• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘पार्टीभित्रकै हरिया साँपले डसे, त्यसैले प्रतिपक्षमा छौं’


‘पार्टीभित्रकै हरिया साँपले डसे, त्यसैले प्रतिपक्षमा छौं’

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे मंगलबार एउटै मञ्चमा देखिए ।

पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा पाण्डेले सम्बोधन गरिरहेका बेला ओली पुगेका थिए । पछिल्लो समय पार्टीमा देखिएको अन्तरसंघर्षबारे तात्तातो समीक्षा गर्न नहुने बताएका पाण्डेले ओली मञ्चमा आएपछि १० बुँदे सहमतिलाई फेरि दोहोर्‍याए ।

माधव नेपालले अघि सारेको ६ बुँदे प्रस्तावकै मर्मअनुसार सहमति भएको भन्दै उनले भने, ‘१० बुँदामा कायम भएपछि पार्टी एकता किन नगर्ने ? यो कुरा हामीले माधवजीलाई पटक पटक भन्यौं ।’

तर माधवकुमार नेपालले बाउँठिएर एमाले फुटाउने र नयाँ पार्टी दर्ता गर्ने काममा लागेको उनले बताए ।

पाण्डेपछि अध्यक्ष ओलीले सम्बोधन गरे । माधव नेपालको चर्को आलोचना गरेका उनले साबिकको नेकपा र पुनस्र्थापित एमालेमा देखिएकाको समीक्षा समेत गरेका छन् ।

हरिया साँप

साबिकको नेकपा पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि सरकार ढाल्ने र एमालेलाई चारैतिर पासो थाप्ने कामको अगुवाइ माधव नेपालले गरेको ओलीको आरोप छ ।

वैशाख २७ मा आफूले संसदमा विश्वासको मत माग्दा माधव नेपाल २७ सांसद लिएर बाहिर गएको र सरकार ढालेको उनले बताए । त्यसपछि पनि आफूलाई सरकारबाट हटाउन र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिकहाँ र सर्वोच्च अदालत जानु अराजकता र पार्टीविरोधी काम भएको उनले बताए ।

देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री दाबी गर्दा समर्थन गर्ने २६ तथा संसद पुनस्र्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै सर्वोच्च अदालत जाने माधव नेपाल समूहका २३ सांसदमा सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरु पनि थिए । लामो समय माधव नेपाल निकट रहेका उनीहरु १० बुँदे समझदारी कार्यान्वयन गर्ने सहमतिका आधारमा एमालेकै क्रियाशील भएका छन् ।

तर एमाले अध्यक्ष ओलीले भने उनीहरुलाई हरियो सापको संज्ञा दिएका छन् । उनले अघि भने ‘हाम्रै पार्टीभित्रका हरिया साँपहरुलाई प्रयोग गरेर हामीलाई डस्ने काम भयो । त्यसकारण आज हामी सरकार छैनौं, प्रतिपक्षमा छौं ।’

२७ वैशाखमा म विश्वासको मतमा गएँ । विश्वासको मत आउँथ्यो, तर माधव नेपालले आफ्नै २७ जना लिएर बाहिर गए । एमालेको सरकार ढलाए, अल्पमतमा पारे । संसद अन्त्य भयो । अहिले माधव नेपाल संसद बचाउनका लागि भन्दै हिँडेका छन् । संसद बचाउने भोट दिइँदैन ? जे होस्, एमालेको सरकार ढालियो ।

हाम्रै साथीहरु केपी ओलीलाई सरकारबाट हटाइपाऊँ, शेरबहादुर देउवालाई नियुक्त गरिपाऊँ भनेर कागज यसो झुण्ड्याउँदै शेरबहादुर देउवाका पछिपछि लुखुर लुखुर गर्दै राष्ट्रपति कहाँ गए । त्यहाँबाट नियुक्त हुन सकेन र शेरबहादुर देउवाका पछिपछि फेरि केपी ओलीलाई सरकारबाट हटाइपाऊँ एमाले सरकार ढालिपाऊँ, एमालेको सरकार प्रतिगामी भयो ।

यो त संविधान विपरीत भयो । जनताले छानेको सरकार हटाइपाऊँ, अदालतबाटै सरकार बनाइ पाऊँ । यो चाहिँ लोकतान्त्रिक हुन्छ भनेर हाम्रै मान्छेहरु पनि सर्वोच्च अदालतमा पुगे । यस प्रकारको अराजकता, अनुशासनहीनता, पार्टी विरोधी क्रियाकलाप हाम्रै पार्टीभित्रबाट भयो । हाम्रै पार्टीबाट यस प्रकारका क्रियाकलाप हुनु लाजमर्दो हो । आखिर हाम्रो पार्टीभन्दा बाहिरबाट मात्र त्यो सम्भव थिएन । हाम्रै पार्टीभित्र घुसपैठ गरेर हाम्रै पार्टीभित्रका हरिया सापहरुलाई प्रयोग गरेर हामीलाई डस्ने काम भयो । त्यसकारण आज हामी सरकार छेनौं, प्रतिपक्षमा छौं ।

कुहिएको फर्सीलाई नेता मान्नुभो !

