No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संसदमा बोल्न किन डराउँछन् सांसद ?


संसदमा बोल्न किन डराउँछन् सांसद ?

संसारभरका संसदका मुख्यतः चार वटा काम छन्, हुन्छन्— कानून बनाउने, बजेट पारित गर्ने, जनताको मनको आवाज बोल्ने र सरकार निर्माण, अनुगमन र खबरदारी गर्ने । यसले देखाउँछ– संसद र सांसद भनेको अत्यन्त महत्वपूर्ण जिम्मेवारी भएका निकाय र व्यक्ति हुन् । यस्तो महत्वपूर्ण जिम्मेवारी तोकिएका निकाय र व्यक्तिहरूले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा विवादै छैन । जुन जिम्मेवारी तोकिएको त त्यसलाई शतप्रतिशत पूरा गर्नुपर्छ ।

तर, हाम्रो संसदको अभ्यास १०/१५ वर्षदेखि भित्रै बसेर र त्योभन्दा अगाडिदेखि पनि निरन्तर हेरिराखेको छु । समग्रमा भन्दा म आफूलाई हाम्रोमा सांसदको भूमिकाबाट बिल्कुलै सन्तुष्ट पाउँदिनँ । सैद्धान्तिक रूपमा हामी जे भन्छौं, संसदले जे काम गर्ने हो भन्छौं, सांसदले जे काम गर्ने हो भन्छौं व्यवहारमा त्यो काम भएको छैन ।

पहिलो– सांसदहरू नीतिनिर्माता हुन् । स्वाभाविक रूपमा नीति संसदबाट अनुमोदन हुनुपर्छ, यसमा विवाद छैन । कानून निर्माता भन्यो, कानून संसदबाट पास हुनुपर्छ भन्नेमा पनि विवाद छैन । तर, कानून निर्माणको सन्दर्भमा संसदले कत्तिको प्रभावकारी भूमिका निर्वाह गर्दछ ? कानून निर्माणमा सांसदहरूको भूमिका अनुमोदन गर्ने मात्रै भयो । हात उठाउने, समर्थन जनाउने, टेबुल ठोकेर समर्थन जनाउने काम मात्रै भयो ।

कतिपय सांसदलाई विषयवस्तुको ज्ञान हुन्न, ज्ञान हुनेहरू पनि सरकारमा जान पाइँदैन कि, राम्रो समिति पो नदेलान् कि भन्ने डरले संसदमा खुलस्त बोल्दैनन् । यसरी सांसद खुम्चिनु भनेको संसद खुम्चिनु, संविधान खुम्चिनु र प्रकारान्तरले लोकतन्त्र खुम्चिनु हो ।

संसदीय प्रणालीमा संसदमा कानूनको मस्यौदा प्रस्तुत गर्ने काम सरकारले गर्छ । तर, संविधानले सांसदहरूलाई पनि गैरसरकारी विधेयक दर्ता गर्न सक्ने अधिकार दिएको छ । हरेक सांसदले व्यक्तिगत र सामूहिक रूपमा समेत यो काम गर्न सक्छन् । अर्थ र सुरक्षासँग सम्बन्धित विधेयक चाहिं सरकारले मात्रै पेश गर्ने हो । यसमा गैरसरकारी विधेयक ल्याउन पाइँदैन । बाँकी विषयमा सांसदले गैरसरकारी विधेयक ल्याउन सक्छन् ।

तर, नेपालको संसदीय इतिहासमा जम्माजम्मी तीन वटा मात्रै गैरसरकारी विधेयक आएका छन् । कानून सरकारले ल्याउने हो हामीले यताउति गरे पुग्छ भन्ने सांसदहरूको मानसिकता छ, त्यो गलत छ ।

दोस्रो– बजेटको विषयमा । संसदले बजेट ल्याउनुभन्दा अगाडि सैद्धान्तिक छलफल गर्नुपर्छ । बजेटका सिद्धान्त र प्राथमिकता बारेमा बजेट ल्याउनुभन्दा अगाडि गहन छलफल हुनुपर्छ । सरकारलाई ‘स्ट्रिक’ निर्देशन दिनसक्ने हो भने त्योभन्दा बाहिरबाट बजेट आउँदैन ।

यसकारण बजेट निर्माण सांसदको काम हो । तर, व्यवहारमा सांसदहरूले बजेट कहाँ बन्छ भन्ने भेउ पनि पाउँदैनन् । बजेटमा कमा, फुलिस्टप पनि परिवर्तन गर्न सकिंदैन भन्ने मानसिकताबाट हाम्रा सांसदहरू गुज्रिएका छन् । यहाँ पनि सांसदहरूको भूमिकामा सन्तुष्ट हुने ठाउँ छैन ।

