• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या


अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या

काठमाडौं । यो वर्ष पनि कोरोना महामारीको दोस्रो लहरका कारण विद्यालय बन्द छन् । स्थानीय पालिकाहरूले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्याङ्कनपछि इन्टरनेट पहुँचमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा जोड्न थालेका छन् ।

महामारीको विषम परिस्थितिमा विद्यार्थीलाई सिकाइबाट बञ्चित हुन नदिन भन्दै सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ कार्यान्वयन गराउन निर्देशन दिएको छ ।

निर्देशिकाले अनलाइन, रेडियो, टेलिभिजन, खुला शिक्षाबाट बालबालिकालाई सिकाइसँग जोड्न सकिने उपाय दिएको छ । बजार, सहरी क्षेत्रका अधिकांश बालबालिका अनलाइन कक्षामा जोडिएका छन् ।

तर एकोहोरो अनलाइन कक्षाले बालबालिकालाई सकारात्मकभन्दा नकारात्मक प्रभाव पार्न थालेको बाल मनोविद्हरू बताउँछन् । विद्यालयको निरन्तर एकतर्फी कक्षाले उनीहरूको मनोसामाजिक स्वास्थ्यमा असर देखिन थालेको उनीहरूको दाबी छ ।

बालमनोविद्हरूका कुरा सुनेपछि हामीले केही अभिभावक र विद्यार्थीको अनुभव लिएका छौं :

ललितपुरको ज्वागल बस्ने ७ वर्षका प्रेम बुढाथोकी यो वर्ष दुई कक्षा पुगे । प्रेमले एक कक्षामा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन कक्षा पढे । परीक्षा पनि अनलाइनबाट दिए । कक्षा २ मा पुगेका प्रेमको असार ४ गतेदेखि अनलाइन कक्षा सुरु भएको छ । अहिले पनि उही तालिका छ । अर्थात बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म । हरेक पिरियड १० मिनेट ब्रेक हुन्छ । साढे ११ बजेदेखि साढे १२ बजेसम्म छुट्टी हुन्छ ।

प्रेमकी आमा स्नेहा तामाङले छोरा अनलाइन कक्षा पढिरहेको बेला कहिलेकाँही मात्रै शिक्षक, शिक्षिकासँग दोहोरो बोलेको सुनेकी छिन् । स्नेहालाई मेरो छोरो मात्रै नबोल्ने होकि भन्ने शङ्का लागेर नियाल्दा कोही पनि नबोलेको सुनेपछि विद्यालयको नियम नै होला भनेर अनुमान लगाइन् ।

प्रेमकी आमा स्नेहा हिजोआज एकोहोरो पढाइ नहुनुपर्ने हो कि भन्ने लाग्न थालेको बताउँछिन् । भन्छिन्, ‘त्यसरी पढाउँदा त केटाकेटीले बुझे कि बुझेनन् भनेर कसरी सर मिसले था पाउँछन् होला र ? पढाउँदै सोध्दै गरे पो हुने ।’

एकदम चन्चले स्वभावका प्रेम हिजोआज शान्त हुँदै गइरहेका छन् । स्नेहा भन्छिन्, ‘आजभोलि उसको बानी धेरै फरक हुँदै गइरहेको छ । साइकल खेल्न भनेपछि हुरुक्कै हुने ऊ आजभोलि मोबाइल अथवा टिभी हेरेर बस्न थालेको छ ।’

मध्यबानेश्वरका नौ वर्षीय सुवोध बस्नेत कक्षा तीनमा पढ्छन् । बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन कक्षा चल्छ । हरेक पिरियडमा ५ मिनेट ब्रेक हुन्छ । बीचमा सवा ११ बजेदेखि १२ बजेसम्म बिदा हुन्छ । त्यसपछि फेरि अनलाइन कक्षा सुरु भइहाल्छ ।

