विश्वमा चीनको छविलाई शुद्ध राख्न र चिनियाँ प्रभावलाई बढाउन सामाजिक संजालमा अभियान चलाइएको एउटा अध्ययनले जनाएको छ।
सेन्टर फर इन्फरमेसन रेजिलेन्स सीआईआरको अध्ययनअनुसार तीन सय पचासभन्दा बढी नक्कली सामाजिक संजाल खताहरुको एउटा नेटवर्क चीनको बखान गर्न र चिनियाँ सरकारको विरोधीलाई बदनाम गर्न लागि परेका छन्।
सीआईआर नामक संस्थाको उक्त प्रतिवेदनले ती नक्कली सामाजिक सञ्जाल प्रोफाइलहरूको उद्देश्य पश्चिमा विश्वको विश्वसनीयता खस्काउनु र बाहिरी विश्वमा चीनको प्रभाव तथा छवि बढाउनु भएको पनि उल्लेख गरेको छ।
बीबीसीलाई हेर्न दिइएको उक्त अध्ययन प्रतिवेदनमा ती सामाजिक सञ्जालका नक्कली खाताहरूले चीनका आलोचक निर्वासित चिनियाँ अर्बपति गो वेनगुईसहित अन्यलाई बदनाम गर्न भड्किला कार्टुनहरूलाई फैलाएको पाइएको उल्लेख छ।
ट्विटर, फेसबुक, इन्स्टाग्राम र युट्युबलगायतमा बनाइएका त्यस्ता केही खाताहरूमा आर्टिफिसियल इन्टलिजेन्स एआईद्वारा बनाइएका प्रोफाइल तस्बिरहरू राखिएका छन्। बीबीसी