तेस्रो– सरकारको कामको खबरदारी गर्ने विषयमा पनि सांसदहरूको भूमिकामाथि प्रश्न छ । जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेर, संकल्प प्रस्ताव प्रस्तुत गरेर यस्ता कार्य गर्न सकिन्छ । नेपालको संसदीय इतिहासमा अन्तरिम संसद भएको बेलामा म आफैं त्यो संसदमा थिएँ ।

त्यो बेला राजा गइसकेका थिएनन् । राजा नजाँदै गणतन्त्रको घोषणा गर्नुपर्छ भनेर जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका थियौं । त्यसलाई पास गर्दै संसदले सरकारलाई निर्देशन नै दियो । यस्ता विषयले सरकारलाई आफूखुशी चल्नबाट रोक्ने काम गर्छ । त्यस्ता काम पनि हाम्रो संसदमा धेरै भएका छैनन् ।

चौथो– जनताका प्रतिनिधिले संसदमा जनताको आवाज बोल्ने । अरू कसैको कोट गरेर, अरू कसैको हेरेर, लेखेर संसदमा बोल्ने होइन । पहिला पहिला नियमावलीमा लेखिएको हुन्थ्यो– लेखिएको कागज हेरेर संसदमा बोल्न पाइँदैन । यो भन्नुको अर्थ छ– सांसदले जनताको प्रतिनिधित्व गर्छन् । जनताको प्रतिनिधित्व गर्ने कुरा सांसदले आफैं बोलेर व्यक्त गर्न सक्नुपर्छ । लेखेर वाचन गर्ने होइन ।

२०१६ सालमा तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईबाट संसदमा लेखेर पढ्न नपाइने रुलिङ नै भएको थियो । त्यो रुलिङको अर्थ हो– संसद बहस गर्ने ठाउँ हो । बहस छलफलमा लेखेको हेरेर पढ्ने होइन । रुलिङपछि यो विषय नियमावलीमा नै आयो ।

यसैगरी संसदमा सांसदहरूले पालना गर्नुपर्ने आचारसंहितामा पत्रपत्रिका पढ्न नहुने, संसदमा एजेण्डाको विषयमा बाहेक अरू पढ्न नहुने, चुरोट, खैनी, गुट्खा जस्ता चिज खान नहुने, सभामुख र अरूका आसनको बीचबाट हिंड्न नहुने, अरू बोलिरहेको बेलामा बोल्न नहुने भन्ने राखियो । अहिले पनि छ यो आचारसंहिता ।

तर, आचारसंहिता पालनामा कमी देखिन्छ । अहिले त प्रत्यक्ष प्रसारण हुन्छ, सांसदका गतिविधि जनताले पनि हेरिरहेका हुन्छन् । सांसदहरू लेखेको हेरेर पढ्दा पनि शब्द चपाइरहेका हुन्छन् । शब्द दोहोर्‍याई, दोहोर्‍याई वाचन गरिरहेका हुन्छन् । सभासद जनताको प्रतिनिधि हो । जनताको भाषा जस्ताको तस्तैै त्यही भाषामा बोल्दा हुन्थ्यो नि !

जनताको भाषामा बोल्ने कुरातिर सांसदहरूको रुचि देखिंदैन । अरू कसैले चिटिक्क पारेर लेखिदिएको कुरा वाचन गरेर आफूलाई ‘अपग्रेड’ गर्ने कोशिश भइरहेको देखिन्छ । जबकि अरूले लेखिदिएको वाचन गर्दा त आफ्नै ‘हाइट’ घटिरहेको हुन्छ । लेखिदिएको कुरा न बुझ्या हुन्छ, न राम्रोसँग वाचन गर्न सकेको छ, न राम्रोसँग त्यसलाई अभिव्यक्त गर्न सकेको छ । लेखिएको के हो ? लेख्नेले के लेखिदियो ? बोल्नेले के बोले भन्ने कुराको भेउ पनि नपाउने स्थिति छ । यसरी संसदको गुणस्तर यति खस्केर गयो कि यसले संसदको महत्वलाई नै कमजोर बनाइरहेको छ ।

जनता सार्वभौमसत्ता सम्पन्न हुन् । यो सार्वभौमसत्ताको प्रतिनिधित्व गर्ने थलो हो संसद । दुई तिहाइ भयो भने संसदले संविधान पनि संशोधन गर्न सक्छ । महत्वपूर्ण सन्धि सम्झौताहरू अनुमोदन गर्ने काम संसदले नै गर्छ । नीतिनिर्माण गर्ने काम यसले गर्छ । कानून बनाउने काम यसले गर्छ । बजेट बनाउने काम यसले गर्छ । राज्यशक्तिको प्रयोग कार्यकारीले गर्छ । तर, त्यो राज्यशक्तिको प्रयोग गर्ने कार्यकारीलाई अनुगमन गर्ने, खबरदारी गर्ने निकाय संसद हो । तर, सांसदका कतिपय व्यवहार र प्रस्तुतिले यति महत्वको विषयलाई हल्का बनाइदिएको छ ।