अध्यक्ष ओलीले अहिले माधवकुमार नेपाल, एमालेलाई लखेट्ने काममा लागेको बताए । कर्णाली र सुदूरपश्चिममा माओवादी र कांग्रेससँग मिलेर संसदीय दल फुटाउने काम गरेको, लुम्बिनीमा सांसदलाई प्रलोभनमा पारेर राजीनामा गराएको भन्दै उनले भने, ‘प्रदेश १ र बाग्मतीको सरकार ढाल्न लागेका छन् ।’

उनले अघि भने, ‘तपाईंहरु नेता नेता भन्दै हुनुहुन्थ्यो, तर भित्रभित्रै फर्सी कुहिएझैं कुहिसकेको थिएँ ।’

एक्लै जाऊ भनेर पठायौं

स्थायी कमिटी सदस्य पाण्डेले एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्व नेता नेपाललाई एमालेमा फर्किन आग्रह मात्र गरेनन्, क्षमादान पनि दिइने बताए ।

उनीपछि सम्बोधन गरेका अध्यक्ष ओलीले भने माधव नेपाल विना एमाले अगाडि बढ्ने बताए । धुन्धुकारी जन्मियो भने कुल नै समाप्त पार्ने भन्दै उनले भने, ‘हाम्रो पार्टीमा पनि यस्तो एउटा कुपुत्र जन्मियो, बल्लबल्ल कुल जोगाइयो ।’

पार्टी नै कब्जा गर्छु भनेका माधव नेपालहरुलाई कार्यकर्ताले एक्लै जाऊ भनेर पठाएको उनले बताए । ओलीले अघि भने, ‘पार्टी नै कब्जा गर्न खोजेको होइन, त्यो पार्टी खोसेर तपाईंहरुले बचाउनुभएको छ । अनि पार्टी कब्जा गर्छु भन्नेलाई तपाईंहरुले एक्लै परतिर जाऊ भनेर हटाइदिनुभएको छ । के फरक परेको छ ?’

जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस्

एमाले अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई हाउगुजीका रुपमा नबुझ्न नेता कार्यकर्तालाई आग्रह गरे । जेठ २ भनेको श्राद्धमा बिरालो बाँधेजस्तो नभएको भन्दै उनले भने, ‘जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् । त्यही हो १० बुँदे ।’

माधव नेपाललाई फुट्न नदिन कार्यदल बनाएको तर १० बुँदेलाई अस्वीकार गरेको उनले बताए । तर आफूहरुले त्यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान १० बुँँदेलाई स्वीकार गरेका उनले बताए ।

१० बुँदे भन्ने छ अहिले । १० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन । त्यसकारण १० बुँदे के ? जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् न । त्यही हो १० बुँदे । जेठ २ गते भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको २०७५ साल कहाँबाट फर्किन्छ ? जस्ताको तस्तै त फर्किँदै फर्किँदैन नि । नेकपाको दर्ता बदर भएपछि नेकपा एमाले र माओवादी सर्लक्क अलग भएको होइन, त्यो कानुनी कुुरा हो । हामीले पार्टी एकीकरण गरेका थियौं २०७५ जेठ ३ गते । त्यो एकीकरण कायमै छ । प्रचण्ड गुट अलग भएर गयो, माओवादी केन्द्रबाट आउनु भएका थुप्रै साथीहरु अहिले पनि यसै पार्टीमा हुनुहुन्छ । यो पार्टीको अहिलेको नाम नेकपा एमालेको हो । यो हिजोको नेकपाको पनि निरन्तरता हो, एकीकणको पनि निरन्तरता हो । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, सजिलोसँग कामलाई अगाडि बढाउनुस् । कुनै पनि कारणले तनावग्रस्त नहुनुस्, असहज मनका साथ नचल्नुस् । कतिपय ठाउँमा विनासित्ति जेठ २ भनेर … जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो होइन । यो त पार्टीलाई गतिशील बनाउन र समस्या देखा परे भने समस्या समाधान गर्न हो । यो कुनै पार्टीसँग गरिएको सम्झौता होइन । हामीले माधव नेपाललाई पनि फुट्न नदिने भनेर बनाइएको कार्यदल थियो । त्यो क्षति रोक्न बनाइएको थियो । माधव नेपालले अस्वीकार गरे । हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अष्टलक्ष्मीलाई ओलीको प्रश्न : फेरि पार्टी फुटाउन माधव नेपाल चाहियो ?
  • २०७८ भाद्र २३, बुधबार १०:४७
  • In "देश"
  • ओलीसँग एकताको सम्भावना छैन : माधव नेपाल
  • २०७८ भाद्र २३, बुधबार १०:४७
  • In "देश"
  • प्रचण्डलाई हजार वर्ष कैद गरे पनि कम हुन्छ – राजेन्द्र महतो
  • २०७८ भाद्र २३, बुधबार १०:४७
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

जनकपुरमा आगलगी, छोरीको बिहे गर्न किनेको सबै समान जलेर नष्ट

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि

स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता नलिने नागरिकलाई सम्मान गरिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version