• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमसीसीको विरोध गरेर राष्ट्रवादी बन्ने होडमा कम्युनिस्ट दल , आन्तरिक मिलोमतो


एमसीसीको विरोध गरेर राष्ट्रवादी बन्ने होडमा कम्युनिस्ट दल , आन्तरिक मिलोमतो

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोध गरेर राष्ट्रवादी बन्ने होड चलिरहेको छ । यसमा नेकपा माओवादी केन्द्र अंग्रपंक्तिमा छ । माओवादी अध्यक्षसँग क्यामेस्ट्री मिलेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि एमसीसीको विपक्षमा छन् । एमसीसीलाई राजनीतिमा गिजोलेका छन् । राष्ट्रघाती भन्दै राष्ट्रवादको भर्याङ बनाएका छन् ।

तर हामीले इतिहास बिर्सनु हुँदैन् । अहिले जसजसले एमसीसीको विरोध गरिरहेका छन् वा राष्ट्रघाती भनिरहेका छन् हिजो तिनीहरु नै एमसीसी नेपालमा ल्याउन मुख्य भूमिका खेल्ने पात्र थिए ।

एमसीसीबारे नेपालमा पहिलो पटक बाबुराम भट्टराई (अहिले जसपा नेता) प्रधानमन्त्री हुँदा २०६८ साल माघ ५ गते प्रक्रिया सुरु भएको थियो । त्यतिबेला माओवादी नेता वर्षमान पुन अर्थमन्त्री थिए । यो बीचमा एमसीसीको सम्झौताका लागि विभिन्न अध्ययन भए ।

जब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भए २०७४ जेठ १८ गते । अर्थमन्त्री थिए कृष्णबहादुर महरा । यी दुबैको पालामा एमसीसीले गति लियो । प्रथम वार्ता कमिटी गठन भयो । यो नै एमसीसी नेपाल आउने टर्निङ प्वाइन्ट बन्यो ।

दुर्भाग्य सम्झौता गर्ने बेला प्रचण्ड प्रधानमन्त्री रहेनन् । आलोपालो प्रणालीअन्तर्गत नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री बने । अर्थमन्त्री थिए ज्ञानेन्द्रबहादुर कार्की । प्रचण्डको पालामा सबै अध्ययन सकेर देउवाको पालामा सम्झौता भयो । २०७४ भदौ २९ गते अर्थमन्त्री कार्कीले न्युयोर्कमा सम्झौता गरे ।

एमसीसीमा हेर्ने हो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुनै ठूलो भूमिका छैन । ओलीले त एमसीसीलाई संसदबाट पारित गराएर मजबुत विकास गर्ने सोचेका थिए । तर जसले सम्झौता ल्याउन महत्वपूर्ण भूमिका निभाए उनीहरुले नै विदेशीको स्वार्थ र आफ्नो राजनीतिक दाउपेचमा एमसीसीमा भाँझो हाले । खासगरी एमसीसी ल्याउन निर्णायक तत्कालीन अर्थमन्त्री महरा पछि सभामुख भएर पास गर्न असहयोग गरे । चीनका खास मानिने महराले यौनकाण्डमा मुछिएर सभामुख पद नगुमाउँदासम्म अत्तो थापिरहे । यसमा प्रचण्डको भूमिका रह्यो ।

अहिले भने यिनै पात्रहरु एमसीसी विरोध गरेर राष्ट्रवादी बन्दैछन् । ओली जसको कुनै भूमिका नै थिएन उनलाई आक्षेप लगाएर राजनीति गरिरहेका छन् ।

माओवादीको यस्तो दोहोरो चरित्रलाई जसपाका प्रवक्ता एवं बाबुराम निकट नेता, विश्लेषक डम्बर खतिवडाले सामाजिक सञ्जाल फेसबुकबाटै पर्दाफास गरेका छन् । माओवादी कमरेडहरुले एमसीसी विरोध गरेर राष्ट्रवादी बन्नुअघि यी तथ्यहरु हेर्नुपर्ने उनको सुझाव छ । ’आफूले गरेको कामको खुलेआम जस लिनुको साटो हल्लाबाट डराउने र पन्छिने माओवादी तरिका शुतुरमुर्गी प्रवृति मात्रै हो,’ खतिवडाले भनेका छन् ।

उनले एमसीसीमा ओली संयोगिक पात्र मात्रै भएको र यो प्रक्रियामा उनको खासै भूमिका र योगदान नभएको उल्लेख गरेका छन् । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतीय नेता चौथाईवालेलाई भेट्न् माओवादी नेताहरु होटेल धाउदै
  • २०७८ भाद्र २८, सोमबार १०:०७
  • In "देश"
  • नयाँ बानेश्वर क्षेत्रमा झडप
  • २०७८ भाद्र २८, सोमबार १०:०७
  • In "BannerNews"
  • विकास परियोजना बिरुद्ध नेपाल बन्द
  • २०७८ भाद्र २८, सोमबार १०:०७
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

नेपालको सान , कर्णालीको स्याउ बजारमा आएपछि भारत र चीनको स्याउको बिक्री ठप्प

सांसद गंगा चौधरीको जीवनलिला : श्रीमानलाई पिए बनाएर ‘सौता’लाई दास बनाएको खुलाशा !

१ बर्ष अघि आमाको मृत्युको बदला ६ जनाको हत्या गरेर लिए लोकबहादुरले ! यहाँ बाट सुरु भएको रहेछ रिसिबी पुरा पढ्नुहोस.

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version