• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

त्रिशूली कटानको असर: पृथ्वी राजमार्गको फिस्लिङ खण्ड ३० मिटर भासियो (तस्बिरहरू)


त्रिशूली कटानको असर: पृथ्वी राजमार्गको फिस्लिङ खण्ड ३० मिटर भासियो (तस्बिरहरू)

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी साना-ठूला पहिरा गएका छन्।

गत बुधबारदेखि परेको पानीले पहिरो झर्दा ठाउँ-ठाउँमा सडक अवरूद्ध भइरहेको छ भने हजारौं यात्रुले सास्ती पाएका छन्।

पृथ्वी राजमार्गकै बेनीघाट-रोलाङ गाउँपालिका वडा नम्बर १० मा पहिरोले ना ८ ख ४५४० नम्बरको ट्रक पुर्दा शनिबार सहचालक चितवन भण्डाराका वीरबल प्रजाको मृत्यु भयो। अर्का एक घाइते छन्।

पहिरोले ५ सवारी साधनमा क्षति पुगेको थियो। पहिरो र विभिन्न ठाउँमा सडक भासिँदा पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडकमा यात्रुले केही दिनयता दु:ख पाएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ। करिब ३० मिटर लम्बाइ सडक भासिँदा सवारी साधन आवागमनमा समस्या भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार केही वर्षदेखि फिस्लिङ खण्डको सडक भासिएको थियो। इञ्जिनियर शिव खनालले सडक भासिएकोले त्यहाँ ग्राभेल राख्ने काम आइतबार सुरू गरिएको जानकारी दिए।

‘अहिले माटो, ग्राभेल र ढुंगा राखेर भासिएको सडक मर्मत थालेका छौं,’ उनले भने, ‘फेरि सडक भासियो भने दीर्घकालीन रूपमा नै मर्मत गर्नुपर्ने हुन्छ।’

सडक भासिँदै गएमा पछि मुग्लिन-मलेखु आयोजनाले मर्मत गर्ने उनले बताए।

‘सडकको दबेको भागमा ग्राभेल थप गर्दै तत्काल सडक सुचारू गर्न लागेका हौं,’ उनले भने।

सडक भासिनुको कारण भने त्रिशूलीको भेलले कटान गर्नु रहेको उनी बताउँछन्। ‘त्रिशूली नदीले बेश कटान गरिराखेको छ, त्यसैले सडक भासिएको हो,’ उनले भने, ‘कटानले नै सडकको भाग विस्तारै विस्तारै तल झरिरहेको छ।’

सानो प्रयासबाट सडक भासिने काम रोक्न नसकिने उनले बताए। तत्काल सडकमा सवारी साधन चलाउन माथिबाट माटो थप गर्न लागेको उनको भनाइ छ।

यस्तो समस्या यसअघि कुरिनटार र मुग्लिन-नारायणगढ सडकमा पनि देखा परेको थियो। ‘यस्तो समस्या समाधान गर्न त्रिशूलीको किनारमै गएर उपचार गर्नुपर्ने हुन्छ,’ उनले भने। सडक भासिएकोले फिस्लिङ क्षेत्रमा मालबहाक सवारी साधन नचलाउन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले पनि फिस्लिङ क्षेत्रमा ठूला मालबहाक सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। तर यहाँ वैकल्पिक मार्ग नभएकोले जोखिम मोलेरै भासिएको सडकबाट सवारी साधन चलिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जोखिम छ तर, नागढुंगा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !
  • २०७८ असार २०, आईतवार २०:५५
  • In "BannerNews"
  • बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप
  • २०७८ असार २०, आईतवार २०:५५
  • In "BannerNews"
  • देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
  • २०७८ असार २०, आईतवार २०:५५
  • In "BannerNews"
Tags: #यातायात#समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

प्रवेश परीक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

प्रमुख दलका तीनैजना पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

Next Post

चीनले मुस्लिम समुदायको सहि जनसंख्या नदेखाए र दमन बन्द गरे हामी आन्दोलनमा जान्छौ : प्रवक्ता पठान

'सिक्किमको भूत छोड्नुस्, आफ्नो आन्तरिक स्थायीत्वमा ध्यान दिनुस्'

कमला पुलको पुनर्निर्माण र छानबिन माग गर्दै सिरहामा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

प्रवेश परीक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

देउवा परिवारमाथि पनि अनुसन्धान सुरु, घर भत्काउन रोक

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

प्रमुख दलका तीनैजना पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन कांग्रेसको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version