असार ३ गतेदेखि सुबोधको पनि नयाँ कक्षासँगै अनलाइन कक्षा सुरु भएको उनकी आमा सरिता बस्नेत बताउँछिन् । सुबोधले दुई कक्षामा पनि त्यसैगरी पढेका थिए । सुबोध दुई कक्षामा हुँदा अनलाइन पढाइ भइरहँदा बोलेको अथवा उत्तर दिएको नसुनेपछि सरिताले आफ्नो छोरालाई ‘बाबु तिमी किन बोल्दैनौं ? सर मेमले केही सोध्नुहुन्न ?’ भन्दा सुबोधले ‘बोल्नु हुँदैन के मामु बोल्यो भने हल्ला हुन्छ’ भनेपछि नियम नै त्यस्तै रहेछ भन्ने सुनितालाई लाग्यो ।

सुबोध स्वभावैले शान्त बालक हुन । एउटा खेलौना पाएपछि त्यही खेलेर बसिरहने । अचेल अरु खेलौनाभन्दा मोबाइल र टिभीमा रमाउन थालेका छन् । धेरै समय उनको पनि स्क्रिनमा नै बित्न थालेको छ ।

ललितपुर कुपोन्डोलकी सपना श्रेष्ठ कक्षा ७ मा पढ्छिन् । हिजोआज उनलाई अनलाइन कक्षा नै आनन्द लाग्न थालेको छ । सुरु-सुरुमा अनलाइन कक्षा लिन निक्कै गाह्रो भएको थियो । कहिले विद्यालय खुल्छ भने जस्तै भएको थियो । तर हिजोआज विद्यालय जाने कुरा सम्झँदा पनि अल्छि लाग्ने गरेको उनी सुनाउँछिन् ।

भन्छिन्, ‘अब त कोठामा बस्ने बानी परेछ । स्कुल जाने सम्झेर पनि अल्छी लाग्छ । जाँगर नै घटेको छ ।’ उनको बिहान १० बजेदेखि ४ बजेसम्म नियमित अनलाइन कक्षा हुन्छ । दिउँसो एक बजेदेखि २ बजेसम्म ब्रेक हुन्छ । त्यसबेला पनि उनी मोबाइलमा नै हुन्छिन् । खाजा खाँदै इन्टाग्राम अथवा टिकटक हेर्ने उनको बानी भएको छ । उनको भनाइअनुसार सामान्यतया उनी दैनिक १२ घन्टा मोबाइलको स्क्रिनमा समय बिताउँछिन् ।

अभिभावक एवं विद्यार्थीको अनुभव मनोविद्हरूले दाबी गरेभन्दा फरक देखिँदैन । विद्यालयको निरन्तरको अनलाइन कक्षाले बालबालिकाहरूलाई अल्छि बनाउँदै लगिरहेको छ । विद्यालयले संचालन गरेको अनलाइन कक्षामा जोडिने कक्षा एक देखिका बालबालिका छन् । एक कक्षाका बालबालिका नौ बजेदेखि ३ बजेसम्म निरन्तर मोबाइल, ल्यापटप अगाडि बसेर पढ्न बाध्य छन् । त्यसपछि कक्षा अनुसार समयावधि पनि बढ्दै गएको देखिन्छ ।

बाल मनोविद् मधु विलास खनाल भन्छन्, ‘अनलाइनले बालबालिकालाई एकोहोरो बनाउँदै लगिरहेको छ । केही सामान चाहियो भने नपाइन्जेल समानको लागि जिद्दी गरिरहने समस्या अधिकांश बालबालिकामा देखिएको छ ।’

बालबालिकामो मनोसामाजिक समस्या

अन्तरक्रिया गर्न नसक्ने, घुलमिल हुन नचाहने, बोल्ने बानी कम हुँदै गएको, सम्झने शक्ति कम हुँदै जाने, एकोहोरो एक ठाउँमा धेरैबेर बस्नुपर्ने बानी विकास हुँदै जाँदा अल्छी हुने, ध्यान केन्द्रित गर्न नसक्ने, अनलाइनमा भर पर्ने, जिद्दी गर्ने किसिमका समस्याहरू बालबालिकामा देखिन थालेको मनोविद्हरू बताउँछन् ।

