• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमसिसीका उपाध्यक्ष फतिमा नेपालको चारदिने भ्रमणमा : आजै एमाले अध्यक्ष ओलिलाई भेट्ने


एमसिसीका उपाध्यक्ष फतिमा नेपालको चारदिने भ्रमणमा : आजै एमाले अध्यक्ष ओलिलाई भेट्ने

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमण क्रममा नेपाल आाउनुभएको छ ।

नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार बिहीबार बिहान कतारवाट काठमाडौं आउनुभएको हो ।  उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि काठमाडौं आउनुभएको छ । उनीहरु आउदा बिमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौतामा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ । एमसीसी अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग सम्बन्धीत रहेको भन्दै नेपालमा बिरोध भइरहेको छ ।

आजै काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जाेनाथन ब्रुक्सले प्रधानमन्त्रीलाई भन्दा पहिला प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्ने भएका छन् ।

अमेरिकी दूतावास स्रोतका अनुसार दिउँसो एमाले अध्यक्ष ओलीबाट राजनीतिक भेटवार्ता सुरु गर्ने उनीहरूले भरे वा भाेलि  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नेछन् ।

बिहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका उनीहरू पत्रकारहरूसँग तर्किँदै सिधै मेरिट होटल गएर बसेका छन् । बिहानको खाना उनीहरूले साढे १२ बजे अमेरिकी राजदूत र्‍याण्डी बेरीको कमलादीस्थित निवासमा गएर खानेछन् । त्यसपछि एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकाेट जानेछन् । त्यहाँबाट फर्केर उनीहरूले याक एण्ड यतिमा रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए–नेपाल)को निरीक्षण गर्नेछन् । एमसीए नेपाल एमसीसीको प्रवर्धन गर्न गठित निकाय हो । 

सुरक्षा चुनौती देखाउँदै पत्रकार सम्मेलन नगर्ने निचोडमा पुगेका फातिमा र जाेनाथनले आजै विज्ञप्ति भने जारी गर्ने तयारी गरेका छन् । नेपालमा एमसीसी परियोजनाबारे चर्को विवाद छ । नागरिकस्तरबाटै यसका विभिन्न सर्तमाथि प्रशस्तै प्रश्न उठाइएपछि केही दिनअघि सरकारले एमसीसीलाई ती प्रश्नसहितको पत्र पठाएको थियो । त्यसको जवाफ एमसीसीले फर्काइसकेको छ । र, कुनै सैन्य रणनीति वा सामरिक स्वार्थ नरहेको जनाइसकेको छ । 

एमसीसीको विरोधमा माहौल गरम् भएकै बेला उपाध्यक्ष र सहायक उपाध्यक्ष नेपाल आइपुगेका हुन् । फातिमा एमसीसीको कम्याक्ट अपरेसन हेर्ने उपाध्यक्ष हुन् । जेनाथनाले चाहिँ एमसीसीको युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिका हेर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देउवाको एक किकले ढल्दै वामपन्थी कम्युनिस्टको राष्ट्रियता
  • २०७८ भाद्र २४, बिहीबार १८:०१
  • In "देश"
  • माओवादी अध्यक्ष प्रचण्ड र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता
  • २०७८ भाद्र २४, बिहीबार १८:०१
  • In "समाचार"
  • एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी
  • २०७८ भाद्र २४, बिहीबार १८:०१
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

अफगानिस्तानबाट भारतले उद्दार गरिदिएको ११ जना नेपाली सरकारको अनिवार्य क्वारिन्टनमा बसे

ऋणमै धासिदै पाकिस्तानको अर्थतन्त्र २३८ खर्ब बिदेशी ऋण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version