सांसदहरूको क्रियाशीलता उनीहरूको उपस्थितिमा पनि झल्किन्छ । यसमा पनि समस्या देखिन्छ । संविधानमा नै लगातार १० पटक बैठकहरूमा अनुपस्थित भएमा सांसदको पद खारेज हुन्छ । प्रक्रिया आफ्नो ठाउँमा छ । संसदीय विषयगत समितिहरूमा पनि आफ्ना आन्तरिक कार्यविधि हुने भए । संसदीय समितिहरू ‘मिनी पार्लियामेन्ट’ भएका कारण त्यहाँ संसदकै नियमहरू लागू हुन्छन् ।

त्यसैले संसदमा सभामुखलाई सम्बोधन गरेर बोले जस्तै संसदीय समितिमा सभापतिलाई सम्बोधन गरेर बोल्ने हो । तर, म संसदीय समितिमा देख्छु– संसदीय समितिमा सभापतिलाई, माननीयज्यूहरू, कर्मचारी साथीहरू, सुरक्षाकर्मी साथीहरू, पत्रकारज्यूहरू भनेर सम्बोधन गरिरहेका हुन्छन् ।

यो संसदीय मर्यादा बाहिरको काम हो । संसदमा एक सांसद र अर्को सांसदका बीच जुहारी गर्न पनि पाइँदैन । किनभने हरेक कुरा सभापति मार्फत, सभामुख मार्फत भन्ने हो, सुनाउने हो । बैठकमा बसेका मान्छेलाई मात्रै सुनाउने होइन, जनतालाई सुनाउने हो । ‘कर्मचारी साथीहरू’, ‘सुरक्षाकर्मी साथीहरू’ भन्ने दृश्यले सांसदको गुणस्तरमा गम्भीर समस्या छन् भन्ने देखाउँछ ।

‘प्रणालीको डिफेक्ट’

यसका केही कारण छन् । पहिलो– ‘पार्लियामेन्ट्री सिस्टम’ को ‘डिफेक्ट’ हो । संसदमा बहुमत प्राप्त गर्ने दलको सरकार हुन्छ । सरकार भनेकै संसदमा बहुमत हो । बहुमत सांसद कमाण्ड गरेको सरकारले संसदलाई टेर्दैन, नटेर्ने बानी छ ।

सांसदहरू मेरै पार्टीको सरकार छ भनेपछि आफ्नो सरकारको विरुद्धमा नलाग्न खोज्छन् । आफ्नै सरकारको विरुद्धमा नबोल्न खोज्छन् । तर, यो गलत हो । आफ्नै मन्त्रीलाई, आफ्नै सरकारलाई सही ट्रयाकमा ल्याउन सरकारलाई भन्न चाहेको कुरा, भन्न नसकिरहेको कुरामा प्रश्न उठाइदिएपछि स्पष्टीकरण दिन पाउँथ्यो । यो कोणबाट त सरकारलाई पनि फाइदा नै हुन्थ्यो । तर, यो कोणबाट सांसदहरू संसदमा प्रस्तुत भइराखेका छैनन् ।

दोस्रो– सांसदहरूले आफ्नो क्षमता बढाउन नसकेपछि, संसदको खबरदारी प्रभावकारी नभएपछि, संसदीय अनुगमन ढंगको नभएपछि सरकार छाडा हुन थाल्यो । किनभने संसदले केही गर्न सक्दैन, त्यसको स्तर थाहा पाइहालियो भन्ने हुँदोरहेछ र सरकार छाडा हुने वातावरण बन्दोरहेछ ।

यसको परिणाम– लोकतन्त्र माथि नै खतरा उत्पन्न भयो । लोकतन्त्रमा राज्यशक्तिको अधिकार कार्यकारीले प्रयोग गर्छ, त्यसको अनुगमन र खबरदारी संसदले गर्छ । आफैंले जन्माएको बच्चा मार्ने हक अरू कसैलाई हुँदैन तर, संसदमा हुन्छ भनिन्छ । किनभने सरकार संसदले जन्माएको बच्चा हो । संसदलाई जन्माउने र मार्ने हक हुन्छ । यस्तो महत्वको जिम्मेवारी लिएका व्यक्तिको भूमिका ठीक नभइदिंदा सरकारले त नटेर्ने भइहाल्यो नि !

