• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पोखरामा फोहोर फाल्ने अर्को ठाउँको खोजी


पोखरामा फोहोर फाल्ने अर्को ठाउँको खोजी

पोखरा । २०७७ माघ २ गते तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनका लागि आउँदा आयोजना प्रमुख विनेश मुनकर्मीले नजिकैको ल्याण्डफिल साइट हटाउन सहयोग मागे ।

उनले विमानस्थल तयार हुँदासम्म पोखरा महानगरपालिकाले फोहोर फाल्ने अर्को ठाउँ नखोजे फोहोरका कारण आउने चराले उडानमा समस्या पार्न सक्ने विषयमा मन्त्रीको ध्यानाकर्षण गराएक थिए । पोखरा महानगरपालिकाले २०६१ सालदेखि महानगर क्षेत्रका घर र सार्वजनिक स्थलका फोहोर वडा नम्बर १४ मा पर्ने सेती नदी किनारमा व्यवस्थापन गर्दै आएको छ ।

महानगर सरसफाइ महाशाखा प्रमुख कल्पना बरालका अनुसार यो स्थानमा १५ वर्ष फोहोर फाल्ने गरी स्थानीय वासिन्दासँग सहमति भएको थियो । तर सहमति भएको अवधि भन्दा दुई वर्ष बढी भइसकेको छ । पोखरा महानगरपालिका पनि फोहोर फाल्ने अर्को ठाउँको खोजीमा छ ।

महानगरपालिकाले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रममा अर्को ल्यान्डफिल्ड साइट खोज्ने उल्लेख गरे पनि काम हुन सकेको छैन । सरसफाइ महाशाखा प्रमुख बरालका अनुसार महानगरबाट दैनिक २ सय टन फोहोर उत्पादन हुन्छ । ती फोहोर उठाउन महानगरपालिकाले ९ वटा निजी कम्पनीलाई जिम्मा दिएको छ ।

ल्याण्डफिल साइट खोज्न पटक पटक समिति

पोखराको फोहोर फाल्ने अर्को ठाउँ खोज्न वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाको संयोजकत्वमा २ वर्षअघि समिति गठन भएको थियो । उक्त समितिले गत माघमा प्रतिवेदन पनि बुझाएको थियो । महानगरको ४७ औं कार्यपालिका बैठकमा पेश गर्ने भनिए पनि उक्त प्रतिवेदनले बैठकमा प्रवेश नै पाएन ।

बरु २०७८ असार १८ गते वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा अर्को समिति गठन गर्‍यो । आचार्य नेतृत्वको समितिले फोहोर फाल्ने केही ठाउँ सिफारिस गरेर प्रतिवेदन तयार पारेको छ । तर, महानगर कार्यपालिका बैठक बस्न नसक्दा पेश हुन नसकेको संयोजक आचार्यले जानकारी दिए । ‘२/३ वटा उपयुक्त ठाउँको विश्लेषण गरेर प्रतिवेदन बनाएका छौं । तर, पेश भइसकेको छैन । अब बैठक सुरु भएपछि पेश गर्ने हो’ आचार्यले भने ।

पोखरा महानगर प्रमुख मानबहादुर जिसी मस्तिष्कघात भएपछि उपचारका लागि डेढ महिनादेखि काठमाडौंमा छन् । उपप्रमुख मञ्जुदेवी गुरुङले कार्यवाहक जिम्मेवारी पाए पनि कार्यपालिका बैठक बस्न नसकेको पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।

समितिले पोखरा महानगरपालिकाको वडा नम्बर २० र १६ को सीमानालाई उच्च प्राथमिकतामा राखेर नयाँ ल्यान्डफिल्ड साइटका लागि जग्गा पहिचान गरेको छ । तर स्थानीय वासिन्दाबाट विरोध हुन सक्ने भन्दै ठाउँ सार्वजनिक गरेको छैन ।

अघिल्लो आर्थिक वर्षमा सम्भावित ठाउँको अध्ययन गर्नमात्रै करोड रुपैयाँ छुट्याइएको थियो । तर, अध्ययन समिति गठन नभएकाले विनियोजित रकम खर्च हुन सकेको थिएन । बजेट छुट्याएर पनि सम्भाव्यता अध्ययन नगरेपछि महालेखा परीक्षकको कार्यालयले पनि प्रश्‍न उठाएको छ ।

कम्पनी छनोटमा महालेखाको प्रश्न

पोखरामा फोहोरमैला व्यवस्थापनबापत नगरबासीले तिर्नुपर्ने रकमको २० प्रतिशत महानगरपालिका र ८० प्रतिशत फोहोर व्यवस्थापन गर्ने निजी कम्पनीले पाउँछन् ।

