• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती


खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती

 काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण १० महिनादेखि बन्द काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरू आइतबारबाट खुल्न थालेका छन् ।

उपत्यकाका सबै स्थानीय तहले औपचारिक स्वीकृति नदिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्न थालेको विद्यालयहरूले बताएका छन् ।

कक्षा चलाउने निर्णय गर्दै–पछि हट्दै आएका विद्यालयहरूले अहिले स्वास्थ सुरक्षादेखि जोरबिजोर प्रणालीसम्मका सतर्कता अपनाएर कक्षा खोलेका छन् ।

स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गरे हस्तक्षेप नगर्ने संकेत काठमाडौं महानगरपालिकाले दिएपछि विद्यालयहरूले आँट गरेका हुन् । उता गोदावरी नगरपालिकाले भने स्वास्थ्य मापदण्ड तोकेर आइतबारदेखि कक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

कुन विद्यालयमा कस्तो सतर्कता ?

करिब ३१ सय विद्यार्थी अध्ययनरत त्रिपुरेश्वरको विश्वनिकेतन उच्च माध्यमिक विद्यालयले प्राविधिक उपकरणको अभाव भएका १५० जना विद्यार्थीका लागि गत मंसिरदेखि नै कक्षा सञ्चालन गरेको थियो । आइतबारदेखि जोर–बिजोरको आधारमा कक्षा एकदेखि पाँचसम्मका कक्षा चलेको छ ।

प्रधानाध्यापक हेरम्बराज कँडेल कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भने भिड हुन नदिन अनलाइनबाटै पढाउने व्यवस्था गरिएको बताउँछन् । प्राथमिक तहलाई अनलाइन पढाउँदा २५ प्रतिशतभन्दा कम मात्र प्रभावकारिता भएको उनले बताए ।

भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएको पहिलो दिन आइतबार विश्वनिकेतनमा बिहान र दिउँसो दुई सिफ्ट कक्षा सञ्चालन भयो । दुई सिफ्टमा करिब दुईहजार विद्यार्थी उपस्थित भए । विद्यालयले खाजाको समयमा हुनसक्ने भिड रोक्न विद्यार्थीलाई घरबाटै खाजा लिएर आउनुपर्ने नियम लागु गरेको छ ।

भौतिक दुरी कायम गर्न एउटा कक्षामा बढीमा २६ जना राख्ने, जोर–बिजोर गरेर कक्षा सञ्चालन गर्ने, खाजा कक्षामा बसेकै ठाउँमा खाने जस्ता सुरक्षा सतर्कता अपनाइएको प्रअ कँडेलले बताए ।

निजी सवारीमा यात्रा, आलोपालो कक्षा

ललितपुरको लिटिल एन्जेल्स स्कुलले पनि आइतबारदेखि कक्षा ११ र १२ को कक्षा सञ्चालन गरेको छ । अनलाइन पढाइ कम प्रभावकारी भएकोले सुरक्षा सतर्कता अपनाउँदै कक्षा सुरु गरेको विद्यालयका संस्थापक अध्यक्ष उमेश श्रेष्ठले बताए । उनले एक सातापछि ९ र १० कक्षा पनि चलाउने बताए ।

जोर–विजोरको आधारमा कक्षा खोलेको लिटिल एन्जेल्सले शिक्षक–विद्यार्थीलाई सार्वजनिक गाडी प्रयोग नगर्न भनेको छ । स्कुल बसहरूमा आधा सिटमा मात्र विद्यार्थी चढाउने, हरेक हप्ता बसका चालक र सहचालकको पीसीआर टेस्ट गर्ने तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार, भिडभाड नहोस् भनेर खाजाको लागि फरक–फरक समयमा बढीमा १५ मिनेट तोकिएको छ । जोखिम हुन्छ भनेर स्कुल आउन नचाहे विद्यार्थीहरूका लागि अनलाइन कक्षा कायम राखिने अध्यक्ष श्रेष्ठ बताए ।

टोलसिकाइको अभ्यासपछि विद्यालयमै सिकाइ

गोदावरी नगरपालिका वडा नम्बर १३, झरुवारासीस्थित नवज्योति माध्यमिक विद्यालयले गत साउनदेखि नै टोल सिकाइको अभ्यास सुरु गरेको थियो । शिक्षकहरूले घरपायकको टोलमा गएर आफ्नो विषयको वर्कसिट दिने, नजानेको कुरा सिकाउने गरेका थिए । तर मंसिर २५ गते एक शिक्षकमा कोरोना पोजिटिभ देखिएपछि एक साता सो सिकाइ बन्द भयो ।