सांसदहरू पनि बोलेर के हुन्छ र ? भनेको कुरा लागू हुँदैन भन्ने मानसिकतामा छन् । एकथरी जे बोले पनि हुन्छ, जस्तो बोले पनि स्वीकार्य हुँदोरहेछ, कसैले ‘अब्जेक्शन’ गर्दैन भन्ने सोचाइमा छन् । तर, संसदमा असंसदीय शब्द उच्चारण हुँदा मात्र पनि नियमापत्ति गर्न पाउने व्यवस्था छ ।

तर, पछिल्लो समयमा संसदमा पार्टी विवादमा कुन पक्ष ठीक कुन पक्ष बेठीक ? फलानो नेताको भनाइ ठीक, फलानो नेताको भनाइ बेठीक भन्ने जस्ता विषयले पनि बग्रेल्ती प्रवेश पाएको देखियो । तर, संसद मेरो पक्षको सरकार छ कि छैन भनेर ख्याल गर्ने ठाउँ होइन ।

कतिसम्म भने आफ्नै पक्षको, आफ्नै पार्टीको सरकार छ भने पनि त्यसको काम नै सरकारलाई खबरदारी गर्ने हो । संसदले सरकारलाई खबरदारी गर्नैपर्छ, गलत हुनबाट रोक्नैपर्छ । संसदमा सरकारको महिमामण्डन गर्ने होइन । सरकारको, सरकारमा रहेका पात्रहरूको चाकडी गर्ने होइन । तर, व्यवहारमा यस्ता दृश्य निकै देखिए ।

यसका पछाडि पनि कारण छन् । सरकारलाई प्रश्न गर्दा जिम्मेवारी पाइँदैन कि, मन्त्री हुन पाइँदैन कि भन्नेतिर सांसदहरूको ध्यान बढी गएको देखिन्छ । धेरै लोभानी, पापानी भएका कारणले सरकारमा जान पाइँदैन कि, मलाई मन्त्रीको जिम्मेवारी नदेलान् कि, राम्रो समितिमा राखिदिंदैन कि भन्ने डरले गर्दा सांसदहरू खुलेर बोल्दैनन् । यसरी सांसद खुम्चिने भनेको संसद खुम्चिने, संविधान खुम्चिने हो, संविधान खुम्चिने भनेको लोकतन्त्र खुम्चिने हो ।

अब समस्या समाधानका लागि सबैभन्दा पहिले सांसदले म को हुँ भन्ने बुझ्नुपर्छ । यो विषय सांसदले राम्रोसँग नबुझ्ने हो भने यसको समाधान कठिन छ । सबैभन्दा पहिले सांसद आफैं जिम्मेवार हुने हो । राजनीतिक दलले पनि सांसदहरूलाई ‘गाइड’ गरिरहेको हुन्छ । तर, दलले सांसदलाई व्यवस्थापन गर्नेसम्म मात्रै हो ।

सांसदको पनि नेता भएको हुनाले सम्बन्धित दलले सांसदको भूमिका, अभिव्यक्ति, व्यवहारमाथि निगरानी राख्नुपर्छ । तर सांसदको क्षमता बढाउन कार्यक्रमहरू गर्ने, विज्ञहरूसँग सल्लाह गरेर कसरी जाने भन्ने विषय तय गर्ने, जिम्मेवारी के हो भनेर सिकाउनेतर्फ दलले ध्यान दिनै पर्छ ।

अनि संसदले पनि सांसदका निम्ति केही न केही गर्नुपर्छ । धेरै देशमा सांसदहरूलाई संसदले वर्षमा एक पटक ‘रि–फ्रेसमेन्ट ट्रेनिङ’ गराउँछ । नयाँ आउने सांसदलाई तीन महीनासम्म संसदको बारेमा ट्रेनिङ गराउने अभ्यास छ । हामीकहाँ सामान्य ब्रिफिङसम्म हुँदैन ।

कुनै दिन ब्रिफिङ भइहाल्यो भने पनि के सुविधा पाइन्छ, सांसद सुविधा शाखाबाट सुविधा पाइन्छ, पिए पाइन्छ, पत्रपत्रिका पाइन्छ, घरभाडा पाइन्छ, बैठक भत्ता पाइन्छ भनेर सुनाइन्छ । तर, सांसदले निर्वाह गर्नुपर्ने भूमिका के हो भनेर ब्रिफिङ/प्रशिक्षण हुँदैन । अनि कसरी बढ्छ सांसदको गुणस्तर ? कसरी प्रभावकारी हुन्छ संसद ? र, कसरी बलियो हुन्छ लोकतन्त्र ?

(संविधानसभा सदस्य खिमलाल देवकोटासँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
बुटवल-गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन बनाउन लगानी सम्झौता

बुटवल-गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन बनाउन लगानी सम्झौता

५७६ मेगापिक्सेलको क्यामरा बनाउँदै सामसुङ

५७६ मेगापिक्सेलको क्यामरा बनाउँदै सामसुङ

‘भाई फुटे गवार लुटे’ भारतसँगको हाम्रो सम्बन्ध ,

‘भाई फुटे गवार लुटे’ भारतसँगको हाम्रो सम्बन्ध ,

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .