• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी


एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन् ।

नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन् ।

आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओलीलगायत सबै दलका प्रमुखसँग छलफल गरेकी थिइन् । यही क्रममा एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी लिएको संस्था एमसिएका पदाधिकारीसँगको छलफलमा सुमारले नेपाली नेताहरूले अमेरिकालाई खेलाचीका रूपमा लिएको भन्दै आक्रोश पोखिन् ।

उक्त छलफलमा सहभागी एक अधिकारीका अनुसार करिब आधा घण्टा धाराप्रवाह बोलेकी सुमारले एमसिसी अनुदान अस्वीकार गरे नेपालले आगामी दिनमा वैदेशिक ऋण र अनुदान प्राप्तिमा समस्या भोग्नुपर्ने चेतावनी दिएकी थिइन् । ‘नेपालले अहिलेसम्म कसरी र कुन स्रोतबाट वैदेशिक सहयोग लिएको छ,’ प्रश्न गर्दै सुमारले भनिन्, ‘कुल वैदेशिक सहयोगको ६० प्रतिशतभन्दा धेरै हिस्सामा प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव पार्न सक्ने हैसियत अमेरिकासँग छ ।’

उपाध्यक्ष सुमारले विश्व बैंक र अमेरिकाको सम्बन्ध के हो, एसियाली विकास बैंकलगायत अन्य दातृ निकाय र संस्थामा अमेरिकाको पहुँच कस्तो छ भन्दै अमेरिकाले चाहे नेपालले लिँदै आएका अधिकांश सहयोगमा तत्कालै प्रभाव पार्न सक्ने बताइन् ।

ती अधिकारीका अनुसार एमसिसी कम्प्याक्टमा समावेश हुन, आयोजना छनोट गरेर अनुदान स्वीकार गर्न र सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई अमेरिकाले दबाब दिएको हो र भन्दै सुमारले आफैंले माग्ने, आयोजना छनोट आफैंले गर्ने तर अहिले कार्यान्वयनका बेला राजनीति गरेको आरोप लगाइन् ।सुमारले घुमाउरो किसिमले एमसिसीको विरोधमा चिनियाँ लबिडले काम गरेको र नेपालका वामपन्थी नेताहरू पनि त्यसैमा लागेको आरोप लगाएकी थिइन् ।

उपाध्यक्ष सुमारले विवादमा भूमिका खेल्न नसकेको भन्दै एमसिए नेपालका पदाधिकारीप्रति पनि असन्तोष व्यक्त गरेकी थिइन् । ‘एमसिसीका बारेमा विरोधीहरूले नचाहिँदो हल्ला फैलाएपछि त्यसलाई चिर्ने पहिलो काम तपाईंहरू (एमसिएका पदाधिकारी) को हो’, सुमारले भनिन्, ‘तर कसैले पनि आफ्नो भूमिका निर्वाह गरेको देखिएन ।’

ती अधिकारीले सुमारको आक्रोशलाई हेर्दा राजनीतिक दलका नेतालाई पनि चर्को दबाब दिएको अनुमान गरे । नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देउवाको एक किकले ढल्दै वामपन्थी कम्युनिस्टको राष्ट्रियता
  • २०७८ भाद्र २९, मंगलवार १६:४४
  • In "देश"
  • एमिसिका कारण नेपालका दलहरु ध्रुविक्रित
  • २०७८ भाद्र २९, मंगलवार १६:४४
  • In "BannerNews"
  • संसद्को अधिवेशन अन्त्य भएकोमा एमसीसी कार्यालयको असन्तुष्टि
  • २०७८ भाद्र २९, मंगलवार १६:४४
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ, रिहा नगरे आगो बाल्ने चेतावनी

दुई वर्षदेखि चीनतर्फको नाका बन्द हुँदा हिमालि जिल्लाबासी मर्कामा

भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदानप्रदान गर्न सहकार्यको प्रस्ताव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version