पुस ६ गतेदेखि हप्ताको २ दिन विद्यालय आउने, बाँकी दिन अनलाइन कक्षा लिने व्यवस्था गरेको प्रधानाध्यापक हरिहर लामिछाने बताउँछन् । आइतबारदेखि भने बिहान ११ र १२ कक्षाको पढाइ सुरु गरेको उनले बताए ।

खाजा समयपछि घरै पठाउने तयारी

काठमाडौंको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयले पनि स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा चलाउने निर्णय गरेको छ । आइतबारदेखि कक्षा १२ को परीक्षा सुरु गरेको विद्यालयले अभिभावकको सल्लाह अनुसार ११ माघदेखि नियमित कक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।

एउटा कक्षामा बढीमा २० जना राखेर पढाउने तयारी गरिएको प्रधानाध्यापक नारायण गौतमले बताए । पद्मोदयमा करिब साढे चारसय विद्यार्थी छन् । कक्षा कोठामा स्वास्थ्य मापदण्ड लागू गरिएपनि बाहिर विद्यार्थीले गर्ने लापरबाही चुनौतीपूर्ण रहेको प्रअ गौतम बताउँछन् ।

उनका अनुसार, खाजा खाने समयमा भिड नहोस भनेर कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसो साढे १२ बजे बिदा गरिने उनले बताए । बाँकी कक्षा साढे १० बजेदेखि साढे २ बजेसम्म चल्ने छ ।

संस्कृत विद्यालयमा नियमित कक्षा

आइतबारदेखि सुरु भएको रानीपोखरीको संस्कृत माविले विद्यालय खोलेको पहिलो दिन आइतबार नै परीक्षा लियो । कक्षा ६ देखि १० सम्मको परीक्षामा आधा विद्यार्थी उपस्थित भएको प्रधानाध्यापक शिवराज अधिकारीले बताए । उनका अनुसार ५ वटा कक्षामा कुल १६० विद्यार्थी छन् ।

विद्यालयमा मास्क र स्यानिटाइजर अनिवार्य गर्दै विद्यार्थीलाई भौतिक दुरी कायम गरेर राखिएको छ । संस्कृत माविमा कक्षा ११ र १२ को कक्षा पनि आइतबारबाटै सुरु भएको छ । सामाजिक दुरी कायम गर्न नयाँ सेक्सन छुट्याएको प्रअ अधिकारीले बताए ।

विद्यालयले गत असार दोस्रो सातादेखि कक्षा १० र तेस्रो सातादेखि कक्षा ६–९ सम्मको अनलाईन कक्षा चलाएको थियो । असोजसम्म आइपुग्दा सबै कक्षाको अनलाइन पढाई सञ्चालन गरेको प्रअ अधिकारीले बताए ।

११ माघदेखि तीनधारा संस्कृत छात्रावास पनि खुलेकाले अब सबै विद्यार्थी नियमित कक्षामा आउने प्रअ अधिकारीको अनुमान छ । उनले भने ‘अब सबै कक्षामा पुनः परीक्षाको व्यवस्था गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आन्दोलनको उपलब्धी : राजर्षि जनक विश्वविद्यालयमा आईतवारदेखि कक्षा सञ्चालन हुने
  • २०७७ माघ ५, सोमबार १९:२९
  • In "मधेश प्रदेश"
  • अनलाइन कक्षाले बालबालिकामा मनोसामाजिक स्वास्थ्य समस्या
  • २०७७ माघ ५, सोमबार १९:२९
  • In "शिक्षा"
  • सरकारले यातायात व्यवसायीलाई राहत नदिँदा गाडीभाडा घटेन
  • २०७७ माघ ५, सोमबार १९:२९
  • In "समाचार"
Tags: #Covid-19#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

‘ऐन संशोधन नहुँदा द्वन्द्व पीडितको विश्वास जित्न सकिएन’

पाकिस्तानमा हिन्दु धर्मस्थल असुरक्षित

पाकिस्तानविरुद्ध काश्‍मीरमा बृहत प्रदर्शन, पाकिस्तानको अधिनमा काश्‍मीर हुननसक्ने माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version