• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनसंगकाे सीमा विवाद अध्ययनका लागि तातिए देउवा, ओलीकाे ढाकछाेप


चीनसंगकाे सीमा विवाद अध्ययनका लागि तातिए देउवा, ओलीकाे ढाकछाेप

काठमाडौं । चीनले नेपाली भूमि मिचेकाे खबर पाएपछि देउवा सरकारले एक सरकारी टाेली गठन गरि अध्ययन प्रतिवेदनका लागि पठाएकाे छ । सीमा अध्ययनका लागि टाेली खटिएपछि चीनकाे ध्यान तानिएकाे श्राेतले जनाएकाे छ ।

चीनले हुम्लाको नाम्खा गाउँपालिकाकाे लाप्चामा एकलौटी रुपमा भवन बनाए पनि तत्कालीन ओली सरकारले जमिन नमिचेको भन्दै चीनलाई उन्मुक्ति दिएको थियो । तर कांग्रेस नेता जीवनबहादुर शाहीले आफै स्थलगत अध्ययन गरेर सरकारले ढाकछोप गरेको यथार्थ बाहिर ल्याएका थिए । यथार्थ बाहिर आएपछि शेर बहादुर देउवा सरकार एक्सनमा आएकाे छ ।

सरकारले एक इन्च पनि भूमि नछोड्ने नीतिअनुसार गृह मन्त्रालयको सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गठन गरेकाे सरकारी टोली अतिक्रमित सीमा क्षेत्रमा पुगेको छ । हुम्लाको लाप्चामा नेपाली भूमिमा चीनले ठुलाे भवन बनाएको घटनाकाे नेपाली सरकारी टोलीले अध्ययन थालेको छ ।

यसै स्थानमा अघिल्लो वर्ष विवाद आएको थियो । विवाद उठ्ने तर तत्कालिन सरकार उदासिन देखिएपछि स्थलगत अध्ययनका लागि हुम्लाकाे साे क्षेत्र पुगेका कांग्रेस नेता शाहीले जिल्लाकाे विभिन्न ८ ठाउँमा सीमा गडबड रहेको तथ्य बाहिर ल्याएका थिए ।

कांग्रेस नेता शाहीको प्रतिवेदनका आधारमा देउवा सरकारले छानविन समिति पठाएको हो । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चा गएको हो ।

लाप्चाबाट पैदल हिँडेर टोलीले पाँच हजार मिटर अग्लो स्थानमा रहेका सीमा स्तम्भहरूको स्थलगत अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चासँगै रहेको लोलुङ जोङमा भौतिक संरचना बनाएको र ती संरचना नेपाली भूमिको रहेको भन्दै नेपाल सरकारले सीमा अध्ययन टोली गठन गरेको थियो ।

लाप्चामै चीनले एकतर्फी रुपमा १२ नम्बर पिलर पुनर्निर्माण गरेको र टोलीले सम्भव भएसम्म हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भहरु पुग्ने जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सीमास्तम्भ नम्बर १२ पर्छन् । सीमास्तम्भ नम्बर ५ (१) र (२), ६ (१) र (२), ७ (१) र (२), ८ (१) र (२), ९ (१) र (२), नाम्खा– ५ को हिल्सा र किट क्षेत्रमा पर्छन् ।

त्यस्तै, नाम्खा– ५ कै यारीभित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङमा ३ नम्बर सीमास्तम्म ठाउँको नुमुच्चैमा ४ नम्बर सीमास्तम्भ रहेको छ ।

समितिमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हुम्लाको विवादित नाम्खा गाउँपालिकाको लिमी-लाप्चा क्षेत्रबाट अवलोकन सुरु
  • २०७८ भाद्र ३१, बिहीबार ०८:५८
  • In "देश"
  • चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारी टोली जाँदा प्रचण्डलाई टेन्सन
  • २०७८ भाद्र ३१, बिहीबार ०८:५८
  • In "कर्णाली प्रदेश"
  • चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति
  • २०७८ भाद्र ३१, बिहीबार ०८:५८
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अफगानी शरणार्थीहरुद्वारा तालिबान र पाकिस्तानविरुद्ध दिल्लीमा प्रदर्शन

एमसीसी बारे चीनलाई वास्ता छैन भने स्वघोषित दास बनेर किन वास्ता गर्ने ?

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version