• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘सिक्किमको भूत छोड्नुस्, आफ्नो आन्तरिक स्थायीत्वमा ध्यान दिनुस्’


‘सिक्किमको भूत छोड्नुस्, आफ्नो आन्तरिक स्थायीत्वमा ध्यान दिनुस्’

विजय सिंह

काठमाडौं । सिक्किमका १२ औं तथा अन्तिम राजा पाल्देन थोन्डुप नामग्याल अपदस्थ भएर सिक्किम भारतमा विलय भएको करिब आधा शताब्दि बितिसकेको छ । तर, नेपाललाई भने सिक्किमको भूतले अझै पनि सताइरहेको छ । आजका दिनमा पनि केही मिडियाहरुमा टिप्पणीकर्ता तथा विश्लेषक भनिएकाहरुले भने नेपाललाई पनि नयाँ दिल्लीले सिक्किमीकरण गर्नसक्ने भन्दै सिक्किमको उदाहरण दिने गरेका छन् । यस्ता उदाहरणहरुले नेपाललाई थप अस्थिरतातर्फ धकेल्छ भन्नेतर्फ उनीहरुको ध्यान गएको देखिँदैन ।

तीनवटा मुलुकको बीचमा स्यान्डविचचजस्तै बनेको सानो हिमालयन राज्य हो सिक्किम । यसको पूर्वमा पश्चिममा नेपाल, पूर्वमा भुटान, उत्तरमा चीन र दक्षिणमा भारत थिए । यो रणनीतिकरुपमा निकै महत्वपूर्ण अधिराज्यको रुपमा रहेको एक सार्वभौम सम्पन्न राष्ट्रको रुपमा रहेको थियो ।

बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत स्वतन्त्र हुँदा पनि सिक्किम एक सार्वभौम राज्य नै नियो । भुटानलेजस्तै सिक्किमले पनि महत्वपूर्ण तीनवटा रक्षा, विदेश सम्बन्ध र सञ्चार मामिलाका विषयमा भने भारतसँग सहकार्य गर्नुपर्ने प्रावधान रहेको थियो ।

बेलायतीहरुले भारत छोडेपछि १२ डिसेम्बर १९५० मा जवाहरलाल नेहरुले सिक्किमलाई विशेष संरक्षण प्रदान गर्ने सन्धि गरेका थियो । राजा चोग्यालको अधिनमा राज्यलाई एक स्वतन्त्र राज्यको हैसियत प्रदान गर्ने नेहरुले प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । तर, राजा चोग्यालले भने सन्धि विपरीत विदेशी मुलुकहरुसँग पनि आफ्नो सम्बन्ध बढाउँदै लगे । जब सन् १९६६ माभारतको प्रधानमन्त्री इन्दिरा गान्धी भइन्, उनले चोग्यालको गतिविधिहरुलाई नजिकबाट नियालीरहेकी थिइन् ।

चोग्यालको अधिकार विस्तारको चाहना र सन्धि विपरीत विदेशी मुलुकहरुसँगको सम्बन्ध विस्तारको योजनाप्रति निकै धैर्यताका साथ हेरिरहेकी थिइन् । चोग्यालको विदेश सम्बन्धलाई विस्तार गर्ने योजनाका बाबजुद् आन्तरिक राजनीतिक अस्थिरता बढिरहेको थियो । सन् १९७३ मा चोग्यालले सबै प्रशासनमा आफ्नो शासनलाई बढाउँदै लगिरहेको थिए । चोग्यालले सन् १९५० मा भारतसँग भएको सन्धि पनि पुनरावलोकन गर्न बताइरहेका थिए । अर्कोतर्फ उनले स्वतन्त्र विदेश सम्बन्ध स्थापना गर्ने प्रयास गरेका थिए ।

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी विशेषगरी उनकी अमेरिकी मुलकी श्रीमती होप कुकप्रति बढी सशंकित भएकी थिइन् । सिक्किमले अस्वभाविकरुपमा भारत पनि दूतावास स्थापना गरेपछि गान्धी थप सशंकित बनन् ि। सन् १९७५ मा नेपालमा राजा विरेन्द्रको राज्यभिषेक हुँदा राजा चोग्याल र रानी होप काठमाडौं आए । उनीहरुले काठमाडौंमा चिनियाँ र पाकिस्तानी नेताहरुसँग भेट गरेका थिए । उनले काठमाडौंमा पत्रकार सम्मेलनसमेत गरेका थिए ।

