्क सम्मेलनका क्रममा बंगलादेशले क्षेत्रीय रूपमा विद्युत् व्यापार तथा सहकार्यका लागि प्रस्ताव राखेको थियो । उक्त प्रस्तावपछि ‘सार्क फ्रेमवर्क एग्रिमेन्ट फर इनर्जी कोअपरेसन’ को अवधारणाअनुसार बंगलादेशले नेपाललगायत छिमेकी मुलुकसँग ऊर्जा क्षेत्रमा सहकार्य गरिरहेको छ । त्यसयता सन् २०१६ मा ढाकामा आयोजित ‘दक्षिण एसिया आर्थिक सम्मेलन’ का क्रममा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न प्रारम्भिक सम्झौता भएको थियो ।

सन् २०१८ अगस्टमा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदबीच भएको उक्त सम्झौतापछि ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यको बाटो खुलेको हो । सम्झौतापछि दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरीय संयुक्त प्राविधिक कार्यदल गठन भएको थियो । कार्यकारिणी समितिको यो तेस्रो बैठक हो । बैठकपछि सहमति जुटेका विषयमा मंगलबार हस्ताक्षर गरिने मन्त्रालयले जनाएको छ । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बंगलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर
  • २०७८ भाद्र ३०, बुधबार १३:३२
  • In "BannerNews"
  • भारतको विद्युत व्यापार नीति : नेपालमा चिनियाँ लगानी रोकिने डर
  • २०७८ भाद्र ३०, बुधबार १३:३२
  • In "देश"
  • बुटवल-गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन बनाउन लगानी सम्झौता
  • २०७८ भाद्र ३०, बुधबार १३:३२
  • In "लुम्बिनी प्रदेश"
Tags: #आर्थिक#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post

चीनसंगकाे सीमा विवाद अध्ययनका लागि तातिए देउवा, ओलीकाे ढाकछाेप

अफगानी शरणार्थीहरुद्वारा तालिबान र पाकिस्तानविरुद्ध दिल्लीमा प्रदर्शन

एमसीसी बारे चीनलाई वास्ता छैन भने स्वघोषित दास बनेर किन वास्ता गर्ने ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version