अधिकांश विद्यालयहरूले अन्तरक्रिउात्मकभन्दा पनि शिक्षकले पढाएको सुन्ने र नबुझेको सोध्नलाई पनि लेखेर सोध्नुपर्ने बनाएका छन् । शिक्षकले दिएको गृहकार्य, कक्षाकार्य पनि फोटो खिचेर पठाउनुपर्ने हुन्छ । त्यसले गर्दा विद्यार्थीको अन्तर्क्रियात्मक बानी क्षय हुँदै गएको मनोविद् डा.पुष्पा अधिकारी बताउँछिन् ।

‘अधिकांश विद्यालयले हल्ला हुने भनेर विद्यार्थीको माइक म्युट गरेर शिक्षक, शिक्षिकाले पढाएको एकोहोरो सुनाउने गरेको पाइयो,’ मनोविद् अधिकारी भन्छिन्, ‘विद्यार्थीले छलफल गर्न त के प्रश्नसमेत गर्न पाउँदैनन् । यसले विद्यार्थीको अन्तर्क्रियात्मक बानी शून्य पार्दै लगिरहेको छ ।’

शिक्षक शिक्षिकाले पढाएको कुरा रेकर्ड गर्न, नोटहरू स्क्रिनसट गर्न मिल्छ । त्यसले विद्यार्थीहरूको सम्झना गर्ने शक्ति घटाउँदै लगेको मनोविद्हरूको तर्क छ । एकोहोरो स्क्रिनसटनमा हेरिरहन सकिँदैन । जसको कारण यता उता हेर्दा ध्यान पनि त्यतै जान्छ । त्यसले ध्यान पनि विकेन्द्रित हुन जान्छ ।

बाल मनोविद् मधु विलास खनाल अनलाइन कक्षाले बालबालिकाको मनोसामाजिक स्वास्थ्यमा नकारात्मक प्रभाव बढाउँदै लगिरहेको बताउँछन् । उनी भन्छन्, ‘अनलाइनले बालबालिकालाई एकोहोरो बनाउँदै लगिरहेको छ । केही सामान चाहियो भने नपाइन्जेल समानको लागि जिद्दी गरिरहने समस्या अधिकांश बालबालिकामा देखिएको छ ।’

विद्यालयहरूले के गर्नुपर्छ ?

अनलाइनले बालबालिकालाई मनोसामाजिकरुपमा गम्भीर समस्या परिरहेकोले विद्यालयहरूले अनलाइन सिकाइ शैली फरक, सिर्जनात्मक, व्यवहारिक बनाउनुपर्ने मनोविद् तथा शिक्षाविद्हरू बताउँछन् ।

प्रयोगात्मक सिकाइ बालबालिकाको लागि बढी प्रभावकारी हुने हुँदा विद्यालयले सिर्जनात्मक उपाय अपनाउनुपर्ने मनोविद् डा.पुष्पा अधिकारी बताउँछिन् । त्यसका लागि छुट्टै पाठ्यक्रम नै तयार पार्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।

भएका पाठ्यक्रमलाई सिर्जनात्मक तरिकाले पढाउने हो भने अहिलेको भन्दा प्रभावकारी एवं बालबालिकामैत्री हुने उनको दाबी छ । भएका पाठ्यक्रमलाई रटाउने भन्दा पनि बुझाउने शैली बनाउनुपर्ने उनको सुझाव छ ।

डा. अधिकारी उदाहरण दिँदै भन्छिन्, ‘एउटा पिरियडमा बढीमा २० मिनेट पढाउने र बाँकी समय अन्तरक्रियात्मक बनाउनुपर्छ । होमवर्क दिँदा सिर्जनात्मक उत्तर आउने खालको प्रश्न दिनुपर्छ ।’

