• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत


एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत

 धनगढी । सुुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै बहुमत पुगेको छ ।

प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद पुगेका छन्, जुन प्रदेश सरकारको बहुमत हो ।

गत २५ जेठमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा एमालेको माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए भने नेपाली कांग्रेस तटस्थ बसेको थियो ।

केन्द्र र कतिपय प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलको गठबन्धन रहे पनि सुदूरपश्चिममा भने के हुन्छ टुंगो लागेको छैन ।

५२ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको १३, नेपाली कांग्रेसको १२, नेकपा एमालेको ११, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको १/१ जना सांसद छन् ।

योसँगै सत्तारुढ गठबन्धनमा ४० सांसद पुगेका छन् । सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत पुगे पनि सरकारको संरचना हेरफेर हुने वा नहुनेबारे छलफल भएको छैन ।

सरकारमा सहभागी भएका तर दल विभाजन हुँदा नेकपा एमाले नछोडेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिइसकेका छन् । अब मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेससहितको सरकार बन्ने वा माओवादी र एकीकृत समाजवादीको मात्र कायम रहने भन्ने टुंगिएको छैन ।

तर प्रदेशका एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसदहरु भने सरकारमा अरु दल सहभागी नहुने बताउँछन् । आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी नेतृ पूणर्ा जोशीले एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुुक्त सरकारले निरन्तरता पाउने बताइन् ।

‘नेकपा एमाले आधिकारिक रुपमा प्रदेश सरकारबाट फिर्ता आएको घोषणा गर्छ होला,’ जोशीले अनलाइनखबरसँग भनिन्, ‘नेकपा माओवादी केन्द्र र नेकपा -एकीकृत समाजवादी) पार्टीको संयुुक्त सरकार बन्छ । दुुई पार्टीको बहुुमत भइसकेपछि कांग्रेस सरकारमा जानुुपरेन र र जादैन पनि ।’ तर काँग्रेससँगको गठबन्धन भने यथावत रहने उनी बताउँछिन् ।

नेकपा माओवादी केन्द्रका सचेतक अक्कल रावल एकीकृत समाजवादी पार्टीको समर्थनमा प्रदेश सरकारको नेतृत्व मुुख्यमन्त्री त्रिलोचन भट्टले नै गर्ने बताउँछन् । ‘इच्छा प्रकट गरेको खण्डमा कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनुुपर्ने हुन्छ, तर सरकारको नेतृत्व माओवादीले नै गर्छ,’ रावलले अनलाइनखबरसँग भने ।

सरकारको नेतृत्व फेरबदल हुने अवस्थामा एकीकृत समाजवादीको सम्भावना रहेको रावल बताउँछन् ।

मुुख्यमन्त्रीको आकांक्षी रहेका कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल गठबन्धनको केन्द्रीय नेतृत्वले गर्ने निर्णयका आधारमा अघि बढ्ने बताए । ‘सातवटै प्रदेशमा गठनबन्धनको केन्द्रीय नेतृत्वले जे निर्णय गर्छ त्यही अनुुसार अगाडि बढ्ने हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत
  • २०७८ भाद्र २३, बुधबार १३:५६
  • In "BannerNews"
  • सुदूरपश्चिममा नाउपा : रेशम रिहाइको मुद्दा कि, भागबण्डामा बार्गेनिङ?
  • २०७८ भाद्र २३, बुधबार १३:५६
  • In "BannerNews"
  • दुई माग पुरा गरे प्रचण्डलाई कांग्रेस र एसले पनि विश्वासको मत दिने
  • २०७८ भाद्र २३, बुधबार १३:५६
  • In "BannerNews"
Tags: #मनोरन्जन#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

ब्रीक्स सम्मेलनको अध्यक्षता भारतिय प्रधानमन्त्री मोदीलाई

अशान्त किन छ काबुल ? तालिवानमा जारी संघर्स कहिले शान्त हुने

सभामुखविरुद्ध संसदमै एमालेको नाराबाजी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version