No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

त्रिशूली कटानको असर: पृथ्वी राजमार्गको फिस्लिङ खण्ड ३० मिटर भासियो (तस्बिरहरू)

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी साना-ठूला पहिरा गएका छन्।

गत बुधबारदेखि परेको पानीले पहिरो झर्दा ठाउँ-ठाउँमा सडक अवरूद्ध भइरहेको छ भने हजारौं यात्रुले सास्ती पाएका छन्।

पृथ्वी राजमार्गकै बेनीघाट-रोलाङ गाउँपालिका वडा नम्बर १० मा पहिरोले ना ८ ख ४५४० नम्बरको ट्रक पुर्दा शनिबार सहचालक चितवन भण्डाराका वीरबल प्रजाको मृत्यु भयो। अर्का एक घाइते छन्।

पहिरोले ५ सवारी साधनमा क्षति पुगेको थियो। पहिरो र विभिन्न ठाउँमा सडक भासिँदा पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडकमा यात्रुले केही दिनयता दु:ख पाएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ। करिब ३० मिटर लम्बाइ सडक भासिँदा सवारी साधन आवागमनमा समस्या भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार केही वर्षदेखि फिस्लिङ खण्डको सडक भासिएको थियो। इञ्जिनियर शिव खनालले सडक भासिएकोले त्यहाँ ग्राभेल राख्ने काम आइतबार सुरू गरिएको जानकारी दिए।

‘अहिले माटो, ग्राभेल र ढुंगा राखेर भासिएको सडक मर्मत थालेका छौं,’ उनले भने, ‘फेरि सडक भासियो भने दीर्घकालीन रूपमा नै मर्मत गर्नुपर्ने हुन्छ।’

सडक भासिँदै गएमा पछि मुग्लिन-मलेखु आयोजनाले मर्मत गर्ने उनले बताए।

‘सडकको दबेको भागमा ग्राभेल थप गर्दै तत्काल सडक सुचारू गर्न लागेका हौं,’ उनले भने।

सडक भासिनुको कारण भने त्रिशूलीको भेलले कटान गर्नु रहेको उनी बताउँछन्। ‘त्रिशूली नदीले बेश कटान गरिराखेको छ, त्यसैले सडक भासिएको हो,’ उनले भने, ‘कटानले नै सडकको भाग विस्तारै विस्तारै तल झरिरहेको छ।’

सानो प्रयासबाट सडक भासिने काम रोक्न नसकिने उनले बताए। तत्काल सडकमा सवारी साधन चलाउन माथिबाट माटो थप गर्न लागेको उनको भनाइ छ।

यस्तो समस्या यसअघि कुरिनटार र मुग्लिन-नारायणगढ सडकमा पनि देखा परेको थियो। ‘यस्तो समस्या समाधान गर्न त्रिशूलीको किनारमै गएर उपचार गर्नुपर्ने हुन्छ,’ उनले भने। सडक भासिएकोले फिस्लिङ क्षेत्रमा मालबहाक सवारी साधन नचलाउन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले पनि फिस्लिङ क्षेत्रमा ठूला मालबहाक सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। तर यहाँ वैकल्पिक मार्ग नभएकोले जोखिम मोलेरै भासिएको सडकबाट सवारी साधन चलिरहेका छन्।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #यातायात#समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

जनकपुरमा सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, डीएमदेखि सीडीओसम्मको सहभागिता

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट

विआरआई: विकास परियोजना कि चिनियाँ विस्तारवाद ?

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

धनुषा प्रहरीले मानिस पक्राउको विषयमा गरे गलत सूचना सम्प्रेसन

मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

Next Post
चीनले मुस्लिम समुदायको सहि जनसंख्या नदेखाए र दमन बन्द गरे हामी आन्दोलनमा जान्छौ : प्रवक्ता पठान

‘सिक्किमको भूत छोड्नुस्, आफ्नो आन्तरिक स्थायीत्वमा ध्यान दिनुस्’

'सिक्किमको भूत छोड्नुस्, आफ्नो आन्तरिक स्थायीत्वमा ध्यान दिनुस्'

कमला पुलको पुनर्निर्माण र छानबिन माग गर्दै सिरहामा प्रदर्शन

Leave a Reply Cancel reply

ताजा समाचार

जनकपुरमा सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, डीएमदेखि सीडीओसम्मको सहभागिता

जनकपुरमा सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, डीएमदेखि सीडीओसम्मको सहभागिता

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट

विआरआई: विकास परियोजना कि चिनियाँ विस्तारवाद ?

विआरआई: विकास परियोजना कि चिनियाँ विस्तारवाद ?

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

धनुषा प्रहरीले मानिस पक्राउको विषयमा गरे गलत सूचना सम्प्रेसन

धनुषा प्रहरीले मानिस पक्राउको विषयमा गरे गलत सूचना सम्प्रेसन

वाइवाइले तौल घटायो, मूल्य बढायो

वाइवाइले तौल घटायो, मूल्य बढायो

मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

मधेस प्रदेश : नगरपालिकाको कार्यकक्षमै टिकटकमा मस्त नगरपालिकाका अधिकृत रामबाबु साह

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित
नेपाल एक्सन डटकम अनलाइन
ठेगाना: अनामनगर, काठमाडौं
इमेल : [email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com | | Website by Nitrahost.

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com | | Website by Nitrahost.

%d bloggers like this: