काठमाडौं । तमिलनाडुको सिंगापेरुमाल कोल सहरबाट पहिलोपटक १२५ वटा गाडीहरु नेपाल आउने भएको छ ।
दक्षिणी रेल्वेको चेन्नई डिभिजनले सिंगापेरुमाल कोलस्थित स्टेशनबाट पहिलोपटक नेपालका लागि १२५ कार लोड गरेको भारतीय रेल मन्त्रालयले जनाएको छ ।
सिंगापेरुमाल स्टेशन पहिलोपटक अटो हबसमेत बनेको रेल मन्त्रालयले जनाएको छ । नेपाल निर्यात गरिएका कार रिनो र निशान कम्पनीको रहेको दक्षिण भारतीय रेल्वेले विज्ञप्तिमार्फत जनाएको छ ।
ती कारहरु विहारको रामगढ स्टेशनसम्म २ हजार २४४ किलोमिटर दुरी यात्रा गरेर वीरगंज हुँदै नेपाल भित्रिने छ । नेपालपाना