• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनको ऋण लिएर फस्यो केन्या ; चीनद्वारा ऋण चुक्ता गराउन दबाव शुरु


चीनको ऋण लिएर फस्यो केन्या ; चीनद्वारा ऋण चुक्ता गराउन दबाव शुरु

एजेन्सी बाट । अफ्रिकाको केन्यामा रेलमार्ग निर्माणका लागि लिइएको चिनियाँ ऋण उसलाई अहिले गलपासो साबित भएको छ । केन्याले ऋण भुक्तानीको म्याद यही डिसेम्बरसम्म मागेको छ । चीनले भने तारन्तार ऋण चुक्ता गर्न दबाब दिँदै आएको छ । केन्याले ३८ अर्ब अमेरिकी डलर ऋण चीनलाई तिर्न बाँकी छ ।

चीन केन्यालाई धेरै ऋण दिने मुलुकमध्ये पहिलो नम्बरको हो । चीनसँग केन्याको कम्पनीले आधुनिक रेल्वे लाइन निर्माणका लागि ऋण लिएको बिजनेस डेलीमा पत्रकार बोनफेस अटोनीले लेखेका छन् ।

चिनियाँहरूको स्थानीय ठेकेदार अफ्रिका स्टार रेल्वे अपरेसन कम्पनी (अफ्रिस्टार)मार्फत केन्याले चिनियाँ बैंकबाट ऋण लिएको थियो । स्ट्यान्डर्ड गेज रेलका लागि (एसजिआर) रेलमार्ग सञ्चालनका लागि लिइएको ऋण तिर्ने भाका केन्याले डिसेम्बरसम्मका लागि चीनलाई प्रस्ताव गरेको छ । चीनको चाइना रोड एन्ड ब्रिज कर्पोरेसनलाई केन्याका विभिन्न परियोजनाहरूबाट ३८ अर्ब अमेरिकी डलर भुक्तानी गर्न बाँकी छ । रेल्वेकै लागि चीनले सुरुमा तीन अर्ब २० करोड अमेरिकी डलरमा मोसाम्बादेखि नैरोबी र त्यसपछि नैरोबीबाट नैभाषासम्मका लागि भनेर थप एक अर्ब ५० करोड डलरमा ठेक्का पाएको थियो । रेलमार्ग परियोजना निर्माण चार वर्षअघि नै सन् २०१७ मा सम्पन्न भएको थियो ।

केआरसी (केन्या रेल्वे कर्पोरेसन) र अफ्रिस्टारबीच दुई वर्षअघि सम्झौता भएको थियो । केआरसीले चिनियाँ सर्त स्वीकार गरेर काम थालेको थियो । त्यसका लागि केन्याले चीनसँग ऋण सापटी लिएको थियो । मोम्बासादेखि नैराबीसम्म जोड्ने रेलको इन्जिन र कोच खरिदका लागि पनि चिनियाँ बैंकसँग पैसा लिइएको थियो । चीनको एक्जिम बैंकबाट केन्याले २०१४ मेमै परियोजनाका लागि रकम लिएको थियो । सुरुमा ऋण अवधि पाँच वर्षको थियो ।

अहिले चिनियाँ फर्मले रेल्वे परियोजना पूर्ण रूपमा हस्तान्तरण हुनुपूर्व अर्बौँ सिलिङको माग गरेको बिजनेस डेलीले लेखेको छ । संसद्ले एसजिआरको लागत आधा घटाउन केन्या सरकारलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यी हुन् चिनियाँ ऋणले थिचिएका देश
  • २०७८ भाद्र ४, शुक्रबार १६:०२
  • In "BannerNews"
  • चिनियाँ ऋण र पैसाको बलमा आर्थिक भार थुप्रदै विभिन्न देशमा जालो बुन्दै
  • २०७८ भाद्र ४, शुक्रबार १६:०२
  • In "BannerNews"
  • गरिब देशहरू चिनियाँ ऋणको पाँसो फस्दै , सुटुक्क बेल्ट एण्ड रोड (बीआरआई) को बहाना बिस्तार नीति
  • २०७८ भाद्र ४, शुक्रबार १६:०२
  • In "विचार"
Tags: #world#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

किन भयो स्थानीय मुस्लिम र भारतीय प्रहरीबीच झड्प?

अफ्रिकाबाट चीनमा वनस्पति तथा वन्यजन्तुहरूको अवैध तस्करी जारी

पाकिस्तानमा पत्रकारमाथि हिंसा बढ्दाे , ईयूको गम्भीर ध्यानाकर्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version