• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सन्तोषी सुब्बा हत्या प्रकरण : यसरी भयो हत्या, यसरी पक्राउ परे आरोपी


सन्तोषी सुब्बा हत्या प्रकरण : यसरी भयो हत्या, यसरी पक्राउ परे आरोपी

दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपीले प्रहरीसमक्ष आफ्नो अपराध कबुल गरेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २९ वर्षीय सुरेश तिमिल्सिनाले सन्तोषीको हत्या गरेको स्वीकार गरेका हुन् ।

असार ६ गते आइतबार साँझ ७ देखि ८ बजेको बीचमा सन्तोषीको हत्या भएको थियो । यौनसम्बन्ध राख्न नदिएपछि सन्तोषीको हत्या गरेको आरोपीले बयान दिएका छन् ।

यसरी भयो सन्तोषीको हत्या

सन्तोषी असार ५ गते शनिवार दक्षिणकाली पुगेकी थिइन् । त्यसदिन उनले त्यहीँको एक होटलमा बास मागेर बसेकी थिइन् । असार ६ गते आइतबार बिहानै उनी दक्षिणकालीमा रहेको एक चिया पसलमा चिया खान पुगिन् । सन्तोषी चिया खान पुगेकी पसलमा त्यो भन्दा पहिले नै सिन्धुपाल्चोकका सुरेश तिमिल्सिना लगायतका केही व्यक्तिहरु मदिरा सेवन गरेर बसिरहेका थिए । सन्तोषीले आफू विभिन्न चरा र जनावरको आवाज निकाल्ने युटुबमा भाइरल सन्तोषी सुब्बा रहेको भन्दै परिचय दिएकी थिइन् । त्यसैक्रममा सुरेश र सन्तोषीबीच चिनजान भएको थियो ।

चिनजान भएपछि सन्तोषी पनि दिनभर त्यही भट्टी पसलमा बसेर खाजा खाएकी थिइन् । सुरेशले सन्तोषीलाई खाजा खुवाएको प्रहरीले बताएको छ ।

साँझपख सन्तोषीले राती बस्नका लागि बास खोजिदिन सुरेशलाई आग्रह गरेकी थिइन् । त्यसपछि सुरेशले आफ्नो गाडीमै सुत्दा हुन्छ भनेर सन्तोषीलाई फकाएका थिए । सन्तोषी पनि सुरेशले भनेको गाडीमै बस्नका लागि राजी भएकी थिइन् ।

साँझ ६ बजेतिर सुरेश र सन्तोषी भट्टी पसलबाट दक्षिणकालीतर्फ गएका थिए । जङ्गलको छेउमा पुगेपछि साँझ करिब ७ बजेतिर सुरेशले सन्तोषीसँग यौन सम्बन्ध स्थापित गर्न खोजेको प्रहरीको दाबी छ । तर सन्तोषीले यौनसम्बन्ध राख्न अस्वीकार गरेपछि सुरेश र सन्तोषीबीच घम्साघम्सी भएको पाइएको छ । सन्तोषीले यौनसम्बन्ध राख्न नमानी प्रतिकार गरी चिच्याउन थालेपछि सुरेशले सन्तोषीमाथि हातपात गरे । सुरेशको हातमा पनि चोट लाग्यो ।

तर सन्तोषीले बलात्कारको प्रयासबारे अरुलाई भनिदिने डरका कारण सुरेशले सन्तोषीलाई मार्ने निर्णय गरे । त्यसपछि सुरेशले सन्तोषीले लगाइरहेको सलले घाँटी कसेर उनको हत्या गरे । हत्या गरेपछि उनले सन्तोषीलाई कसैले नचिनोस् भनेर ढुङ्गाले पटकपटक अनुहारमा प्रहार गरेर क्षतिविक्षत बनाएका थिए ।

त्यसपछि सन्तोषीको शव पिकनिक स्पट नजिकै रहेको पुरानो शौचालयमा पुराएर सुरेश त्यहाँबाट भागेका थिए । दक्षिणकाली चोकमा आएर केही समय बसेपछि उनले आफ्नी आमा सिकिस्त बिरामी भएको भन्दै त्यहाँका एक स्थानीयलाई ट्याक्सी बोलाइदिन आग्रह गरे । स्थानीयले ट्याक्सी बोलाइदिएपछि उनी २ हजार रुपैयाँ तिरेर राती ९ बजे दक्षिणकालीबाट असन आएका थिए ।

