No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सुजिता हत्या प्रकरण : बाबु कामेश्वरसहित थप तीनजना पक्राउ, यस्तो छ हत्याको कारण !

सुजिता हत्या प्रकरण : बाबु कामेश्वरसहित थप तीनजना पक्राउ, यस्तो छ हत्याको कारण !

जनकपुरधाम । महोत्तरीकी सुजिता हत्या प्रकरणमा बाबु कामेश्वर पाण्डेयसहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुजिता हत्यामा संलग्नता देखिएपछि बाबु पाण्डेयलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीले पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीय प्रमोद मण्डललाई पक्राउ गरेको हो ।

सुजिता ठाकुर हत्यामा उनका बाबु पाण्डेयकोसमेत संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देबर रुपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

‘बाबु कामेश्वर र देवर रुपेशकै मिलोमतोमा सुजिताको हत्या गरिएको खुलेको छ,’ आचार्यले भने,‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’

पटकपटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको उनले बताए ।

‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन । त्यसलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको पाइयो,’ एसपी आचार्यले भने,‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’

रुपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यको भनाइ छ ।

यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका देवर रुपेशसहित सात जनालाई पक्राउ गरिसकेको एसपी आचार्यले बताए ।

यसरी भयो घटना

जेठ २० गतेदेखि महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भम्ररपुराकी सुजिता ठाकुर बेपत्ता थिइन् । कहीँकतैबाट पनि सुनुवाई नभएपछि वैदेशिक रोजगारीमा साउदी रहेका सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत् दिदीको घर पक्षले नै हत्या गरी खेतमा शव गाडेको आरोप लगाए ।

उनले सुजिताका पाँच वर्षीय छोरा रौनकको एउटा भिडिओ पनि सार्वजनिक गरे । त्यो भिडिओमा ती बालकले आमाको हत्या हजुरबुवा, बुवा र काकाले गरेको बताएका छन् । सुजिताको खोजतलासमा प्रहरीले कुनै चासो नदेखाएपछि साउदीबाट नै भाइ जितेन्द्रले जनकपुरका सामाजिक अभियन्ता सरोज रायलाई सहयोगका लागि आग्रह गरेका थिए ।

रायले घटनाबारे थप बुझ्न शुक्रबार सुजिताका माइती रतौली पुगेका थिए । उनले सुजिताका बुवा कामेश्वर, आमा र दुई कान्छा भाइ आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए । त्यसपछि शनिबार अभियन्ता रायले प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेर घटनाबारे ध्यानाकर्षण गराएका छन् । प्रहरीले जाहेरी लिएको तथा सुजिताका श्रीमान र देवरलाई पक्राउ गरिएकाले घटनाको अनुसन्धान हुनेमा स्थानीय बासिन्दा आशावादी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
सिरहाबाट लागूऔषधसहित एक युवक पक्राउ

सिरहाबाट लागूऔषधसहित एक युवक पक्राउ

प्रदर्शनको तयारीमा रहेका युवाहरु प्रहरीको नियन्त्रणमा

धनुषामा बलात्कार गरेर फरार यादव एक वर्षपछि प्रहरीको फन्दामा

पर्सामा बेवारिसे ट्रकबाट २१ किलो गाँजा बरामद

पर्सामा बेवारिसे ट्रकबाट २१ किलो गाँजा बरामद

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .