• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कमला पुलको पुनर्निर्माण र छानबिन माग गर्दै सिरहामा प्रदर्शन


कमला पुलको पुनर्निर्माण र छानबिन माग गर्दै सिरहामा प्रदर्शन

सिरहा–धनुषा जिल्ला जोड्ने कमला नदीको निर्माणाधीन पुल भासिएको विरोधमा सिरहामा प्रर्दशन भएको छ ।

हुलाकी सडक संघर्ष समितिले पुलको पुनर्निर्माण र छानबिन माग गर्दै आइतबार सिरहा सदरमुकाममा प्रदर्शन गरेको हो ।

झण्डै १० वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको कमला पुल गत असार १३ गते सम्पन्न भइसक्ने सम्झौता भएको थियो । तर, समयमै निर्माण सम्पन्न हुन नसकेपनि अन्तिम चरणमा पुगिसकेको पुल निर्माणको काम सम्पन्न नहुँदै सामान्य बाढी थेग्न नसकेर बिहीबार भत्किएको थियो ।

उनीहरूले कमला पुलको लागि जाँच आयोग गठन गर, भ्रष्ट ठेकेदार मुर्दाबाद, ठेकेदार र सरकारको साँठगाँठ मुर्दाबाद, ठेकेदार, कर्मचारी र प्राविधिक साँठगाँठ मुर्दाको नारासहित आइतबार सदरमुकाममा प्रदर्शन गरे । कमिसनको खेलमा कमसल निर्माण गरिएकोले पुल भासिएको संघर्ष समितिको आरोप छ ।

संघर्ष समितिले प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ज्ञापनपत्र पनि बुझाएको छ । पुल सञ्चालनमा नआउँदै भत्किँदा वर्षौंदेखिको जनताको आशा र भरोषामाथि तुषारापात भएको ज्ञापनपत्रमा उल्लेख छ ।

डिजाइन र निर्माणमा चरम लापरबाही भएको देखिएको भन्दै तुरुन्त जाँच आयोग गठन गरी सत्यतथ्य बाहिर ल्याउन संघर्ष समितिले माग गरेको छ ।

हुलाकी सडक आयोजना कार्यालय, जनकपुरलाई बोधार्थ राखिएको संघर्ष समितिका अध्यक्ष मनोज पासवानद्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा यसमा ढिलाइ भए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।

छानबिन समिति गठन र पुल पुनर्निर्माणको टुंगो चाँडै नलागे आन्दोलनको प्रारुप बढ्ने युवा अरविन्द यादवले बताए ।

पुल निर्माणका लागि सुरुमा पप्पु कन्स्ट्रकसनले २०६८ सालमा ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो । तर, उसले ७ वर्षसम्म सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दिएको थियो ।

तर, विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले निर्माण गरिरहेको कमला पुल आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी भइरहँदा उद्घाटन अगाबै सामान्य बाढीमा भासिन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कमला नदीमा पुल नबन्दा वारपार गर्न डुंगा नै साहरा
  • २०७८ असार २१, सोमबार १०:४८
  • In "BannerNews"
  • सिरहा र धनुषा जोड्ने कमला पुल भाँसियो
  • २०७८ असार २१, सोमबार १०:४८
  • In "देश"
  • कमला पुल निर्माण प्रक्रिया सुरु गर्न मधेश सरकारलाई ७ दिने अल्टिमेटम
  • २०७८ असार २१, सोमबार १०:४८
  • In "BannerNews"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post

धनुषामा मदिरा सेवन गरी मोटरसाइकल कुदाउँदा युवकको ज्यान गयो

रौतहटमा उतपात मच्चाउँदै भारत पसेको जंगली हात्तीको आक्रमणबाट एक पत्रकार गम्भीर घाइते

दर्जनौं निकायमाथि अख्तियारले बढायो निगरानी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version