• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजार न्यायिक समितिको बढ्दो अत्याचार, निमुखा दलितलाई गरे उठिबास


गोलबजार न्यायिक समितिको बढ्दो अत्याचार, निमुखा दलितलाई गरे उठिबास

नेपाल एक्सन समाचारदाता, सिरहा
२७ भाद्र, २०७८
सिरहाको गोलबजार नगरपालिकाको न्यायिक समितिले एकजना निमुखा दलित परिवारमाथि अत्याचार गरी उठिबास बनाएको घटना बाहिर आएको छ । गोलबजार नगरपालिका वार्ड नं ४ निपनियाँ बस्ने ललिता देवी रामको नाउँमा रहेको किता नं ३८२८को १६ धुर घडेरी बिनाप्रमाण बलजफ्ती गोलबजार नपा उपप्रमुख तथा न्यायिक समितिका संयोजक रेशम कुमार थापाले रोक्का गराईदिएपछि राम परिवार विचल्लीमा परेका छन् । उनको नाउँमा रहेको १६ धुर जग्गा मध्ये ८ धुर धर्मशालाको लागि नदिएको भन्दैै नपाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक थापाले तानाशाहीशैलीले एकपक्षीय ढंगबाट जग्गाधनीलाई समेत जानकारी नै नगराई मालपोत कार्यालय लहानंलाई पत्र लेखी जग्गा रोक्का गराएकोप्रति निराशा र उठिबास गराएको पीडित ललितादेवीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराए । पीडित ललितादेवीले विज्ञप्तिमा मार्फत भनिएको छ,
हरेक नागरिकले क्षेत्राधिकार भित्रको न्याय सहज किसिमले पाउनको लागि प्रत्येक स्थानीय तहमा उपप्रमुख÷ उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति रहेको छ । तर न्यायिक समिति नै अन्याय, घृणित तथा अत्याचारमा उत्रेपछि नागरिकले त्यस्तो न्यायिक समितिबाट के अपेक्षा गर्न सक्छ….रु ठीक यस्तै अन्याय र अत्याचारमा उत्रेको छ, गोलबजार नगरपालिकाको उपप्रमुख रेशम कुमारी थापा नेतृत्वको न्यायिक समिति…..।
गोलबजार नगरपालिकाको न्यायिक समितिले गाउँका केही जनाको उक्साहटमा एकतर्फी बिनाप्रमाणको आधारमा र उसको पार्टीको समर्थक÷भोटर नभएकै कारण गोलबजार नगरपालिका वडा नं ४ निवासी म ललितादेवी रामको निजी जग्गा लालपुर्जा लगायत सबै प्रमाण दुरुस्त रहेको र अरु कसैको हकसमेत नलाग्ने किता नं ३८२८ को १६ धुर घडेरी मध्ये ८ धुर धर्मशालाको नाउँमा बलजफ्ती दान गर्न बाध्य पार्नको लागि गोलबजार नगरपालिकाकी उपप्रमुख समेत रहेकी न्यायिक समितिका संयोजक रेशम कुमारी थापाले आफुलाई कुनै जानकारी नै नगराई बिनाप्रमाणको आधारमा एकतर्फी अन्यायपूर्ण तरिकाले मालपोत कार्यालय लहानलाई पत्र लेखी साउन २० गते जग्गा नै रोक्का गराइदिएको छ ।
अन्य कामले मालपोत कार्यालय लहान जाँदा मात्र जग्गा रोक्का भएको जानकारी पाएको छु । अर्को दिन नपाको न्यायिक समितिको कार्यालयमा गई किन मेरो जग्गा रोक्का गराउनु भएको भन्दा संयोजक थापाले तिम्रो बाउबाजेले नै धर्मशालाको लागि ८ धुर जग्गा दिने भनी भनेको थियो तर तिमीले दिन नमानेपछि रोक्का गराइदिएको भने । मेरो बाउबाजेले धर्मशालाकोे लागि दिने भने कुरा आफूलाई केही जानकारी नभएको र बाउबाजे जीवित छँदा नै किन लिनु भएन भन्दा उल्टै न्यायिक समिति र वडा नम्बर ४ का वडा सदस्यहरुले अपशब्द गाली बेज्जत गरी मलाई बाहिर निकालि दियो । अन्त्यमा भाद्र ८ गते छलफलको समय तोकियो र छलफलले संयोजक रेशम कुमारी थापाले नै उसको जग्गा छ दिने नदिने उसको इच्छाको कुरा छ दिने हैन भने ९ गते बिहान ११ बजे फुकुवा चिठ्ठी लिएर जानु भनेर निर्णय भयो । भएकै निर्णय बमोजिम ९ गते फुकुवा लिन जाँदा उल्टै ४ नम्बर वडाकी वडासदस्य गंगा क्याप्छाकी, संजीव महरा,उपप्रमुखको स्वकीय सचिव समेत रहेको चेत बहादुर थापा लगायतले बलजफ्ती तिमीले जग्गा दिनैपर्छ भन्दै अपशब्द गालीगलोज र कार्यालयबाट समेत निकाली दिएपछि आफू उठिबास भईसकेकोे छु । मेयर देवनाथ साह निर जाँदा उल्टै धम्काउँदै ताकत छ भन्ने मुद्दा लडन जा भनेपछि निकै निराश भएर पत्रकारहरूको शरण आएको छु ।
दैनक मजदूरी छोडी महिनौँ भन्दा बढी दिनदेखि नगरपालिका धाउँदा धाउँदै हैरान भइसकेको छु । आफूलाई उनीहरुले खिल्ली उडाउने काम समेत गरिरहेकोले न्यायको पहल गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । श्रीमान् लामो समयदेखि यसै चक्करमा लागेर दैनिक ज्यालादारी समेत गर्न नपाइरहेकोले घरपरिवार चलाउन समस्या भएको छ । नपाले नै केही महिना पहिले मेरो त्यहि घडेरीमा एउटा साइनबोर्ड झुन्ड्याएर कब्जा गरिसकेको छु पनि भन्दै आएको छ । किनकि म उसको समर्थक÷भोटर छैन । त्यसैले नपाको न्यायिक समिति हैन अन्यायिक समिति हो । नगरपालिकाले बेकारको दुख दिएर आज मेरो घर परिवार उठीबास भएकोले न्यायको पहल गरिदिनुहुन अनुरोध छ ।