सरसफाइ महाशाखाका अनुसार घरेलु फोहोर व्यवस्थापन गर्न ६ वटा कम्पनी, मलमुत्रजन्य फोहोर व्यवस्थापन गर्न २ र औषधिजन्य फोहोर व्यवस्थापन गर्न एउटा कम्पनीसँग सम्झौता गरिएको छ । तर, त्यसमध्ये ‘पोखरा फोहोर व्यवस्थापन प्रालि’ नामक कम्पनीले भने १३ वर्षदेखि निरन्तर प्रतिस्पर्धाबिनै फोहोर उठाउँदै आएको छ ।

पोखराको फोहोर मैला उठाउन २०६५ सालमा सम्झौता गरेको उक्त कम्पनीसँग लामो समयदेखि प्रतिस्पर्धाबिनै पटकपटक सम्झौता थपेर फोहोर उठाउन दिएपछि महानगरमाथि महालेखाले प्रश्न उठाएको हो ।

‘सुरुको सम्झौताले १३ वर्ष व्यतित भइसक्दा पनि हालसम्म प्रतिस्पर्धा नगराई एकै फर्मलाई निरन्तरता दिँदा निज फर्मलाई फाइदा पुगेको छ र महानगरले पाउनुपर्ने ठूलो राजश्व गुमेको अवस्था देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

महानगरको फोहोरमैला उठाइरहेको अर्को कम्पनी वेस्ट सर्भिस प्रालिसँग पनि महानगरले सम्झौता बमोजिम रकम असुल नगरेको पाइएको छ । ०७३ कात्तिकमा ४ वर्षका लागि सम्झौता गरेको महानगरले वार्षिक १० लाख रुपैयाँ पाउने उल्लेख थियो ।

सम्झौता सकिए पनि हालसम्म उक्त कम्पनीले ३ लाख ३३ हजार रुपैयाँमात्र महानगरलाई बुझाएको महालेखाले उल्लेख गरेको छ । उक्त कम्पनीसँग ३५ लाख रुपैयाँ असुल गर्नुपर्ने महालेखाले औंल्याएको छ ।

वेस्ट सर्भिससँग रकम असुल गर्नुपर्नेमा उल्टै महानगरले सम्झौताविपरीत १४ लाख रुपैयाँ भुक्तानी दिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । अन्य कम्पनीसँग फोहोरमैला उठान शुल्क तथा आम्दानीबाट २०/८० प्रतिशतले बाँडफाँट गरिएको भए पनि वेस्ट सर्भिससँग उक्त सम्झौता नभएकाले कति रकम फिर्ता गर्नुपर्ने सोबारे यकीन नभएको महालेखाले जनाएको छ ।

महानगरले फरकफरक समयमा ४ पटक गरी १४ लाख १४ लाख ६८ हजार रुपैयाँ भुक्तानी पाएको छ । ‘आर्थिक गतिविधिअनुसार खर्चको प्रमाणसहित लेखा राख्नुपर्छ । यसको (वेस्ट म्यानेजमेन्टसँग) सम्झौता प्राप्त गर्न नसकिएकाले कति रकम फिर्ता हुनुपर्ने हो यकीन गर्न सकिएन’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

महालेखाले सम्झौताबमोजिम आम्दानीमा समेत अनियमितता भइरहेको उल्लेख गरेको छ । आम्दानीको २०-८० बाँडफाँट गर्ने सहमति भए पनि कम्पनीहरुको खास आम्दानी यकीन नभएकाले आर्थिक अनियमिता भइरहेको महालेखाले औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यस पालिकामा जथाभावी फोहोर फ्याके मुद्दा चलाइने
  • २०७८ भाद्र २४, बिहीबार १६:४३
  • In "BannerNews"
  • राप्रपालाई काठमाडौं महानगरको एक लाख जरिवाना
  • २०७८ भाद्र २४, बिहीबार १६:४३
  • In "BannerNews"
  • महानगरद्वारा आफ्नो कार्यालय परिसरमा थुप्रिएको फोहोर सफा गर्न ३५ दिने अल्टिमेटम
  • २०७८ भाद्र २४, बिहीबार १६:४३
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

शहीदनगरमा व्यापक अनियमितता : विदेश भ्रमणदेखि विभिन्न शीर्षकमा करोड बढी कानुन विपरीत खर्च

स्वास्थ्य आपतकाल सुरक्षा प्रणाली सुदृढ बनाउनु पहिलो प्राथमिकता : डब्ल्यूएचओ

एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version