काठमाडौं । अफगानिस्तान कब्जामा लिएको विद्रोही तालिवानीलाई पाकिस्तानले लामो समयदेखि सघाउँदै आएको पुष्टि भएको छ ।
अमेरिकाले आतंकवादी घोषणा गरेर वर्षौ सैन्य कारवाही गरेको तालिवानी समूहलाई पाकिस्तानले सहयोग गर्दै आएको खुलेको हो ।यसको पछाडि चीन उभिएको आशंकालाई पनि बल पुगेको छ ।
किनभने चीनले तालिवानी नेतालाई बेइजिङमा रेड कार्पेटमा स्वागत गरेको थियो । पाकिस्तानको सहयोग रहेको कुरा काबुलबाट तालिवानका कमाण्डरले पुष्टि गरेका छन् । सोही सहयोग पाएर तालिवानले पाकिस्तानलाई दोस्रो घर भनेको छ ।
प्रवक्ता जबीउल्लाह मुजाहिदले पाकिस्तानलाई दोस्रो घर जस्तो भएको बताएका हुन् । साथै पाकिस्तानको हितविपरीत कुनै काम गर्न नदिने वचन पनि दिए ।
उनले पाकिस्तानको आतंकवादी संगठन टीटीपीका बारे पनि टिप्पणी गरे । तेस्रो मुलुकको हितविपरीत अफगानिस्तानको भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाए ।