• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महालेखाले तीन दिनका लागि रोक्यो तलबभत्ता बाहेक बजेट निकासा


महालेखाले तीन दिनका लागि रोक्यो तलबभत्ता बाहेक बजेट निकासा

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि लागू हुने गरी तीन दिनका लागि तलबभत्ता बाहेकका चालु आर्थिक वर्षको बजेटबाट कुनै पनि रकम निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेख्दै महालेखाले बिहीबारबाट शनिबारसम्म लागू हुने गरी बजेट निकासा रोक्न भनेको हो ।

पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८/७९ को नेपाल सरकारको बजेट निकासा सम्बन्धमा तलब, भत्ता र निवृत्तिभरणबाहेकको कुनै पनि बजेट निकासा बिहीबारदेखि शनिबारसम्म नगराउनु होला ।’

यस अवधिमा निकासाई भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने समेत महालेखाले जनाएको छ । चालु खर्चतर्फ अनिवार्य दायित्व मानिने तलब, भत्ता, निवृत्तिभरणसहितका खर्च भने रोक्न मिल्दैन ।

किन रोकियो निकासा ?

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार सरकारले बजेट अध्यादेशलाई परिवर्तन गरी प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । जसले गर्दा अध्यादेश बजेटमा आएका केही कार्यक्रमहरू विधेयकले परिवर्तन गरेको छ ।

यसरी परिवर्तन भएका कार्यक्रम बजेट पास भएपछि कार्यान्वयनमा जान सक्दैनन् । त्यसैले यो समयमा निकासा भएको बजेट खर्च नहुने अवस्था सिर्जना हुन्छ । उक्त परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि अनिवार्य दायित्वबाहेकका सबै निकासा रोकिएको उनले बताए । ‘अहिले निकासा रोक्ने अरु कारण छैन’, उनले भने, ‘प्रतिस्थापन विधेयकको तयारी भइरहेकाले खर्च व्यविस्थत गर्न खोजिएको हो ।’

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फत अगाडि बढाउने तयारी सरकारले गरेको छ । सोही अनुसार बुधबारबाट संसद आहृवानसमेत गरिएको छ । तर, प्रमुख प्रतिपक्षर्ी दल एमालेको अवरोधका कारण बुधबार यो विधयेक प्रस्तुत हुन भने सकेन ।

संसदमा सरकार र प्रतिपक्षको टकरावका बीच बजेट के हुन्छ भन्ने अन्यौल भने बढेको छ । सरकारले अघिल्लो सरकारले बीना स्रोत सुनिश्चित राखेका कतिपय आयोजनाको बजेट काटेको बताएको छ । अनुत्पादक क्षेत्रमा गएको बजेटसमेत काटेर विनियोजन चुस्तता कायम गर्न खोजिएको अर्थको भनाइ छ ।

चालु आवका लागि अध्यादेशबाट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट ल्याएको छ । यसमध्ये बुधबारसम्म चालु तर्फ ४० अर्ब ८४ करोड र पुँजिगत तर्फ मात्र २ अर्ब २७ करोड रुपैयाँ खर्च भइसकेको छ । बुधबारसम्म कुल ३.५१ प्रतिशत बजेट खर्च भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओखलढुंगामा ७९ करोड विकास बजेट ‘फ्रिज’
  • २०७८ भाद्र २४, बिहीबार १७:२०
  • In "BannerNews"
  • बुधबार एकै दिन सरकारी कोषबाट करीब १५ अर्ब खर्च
  • २०७८ भाद्र २४, बिहीबार १७:२०
  • In "आर्थिक"
  • फर्जी बिल बनाएर मेयरले अनियमितता गरेको आरोप
  • २०७८ भाद्र २४, बिहीबार १७:२०
  • In "BannerNews"
Tags: #आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

एमसिसीका उपाध्यक्ष फतिमा नेपालको चारदिने भ्रमणमा : आजै एमाले अध्यक्ष ओलिलाई भेट्ने

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

अफगानिस्तानबाट भारतले उद्दार गरिदिएको ११ जना नेपाली सरकारको अनिवार्य क्वारिन्टनमा बसे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version