No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पद र पैसाका लागि लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ : प्रचण्ड

पद र पैसाका लागि लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद, प्रतिष्ठा र पैसाको निम्ति लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुने बताएका छन् । उनले यसबारे गम्भीर भएर सोच्न नेता-कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।

जनयुद्धमा सेनाको आक्रमणबाट मारिएका सुरेश वाग्ले (बासु) र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी प्रतिक्रान्तिको सेवा गर्ने ठाउँमा पुग्ने हो कि भन्ने खतरा देखिएको बताए ।

आफूले यस्तो कुरा गरेर निराशा बाँड्न नखोजेको प्रष्टीकरण दिंदै प्रचण्डले भने, ‘हिजो त्यत्रा-त्यत्रा सहिदहरु, त्यत्रो बलिदान, त्यत्रो त्याग, समाज रुपान्तरण, क्रान्तिको निम्ति सम्पूर्ण समर्पण गरेर हिंड्ने पार्टी आज एमालेजस्तै हुने हो भने त यो पार्टीको औचित्य नै के रह्यो र । बरु योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिएहुन्छ ।’

प्रचण्डले भने, ‘पद, पैसा, प्रतिष्ठा, गुट, अराजकतालाई नै प्रश्रय दिने र एमालेजस्तै हुने हो भने, हामी मार्क्सका चेला हौं भने त बरु यसलाई विघटन गरिदिनु इमान्दारी हुने भयो के । हामी क्रान्ति गर्छौं भन्ने, गर्ने चाहिं प्रतिक्रान्ति भएपछि त धोका हो नि जनतालाई । त्यो धोका नदिने हुनका लागि बरु बिघटन गर्ने भन्ने छलफल चल्न खोज्छ आज ।’

‘एमालेमै गए भयो नि’

उनले आफूहरू नसच्चिए माओवादी लोगोमा मात्र सीमित हुने खतरा औंल्याए । ‘पदको निम्ति, पैसाको निम्ति, प्रतिष्ठाको निम्ति, गुट बलियो बनाउनको निम्ति मरिहत्ते हाल्ने भनेपछि त हाम्रो पनि विस्तारै माओवादी भन्ने लोगो होला जस्तो के, चुरे भन्याजस्तो । थाहै नपाइकन हाम्रो पार्टी क्रान्तिको निम्ति आवश्यक औजार होइन, प्रतिक्रान्तिलाई नै घुमाइफिराइ सेवा गर्ने ठाउँमा पुग्ने हो कि ! यो खतरा बडो गम्भीर रुपले देखिएकै छ ।’

‘त्यसो भएको हुनाले हामीले आजभोलि सोच्न खोजेको, तपाईंहरुले पनि सोच्नु होला । सबै कमरेडहरुले सोच्नैपर्छ । हामी पनि त्यस्तै हुने हो भने यो पार्टी किन चाहियो भन्ने बहस उठेको छ,’ उनले भने ।

‘केही पनि नजान्ने भइयो’

मार्क्स, ऐंगेल्सले पनि आफैंले बनाएको कम्युनिष्ट इन्टरनेशनल गलत भयो भन्ने निष्कर्षमा पुगेको उदाहरण दिंदै प्रचण्डले भने, ‘बरु चाहिएन नि । जसलाई त्यस्तै गर्नु छ एमालेमै गए भयो नि । जानु भयो नि त हाम्रा केही साथीहरु । त्यसै गर्न मन लागे त गए भयो नि हामी पनि । एमालेमै जाने, एमाले जस्तै हुने, गुट बनाउने, पैसा कमाउने, पद प्राप्त गर्ने, दलालहरुसँग साँठगाँठ गर्ने, तिनीहरुको स्वार्थ पूरा गर्दिने हो भने त एमाले हुन राम्रो नि ।’

उनले यो मामिलामा एमाले र कांग्रेसजस्तो गर्न माओवादीले नसक्ने बताए । प्रचण्डले भने, ‘एमालेमा सबै खालको मिलेको छ । तिनीहरुको नेटवर्क छ, सेटिङ छ । हाम्रो त सेट पनि छैन । केही पनि नजान्ने भइयो । त्यसकारण हामी पछि पर्ने भइयो । हामी सक्दैनौं उनीहरुसँग कम्पिट गर्न । एमाले र कांग्रेससँग, त्यही बाटोमा, त्यही लाइनमा, त्यही चरित्र, त्यही विशेषतामा हामी धेरै साना पर्छौं, हामी धेरै कमजोर पर्छौं ।’

‘रुपान्तरण सामान्य बलले नहुने भयो’

उनले माओवादीले गर्न सक्ने भनेको परिवर्तन र रुपान्तरणका लागि क्रान्ति मात्र भएको उनले बताए । उनले माओवादीको रुपान्तरण सामान्य बलले नहुने पनि बताए ।

‘नयाँ समाज निर्माण गन सक्ने, हाम्रो विशेषता त त्यो हो । त्यो गर्न नसक्ने हो भने यसको औचित्य नै के रहन्छ भन्ने प्रश्न कमरेडहरुले विचार गर्नुहोला,’ प्रचण्डले भने, ‘नकारात्मक ढंगले भनेको चाहिं होइन । हाम्रो रुपान्तरण सामान्य बलले नहुने भयो । बल अलि धेरै गर्नुपर्ने भयो भन्न खोजेको हो सारमा ।’

प्रतिगमन हुन लाग्यो भने तुरुन्तै आन्दोलन गर्ने र नयाँ खालको जनयुद्ध लड्न तयार हुने माओवादी कार्यकर्ताको विशेषता भएको उनको भनाइ छ । ‘हामी बिग्रेका छौं तर पनि त्यो क्रान्ति मोह, परिवर्तन, जनता र राष्ट्रप्रतिको जिम्मेवारीवोध मनबाट गएको चाहिं छैन । पार्टीले, लिडरसिपले यदि परिवर्तनका लागि आह्वान गर्यो भने जर्याकजुरुक उठेर फेरि प्रतिक्रियावादीहरुको सातोपुत्लो खान सक्ने ताकत यही पार्टीसँग छ, यो हामी सबैका निम्ति उज्यालो भविष्यको शुभसंकेत हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत

एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत

ब्रीक्स सम्मेलनको अध्यक्षता भारतिय प्रधानमन्त्री मोदीलाई

ब्रीक्स सम्मेलनको अध्यक्षता भारतिय प्रधानमन्त्री मोदीलाई

अशान्त किन छ काबुल ? तालिवानमा जारी संघर्स कहिले शान्त हुने

अशान्त किन छ काबुल ? तालिवानमा जारी संघर्स कहिले शान्त हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .