• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्टीभ जब्सले हस्ताक्षर गरेको ‘एप्पल टू’को म्यानुअल साढे ९ करोडमा बिक्यो


स्टीभ जब्सले हस्ताक्षर गरेको ‘एप्पल टू’को म्यानुअल साढे ९ करोडमा बिक्यो

काठमाडौं ।  संसारकै मूल्यवान ब्राण्डको रुपमा रहेको एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सले सन् १९७३ मा जागिरका लागि दिएको दरखास्त गत महीना झण्डै ४ करोड रुपैयाँमा विक्री भएको थियो ।

जागिरको लागि दरखास्त हाल्ने बेलामा स्टीभ जब्स १८ वर्षका थिए र दरखास्तको निवेदनमा उनी आफैले दस्तखत गरेका थिए । यसबाट स्टीभ जब्सका जुनसुकै चिजहरु पनि कति मूल्यवान तथा महत्वपूर्ण छन् भन्ने पुष्टि हुन्छ । त्यहीँ कुरालाई पुनर्पुष्टि गर्दै हालै स्टीभ जब्सको हस्ताक्षर रहेको एउटा कम्प्युटर म्यानुअल झण्डै नौ करोड रुपैयाँ बराबरको मूल्यमा विक्री भएको छ ।

सन् १९८० मा स्टीभ जब्सले दस्तखत गरेको एप्पल टू कम्प्युटरको म्यानुअल ७ लाख ८७ हजार ४८४ अमेरिकी डलरमा हालै लिलाम भएको हो । गत अगष्ट १९ मा लिलाम भएको उक्त म्यानुअल जिम इर्शे नामक व्यक्तिले किनेका छन् । जिम इर्शे अमेरिकी फुटबल टिम इन्डियानपोलिस कोल्ट्सका मालिक हुन् ।

अमेरिकाको बोस्टनस्थित लिलामी घर आर आर अक्सनले स्टीभ जब्स हस्ताक्षरित उक्त एप्पल टू को म्यानुअल लिलामी गरेको हो । उक्त म्यानुअल १ सय ९६ पन्नाको छ । त्यसको विषयसूचि भएको पेजमा स्टीभ जब्सले हस्ताक्षर गरेका छन् । स्टीभ जब्सका अलावा उक्त पन्नामा एप्पलका पूर्व लगानीकर्ता माइक मार्कुलाको पनि हस्ताक्षर छ ।

स्टीभ जब्सले हस्ताक्षरसँग त्यहाँ लेखेका छन्, ‘जुलियन, कम्प्युटरसँगै हुर्कने तपाइँको पुस्ता पहिलो पुस्ता हुनेछ । जाऊ, दुनिया बदल ।’

स्मरण रहोस् जुलियन ब्रेवरका पिता माइकलले सन् १९७९ मा बेलायतमा एप्पलका कम्प्युटर वितरण गर्ने लाइसेन्सका लागि कुराकानी गरेका थिए । जुलियन त्यसबेला बच्चै थिए ।

जुलियनले आर आर अक्सनलाई बताए अनुसार उनी आफ्नो बेडरुममा एप्प्ल टू मा गेमको कोड लेखिरहेका थिए । त्यहीबेला उनका बुवाले भने, ‘आऊ एकजना पाहुनासँग भेट ।’ ती पाहुना वास्तवमा स्टीभ जब्स नै थिए । उनको घरमा आएको बेला जब्सले उक्त एप्पल टू को म्यानुअलमा सन्देश लेखेर हस्ताक्षर गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्टिभ जब्सले बनाएको पहिलो कम्प्युटर बिक्रीमा, मूल्य २० करोड रुपैयाँ
  • २०७८ भाद्र ८, मंगलवार १८:१५
  • In "देश"
  • एप्पलले रच्यो इतिहास, बन्यो २ ट्रिलियन डलरको पहिलो कम्पनी
  • २०७८ भाद्र ८, मंगलवार १८:१५
  • In "सूचना-प्रविधि"
  • एप्पल वाच लगाएर व्यायाम गर्नेलाई पुरस्कार दिने सिंगापुरको घोषणा
  • २०७८ भाद्र ८, मंगलवार १८:१५
  • In "समाचार"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण

सप्तरीमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा किन ढिलाई ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version