बालबालिकालाई समूहमा बसेर समाधान हुने, अभिभावकको सहयोगमा समाधान हुने किसिमको होमवर्क दिँदा साथीभाइबीचको सम्बन्ध, परिवारसँगको सम्बन्ध बलियो हुन्छ । पाठलाई व्यवहारीकतासँग जोड्दा धेरै समय स्क्रिनमा बस्न नपर्ने र काम पनि सिक्ने मनोविद् डा.अधिकारी बताउँछिन् ।

बालमनोविद् मधुविलास खनाल राज्यले नै सिकाइ कार्यविधि बनाउँदा बालबालिकाको मनोसामाजिक स्वास्थ्यलाई ध्यान नदिएको बताउँछन् । त्यसले गर्दा अहिलेको निरन्तर अनलायन कक्षाको कारण बालबालिकाको मनोसामाजिक स्वास्थ्यमा परेको असरको जिम्मा कसले लिने भन्ने समस्या देखिएको छ । अभिभावक पनि यसबारे सचेत छैनन् । विद्यालयले पनि पनि बालबालिकामैत्री अनलाइनकक्षा तालिका बनाएका छैनन् । यसले बालबालिकाको वृहत्तर विकासमा असर गरिरहेको बालमनोविद् खनाल बताउँछन् ।
उनी भन्छन्, ‘बालबालिकाको स्वभावअनुसार अतिरिक्त क्रियाकलाप गराउन सकिन्छ । उनीहरूको प्रश्न सुन्ने । उत्तर दिने । समस्या सुनिदिने र समाधानका लागि प्रयास मात्रै गर्‍यो भने पनि धेरै बालबालिकाको समस्या समाधान हुन्छ ।’

बालबालिकाको अनलाइन कक्षा रोचक र तनावरहित बनाउन शिक्षक सिर्जनात्मक हुनुपर्ने शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्ले बताउँछन् । वाग्ले भन्छन्, ‘अन्तरक्रियात्मक कक्षा बनाउनुपर्छ । घोक्न लगाउने सिकाइ नभएर बुझाउने सिकाइ हुनुपर्छ ।’

बालबालिकाको व्यवहारिक सिकाइलाई पढाइसँग जोड्नुपर्ने कुरामा जोड दिँदै आइरहेका शिक्षाविद् डा.विद्यानाथ कोइराला विद्यार्थीलाई पनि सोचिरहन बाध्य बनाउने खालका शिक्षा हुनुपर्ने बताउँछन् । त्यसका लागि पाठ्यक्रम नै स्थानीय तहले बनाउनुपर्ने उनको भनाइ छ ।

‘बालबालिकालाई चिया पियौ भनेर सोध्ने । सिसाको कि स्टीलको ग्लासमा चिया पियौ भन्ने । कुनमा पिउँदा मुख पोल्छ सोध्ने । त्यसमा सुचालक र कुचालको परिभाषा जोड्ने । त्यसरी विज्ञानलाई जोड्न सकिन्छ,’ डा कोइरालाले भने, ‘कसको घरमा सिसाको ग्लास छ, कसको घरमा स्टील छ त्यो सामाजिक विषय जोडिन्छ ।’

यस तरिकाले पढाउने हो भने मनोविद्हरूले भनिरहेको जस्तो समस्या बालबालिकाले भोग्नु नपर्ने र शैक्षिक गुणस्तर पनि बढ्ने दाबी उनको छ । यो विधि तत्काल अनलाइन कक्षामा अपनाउन आवश्यक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनलाइन कक्षाः अभिभावक र ससाना बालबालिका दुबैलाई सास्ती
  • २०७८ असार ११, शुक्रबार १०:००
  • In "समाचार"
  • खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती
  • २०७८ असार ११, शुक्रबार १०:००
  • In "देश"
  • चीनमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन
  • २०७८ असार ११, शुक्रबार १०:००
  • In "BannerNews"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

डेढलाख घुस लिने जनकपुरका कर अधिकृतविरुद्ध मुद्दा दायर, ८ लाख लिने गापा अध्यक्षमाथि कहिले ?

सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा युवक गम्भीर, हेलिकप्टरबाट काठमाडौं लगियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version