• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा


स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा

काठमाडौं । स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ ।

अर्थ मन्त्रालयका अधिकारीहरूको संयोजकत्वमा गठित एक कार्यदलले कार्यविधि तयार गरिसकेको र केही दिनमै उक्त कार्यविधिलाई मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरिएको हो । यो कार्यक्रमलाई लामो समयदेखि रूप फेरेर बजेटमा राखिँदै आएको थियो । तर, कार्यान्वयनमा भने जान सकेको थिएन ।

आव २०७८/७९ का लागि विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा यो कार्यक्रमअन्तर्गत १ प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरेका थिए । ‘युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी १ प्रतिशत ब्याजदरमा रू. २५ लाखसम्म बीउ पूँजी कर्जा उपलब्ध गराइनेछ,’ बजेटमा भनिएको थियो ।

लामो समयदेखि बजेटमा राखिँदै आएको यो कार्यक्रम कार्यान्वयन गर्न स्पष्ट परिभाषा, कार्यविधि एवं मापदण्ड नहुँदा अप्ठ्यारो पर्दै आएको थियो । अहिले बनाइएको यससम्बन्धी कार्यविधिको मस्यौदामा ‘स्टार्टअप’लाई परिभाषित गर्न खोजिएको छ । नवीनतम ज्ञान, सोच, शीप र क्षमता भएको युवा उद्यमी, व्यवसायीलाई ‘नवप्रवर्तनात्मक’ भनिएको छ । तर, यो परिभाषाले स्टार्टअपलाई पूर्णरूपमा परिभाषित गर्न भने सकेको देखिँदैन ।

परिभाषाको सन्दर्भमा निर्देशक÷ कार्यकारी समितिले थप स्पष्ट गर्न सक्नेगरी मस्यौदालाई अन्तिम रूप दिने काम भएको अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले अभियानलाई जानकारी दिएका छन् । अर्थ मन्त्रालयका अधिकारी संलग्न कार्यदलले यो मस्यौदा तयार गरे पनि सार्वजनिक भने अझै गरिएको छैन ।

कार्यदलले बनाएको मस्यौदामा खासगरी बीउ पूँजीको रूपमा १ प्रतिशत ब्याजदरमा प्रदान गरिने सहुलियतपूर्ण कर्जा पाउन परियोजना प्रस्ताव गर्नुपर्ने उल्लेख छ । प्रस्ताव आ≈वानका लागि सरकारले सूचना जारी गर्नेछ । परियोजना प्रस्तावका लागि स्टार्टअप व्यवसायको रूपमा सञ्चालन गर्न सकिने उद्यमका क्षेत्र तोकिएको छ ।

यसअन्तर्गत सरकारले कृषि तथा पशुपन्छीमा आधारितदेखि परम्परागत प्रविधि वा उत्पादन प्रक्रियाको सुधारसँग सम्बद्ध क्षेत्रलाई उद्यम क्षेत्रका रूपमा राखेको छ । वन (जडीबुटी) वन पैदावारमा आधारित, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बद्ध, वैकल्पिक ऊर्जा उत्पादन तथा वितरणसँग सम्बद्ध, विज्ञान, सूचना प्रविधि तथा सञ्चारमा आधारित कसैले उद्यम गर्न चाहे त्यस्तो खालको कर्जा पाउँछन् । यो समाचारआर्थिक अभियान दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?
  • २०७८ असार ३१, बिहीबार १५:२४
  • In "थप"
  • कोरोना कहरमा पनि बैंकले घटाए निस्कृय कर्जा, कुन बैंकको कति ?
  • २०७८ असार ३१, बिहीबार १५:२४
  • In "मध्य पूर्व"
  • गरिब परिवारलाई १० हजार रुपैयाँ बाँड्ने बाटो खुल्यो
  • २०७८ असार ३१, बिहीबार १५:२४
  • In "आर्थिक"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका ३ अभियुक्त जेल चलान

साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारको सिफारिस

अष्ट्रेलियाको सिड्नी क्षेत्रमा दुई साता थपियो लकडाउन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version