• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सुदूरपश्चिममा नाउपा : रेशम रिहाइको मुद्दा कि, भागबण्डामा बार्गेनिङ?


सुदूरपश्चिममा नाउपा : रेशम रिहाइको मुद्दा कि, भागबण्डामा बार्गेनिङ?

धनगढी :  सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि (आइतबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

२६ माघमा एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका थिए।

त्यसपछि १९ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह ठूलो दलको हैसियतमा सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनै शाहले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिदैछन्।राष्ट्रतिको निर्वाचनलाई लिएर समीकरण फेरिएपछि उनले विश्वासको मत लिने भएका हुन्। नयाँ बनेको समीकरणमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरू छन्। त्यसकारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको जनाएका छन्।

नेकपा माओवादी, समाजवादी, नाउपा र स्वतन्त्र प्रदेश सभा सदस्यले समेत आफूलाई मत दिने उनको दाबी छ। सुदूरपश्चिममा सरकार बनाउन अथवा विश्वासको मत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। अहिलेको समीकरणमा मुख्यमन्त्री शाहले सहज रुपमा विश्वासको मत पाउने देखिन्छ।

उन्मुक्तिको यस्तो बार्गेनिङ !

टीकापुर हत्याकाण्डमा दोषी प्रमाणित भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका रेशमलाल चौधरी संस्थापक रहेको नाउपा पनि नयाँ गठबन्धनमा सामेल छ।

उसले अहिलेको सरकारलाई समर्थन गर्न र मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन  मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता मागेको छ। मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका बेला आठ दलीय सत्तारुढ गठबन्धनमा आबद्ध नाउपाले लिखित प्रतिबद्धता मागेको हो।

यसअघि नाउपाले रेशमलगायत टीकापुर घटनाका राजबन्दीको रिहाइ नै आफ्नो प्रमुख मुद्दा भएको बताउदै आएको थियो। तर अहिले नाउपाले त्यो मुद्दा छाड्न थालेको बुझिएको छ। ‘दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन,’ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा लेखेकी छन्।

अध्यक्ष श्रेष्ठको स्टाटसलाई खण्डन गर्दै नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबण्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको बताए। ‘हामी अहिलेको सरकारलाई विश्वासको मत दिने समझदारीमा पुगेका छौँ तर उहाँहरूले मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता जनाउनुपर्छ,’ चौधरीले भने, ‘उहाँ(मुख्यमन्त्री) ले दिनुभएन भने त्यसपछि  सोच्ने अवस्था आउन सक्छ।’

शनिबार डिल्लीबजारस्थित कारागारमा पार्टीका संस्थापक रेशम चौधरीलाई भेटेर धनगढी फर्किरहेका चौधरीले लिखित प्रतिबद्धता आएपछि मात्र विश्वासको मतका सम्बन्धमा दलको बैठक बसेर निर्णय लिइने बताए।

पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले पनि लिखित प्रतिबद्धता दिएमा विश्वासको मत दिने पक्षमा नाउपा रहेको बताए।

तत्कालीन एमाले नेतृत्वको गठबन्धनमा प्रदेश सरकार गठनमा नागरिक उन्मुक्ति पार्टी निर्णायक थियो तर अहिलेका मुख्यमन्त्री शाहले भने नाउपा बाहेकका कांग्रेस(१९), माओवादी केन्द्र(११) र नेकपा एकीकृत समाजवादी (४), एक स्वतन्त्रको साथ पाउँदा विश्वासको मत पाउने अवस्था छ। सुदूरपश्चिममा उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत
  • २०७९ फाल्गुन २१, आईतवार १४:०८
  • In "BannerNews"
  • बागमतीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने
  • २०७९ फाल्गुन २१, आईतवार १४:०८
  • In "बागमती प्रदेश"
  • मधेसका मुख्यमन्त्री सरोज यादवलाई सिंगो सदनको विश्वास
  • २०७९ फाल्गुन २१, आईतवार १४:०८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

होलीमा सुरक्षाका लागि ५ सय ६० सुरक्षाकर्मी परिचालन

परिक्रमा आज भारतको बिसौलमा, कल्ना पुगेर जनकपुर फर्किने

चीनको बिरुद्ध बौद्ध कलेज संचालन हुने समाचार प्रति गम्भीर ध्यानाकर्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version