बारा । सशस्त्र प्रहरीले बारामा ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।
भारतबाट नेपाल ल्याइँदै गरिएको प्रतिबन्धित २७ सय १६ थान लागूऔषध ९सुई० शनिबार बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी दिए ।
उनकाअनुसार सीमावर्ती विश्रामपुर गाउँपालिका–१ कल्याणपुर गाउँबाट भारतको विहार राज्यअन्तर्गत मोतिहारी जिल्लामा पर्ने आदापुरभवानीपुर घरभई भरियाको काम गर्दै आएका १८ वर्षीय सन्तोषकुमार रजक लागूऔषधसहित पक्राउ परेका हुन् ।
उनको साथबाट २र२ एमएलको डाइजोपाम ८ सय ९०, नर्फिन ९ सय १ र फेनारगन ९ सय २५ थान सुईसहित बीआर ०५ वाई २७५२ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको हो ।
उनीमाथि अनुसन्धान गर्न नेपाल प्रहरीलाई बुझाइएको प्रहरी उपरीक्षक कर्णजीतले बताए ।