पत्रकार सम्मेलनमा सिक्किममा भारतले पुर्याएको बाधालाई आलोचना भएको थियो । काठमाडौंबाट फर्किएपछि चोग्याल थप भारतविरोधी बन्दै गएका थिए । उनले सिक्किमा भारतीय प्रभावलाई अन्त्य गर्न चाहेका थिए । उनले नेपाली मुलका सिक्किमीहरुविरुद्ध भइरहेको राजनीतिक विभेदलाई अन्त्य गर्न चाहेको थिए । करिब ७५ प्रतिशत नेपाली भाषी सिक्किमीहरुले आफूविरुद्ध भएको दमनको बदला लिए । उनी आन्तरिक संकटमा फस्दै गए । प्रजातन्त्रलाई बलियो बनाउन नसकेको आरोप उनीमाथि लाग्यो ।

विभिन्न राजनीतिक दलहरु र विशेषगरी सिक्किम नेशनल कंग्रेस र सिक्किम जनता पार्टीले सरकारको विरोध गर्न थाले । काजी लेन्डुप दोर्जे नेतृत्वको सिक्किम नेशनल कंग्रेसले व्यापक जनसमर्थन प्राप्त गरिरहेको थियो । दुबै दलहरुले राजनीतिक स्वतन्त्रताको माग गर्दै मुुलकको विकासमा ध्यान दिनुपर्ने आवाजहरु उठाए । नेपाली भाषी सिक्किमीहरुमा चोग्याल आलोचित हुँदै गए र एक अधिनायकवादी शासक भएको ठहर गरियो ।

सन् १९७५ अप्रिल ९मा चोग्याल काठमाडौंबाट गांकोट फर्किदा भारतीय सेनाले उनको दरबारमा घेरा हालेको थियो । सिक्किममा व्यापाक असन्तुष्टिहरु बढेपछि भारतको सहकार्यमा जनमत संग्रह घोषणा गरियो । सिक्किम भारतमा विलय हुने कि स्वतन्त्र रहने भन्ने कुराको फैसला गर्ने जिम्मा सिक्किमका जनतालाई दिइयो । जनमत संग्रहको परिणाम राजशाहीबाट आक्रोशित भएका सिक्किमका जनताले भारतमा विलय गर्ने फैसला गरे ।

सन् १९७५, २६ अप्रिलमा पाल्देन थोन्डुप नामग्याल अर्थात चोग्यालको शासन अन्त्य भयो र लेन्डुप दोर्जे सिक्किमको पहिलो मुख्यमन्त्री बने । यही कुरालाई लिएर नेपालमा पनि सिक्किमीकरणको भूतको त्रास फैलाउने गरिएको छ । अहिले नेपालमा पनि केही नेताहरुले शक्ति आर्जन गर्नका लागि नेपाली नेताहरुले पनि भारतीय नेताहरुको नजिक हुन खोजेका छन् ।

नेपालले सिक्किमको भूत देखाएर जनतालाई त्रसित बनाउनुभन्दा नेपालको आन्तरिक राजनीतिक स्थायीत्व र राष्ट्रिय एकता कायम गर्न सके सार्वभौम बलियो हुन्छ भन्ने ज्ञान राख्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालसँग सडकले जोडियो भारतको सिक्किम
  • २०७८ असार २१, सोमबार १०:१५
  • In "कोशी प्रदेश"
  • भारत-चीन सीमामा फेरि झडप, २० चिनियाँ सेना घाइते
  • २०७८ असार २१, सोमबार १०:१५
  • In "अन्तराष्ट्रिय"
  • सिक्किममा भारत–चीन सेनाबीच झडप
  • २०७८ असार २१, सोमबार १०:१५
  • In "अन्तराष्ट्रिय"
Tags: #world#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

Next Post

कमला पुलको पुनर्निर्माण र छानबिन माग गर्दै सिरहामा प्रदर्शन

धनुषामा मदिरा सेवन गरी मोटरसाइकल कुदाउँदा युवकको ज्यान गयो

रौतहटमा उतपात मच्चाउँदै भारत पसेको जंगली हात्तीको आक्रमणबाट एक पत्रकार गम्भीर घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version