• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनको वुहान स्थित प्रयोगशालाबाट नै विश्व भरी कोरोना फैलिएको चर्चा


चिनको वुहान स्थित प्रयोगशालाबाट नै विश्व भरी कोरोना फैलिएको चर्चा

चीनको वुहान सहरमा कोभिड-१९ देखा परेको झन्डै डेढ वर्षपछि कोरोनाभाइरसको उत्पत्तिबारे रहस्य अझै विद्यमान छ।

तर केही सातायता चिनियाँ प्रयोगशालाबाट यो भाइरस चुहिएको हुन सक्ने विवादास्पद दाबी पुन: चर्चामा आएको छ।

त्यो पुरानै दाबी हो जसलाई धेरैले यसअघि एउटा सतही “षड्यन्त्रको सिद्धान्त” का रूपमा खण्डन गरेका थिए।

अहिले अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरसको उत्पत्तिबारे गरिएको सम्भावित दाबीको सेरोफेरोमा आकस्मिक अनुसन्धान गर्ने घोषणा गरेका छन्।

हामीलाई यी दाबीहरूबारे के थाहा छ र यो बहस किन महत्त्वपूर्ण छ?

‘प्रयोगशालाबाट चुहिएको’ सिद्धान्त के हो?

पहिलो पटक कोरोनाभाइरस देखा परेको मध्यचीनको वुहानमा अवस्थित एउटा प्रयोगशालाबाट दुर्घटनावश वा अन्य कारणबाट कोरोभाइरस फुत्किएको हुनसक्ने एउटा शङ्काका आधारमा यस्तो दाबी गरिएको देखिन्छ।

यस सिद्धान्तका समर्थकहरूले उक्त सहरमा रहेको एउटा मुख्य जैविक अध्ययन केन्द्रतर्फ औँला ठड्याउँएका छन्।

वुहान इन्स्टिट्यूट अफ भाइरलजीले एक दशकभन्दा बढी समयदेखि चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ।

उक्त प्रयोगशाला विभिन्न प्रजातिका जीव र माछा एवं तिनका मासु पाइने एउटा बजारभन्दा केही किलोमिटर मात्र पर छ।

वुहानभित्र पनि त्यहीँ पहिलो पटक मानिसहरूमा कोरोनाभाइरस देखिएको थियो।

यस सिद्धान्तमा विश्वास गर्नेहरू भाइरस प्रयोगशालाबाट चुहिएर उक्त बजारमा फैलिएको हुनसक्ने धारणा राख्छन्।

धेरैलाई उक्त भाइरस प्रयोगशालामा तयार पारिएकोभन्दा पनि प्राकृतिक रूपबाटै सङ्कलन गरिएको अपरिवर्तित विषाणु हो भन्ने लाग्छ।

यो दाबी महामारीको सुरुतिरै फैलिएको थियो र तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई झन् बढ्ता फैलाएका थिए।

केहीले चाहिँ यो सम्भावित जैविक हतियारका रूपमा मानवनिर्मित भाइरस भएको ठानेका छन् ।

चीनको कोभिड युक्ति

यतिखेर फेरि किन यसको चर्चा?

अमेरिकी सञ्चारमाध्यमहरूले यसबारे समाचार प्रकाशित गरिररहेका छन्। कुनै बेला यस विषयमा सन्देहपूर्वक हेर्ने वैज्ञानिकहरूले पनि यसबारे ताजा धारणा व्यक्त गरेका छन्।

एउटा गोप्य अमेरिकी जासुसी प्रतिवेदनले सन् २०१९ को नोभेम्बरमा वुहान प्रयोगशालाका तीन अनुसन्धानकर्ताहरूको अस्पतालमा उपचार भएको जनाएको छ।

यो साता अमेरिकी सञ्चारमाध्यममा आइरहेको समाचारका अनुसार त्यो भनेको सहरका मानिसहरूमा भाइरस देखिनुभन्दा ठिक अगाडिको अवस्था हो।

तस्बिरको क्याप्शन,वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ

तर समाचारहरूका अनुसार यसै सिद्धान्तबारे ट्रम्प प्रशासनले सुरु गरेको अमेरिकी विदेश मन्त्रालयको एउटा अनुसन्धान भने बाइडन प्रशासनले बन्द गरेको छ।

अमेरिकी माथिल्लो सदन सिनेटको एक समितिमा ११ मेमा बाइडनका प्रमुख स्वास्थ्य सल्लाहकार एन्थनी फाउचीले भनेका थिए: “त्यसको सम्भावना निश्चित रूपमा छ र म त्यो भए नभएको विषयको पूर्ण अनुसन्धान हुनुपर्छ भन्ने पक्षमा छु।”

राष्ट्रपति बाइडनले आफूले पदभार लिएपछि कोभिड-१९ को उत्पत्तिबारे एउटा प्रतिवेदन माग गरेको जसमा ‘त्यो सङ्क्रमित जनावरसँग मानव संसर्ग भएर वा प्रयोगशालाको दुर्घटनामार्फत् के भएको हो’ भन्ने खोजेको जनाएका छन्।

मङ्गलवार ट्रम्पले द न्यूयोर्क पोस्टलाई दिएको इमेल वक्तव्यमार्फत् पुनः” त्यसबारे बढेको चासोको श्रेय लिन खोजेका छन्।

“मेरा लागि सुरुदेखि नै त्यो स्पष्ट थियो तर सधैझैँ मेरो नराम्ररी आलोचना गरियो,” ट्रम्पले भनेका छन्। “अहिले ती सबैले भनेका छन्: ऊ ठिक थियो।” बिबिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको नयाँ खुलासा
  • २०७८ श्रावण ९, शनिबार २१:२५
  • In "BannerNews"
  • चिनले बिश्व स्वास्थ्य संगठनलाई कोरोना उत्पत्ति बारे जांच गर्न किन अनुमति दिदैन ?
  • २०७८ श्रावण ९, शनिबार २१:२५
  • In "अन्तराष्ट्रिय"
  • वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो
  • २०७८ श्रावण ९, शनिबार २१:२५
  • In "BannerNews"
Tags: #Covid-19#world#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अभियानले सिरहामा शनिबार जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन

' वास्तवमा तिब्बततिरका नेपाली रुई गाउँ ६० वर्षअघि चीनलेनै लिएकै हो '

राजनीतिलाई नराम्रो बाटोमा लान खोजिँदैछ : केपी ओली

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version