यता यस सम्बन्धमा न्यायिक समितिका संयोजक रेशम कुमारी थापासँग प्रतिक्रिया लिँदा गाउँलेको निवेदनको आधारमा रोक्का गरेको बताइन् । गाउँलेले भनेपछि जागा रोक्का गर्नुपर्यो नि भनेर गैरजिम्मेवारी ढंगले सोको जवाफ दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी वडा अध्यक्ष रामपुकार कामती : संर्घष समिति
  • २०७८ भाद्र २७, आईतवार २०:४३
  • In "देश"
  • मिटरब्याजी साहको बदमासी : ऋण तिरेपनि जग्गा बेचे, सहनी परिवारको उठिबास
  • २०७८ भाद्र २७, आईतवार २०:४३
  • In "आर्थिक"
  • गोलबजार नगर विकासको लागि कुनै कसर बाँकी नराख्नेः नवनियुक्त मंत्री श्रेष्ठ
  • २०७८ भाद्र २७, आईतवार २०:४३
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

बिजुलीको बजार खोज्दै प्राधिकरणको टोली भारत पुग्याे

एमसीसीको विरोध गरेर राष्ट्रवादी बन्ने होडमा कम्युनिस्ट दल , आन्तरिक मिलोमतो

नेपालको सान , कर्णालीको स्याउ बजारमा आएपछि भारत र चीनको स्याउको बिक्री ठप्प

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version