प्रहरीका अनुसार ट्याक्सी खोज्ने बेलामा उनले आमा सिकिस्त भएको भनेपनि ट्याक्सी चालकलाई भने आफ्नो बुवा बिरामी भएको बताएका थिए । ट्याक्सी चढ्ने क्रममा पनि उनी हतास र आत्तिएको अवस्थामा भेटिएका थिए ।

असार ६ गते साँझ सन्तोषीको हत्या गरेपछि उनी असन कमलाछीमा रहेको साथीको कोठामा गएर बसेका थिए । मंगलबार सन्तोषीको शव भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । मंगलबार र बुधबार मृतकको पहिचानकै लागि समय खर्चिएको प्रहरीले बिहीबार पहिचान गरेसँगै हत्या आरोपीबारे खोजी भएको थियो ।

मृतक महिला युटुबमा भाइरल सन्तोषी भन्ने थाहा पाएलगत्तै प्रहरीले घटनास्थल वरपरका स्थानीयसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा सन्तोषी असार ६ गते दिनभर एक खाजा पसलमा बसेर सुरेश लगायतका केही युवासँगै खाजा खाएको पत्ता लागेपछि प्रहरीले ती युवकको खोजी गरेको थियो ।

खोजीका क्रममा सुरेश घटना भएको दिनपछि दक्षिणकाली छाडेर भागेको जानकारी आएपछि प्रहरीले सुरेशलाई शंकितको सूचीमा राखेको थियो । प्रहरीले बिहीबार फोन गरी सुरेशसँग कुराकानी गर्दा आफू असार ६ गते आइतबार साँझ ५ बजे नै दक्षिणकालीबाट निस्किएको जवाफ दिएका थिए । जबकि प्रहरीले सोधपुछका क्रममा सुरेश आइतबार राति ९ बजे मात्रै दक्षिणकालीबाट ट्याक्सी चढेर गएको पत्ता लगाएको थियो ।

सुरेशले प्रहरीसँग कुराकानी गर्दा सुरुमै ढाँटेपछि प्रहरीलाई सुरेशमाथि झनै शंका बढ्यो । सुरेशले केही समयमै आफ्नो मोबाइलको स्वीचसमेत अफ गरेपछि प्रहरी सुरेशको कल डिटेल,लोकेशन लगायतको प्राविधिक विश्लेषण गर्दै सुरेश बसेको कोठामै पुगेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुरेशले असनस्थित उनका साथीको कोठाबाट बिहीबार साँझ ६ बजे पक्राउ गरेको थियो ।

सुरुमा आफ्नो अपराधबारे इन्कार गरेका सुरेशले पछि घटनाको बेलीबिस्तार लगाउँदै आफ्नो कर्तुत प्रहरीसमक्ष स्वीकार गरेका थिए । सुरुमा सँगै बस्ने सहमति भएर गएको तर सन्तोषीले यौनसम्बन्ध राख्न नदिएपछि घम्साघम्सी भएको र त्यो कुरा बाहिर आउने डरले आफूले उनको हत्या गरेको बयान दिएका थिए ।

बलात्कार गरेँ कि गरिन थाहा छैन : हत्या आरोपी

सन्तोषीको हत्या आफूले गरेको स्वीकार गरेको भएपनि आफूले बलात्कार गरेको वा नगरेको थाहा नभएको आरोपीले प्रहरीलाई बताएका छन् । उक्त दिन आफूले अत्याधिक मदिरा सेवन गरेको कारण आफूले बलात्कार गरें कि गरिन थाहा नभएको भन्ने बयान दिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।

यद्यपि आरोपीले घटनापछि आफूले पाइन्ट खोलिसकेको अवस्थामा पाएको र पाइन्ट लगाएको मात्रै थाहा भएको बताएका छन् । प्रहरीका अनुसार सन्तोषीमाथि बलात्कार भएको हो कि होइन भनेर परीक्षण गर्नका लागि भेजाइनल स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । त्यसपछि मात्रै बलात्कार भएको हो वा होइन भन्ने जानकारी आउने प्रहरीले बताएको छ । प्रहरीले मृतक सन्तोषीको सलमा भने कटकटिएको अवस्थामा सेतोपदार्थ फेला पारेको छ । उक्त सेतोपदार्थ आरोपीको वीर्य हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मिर्चैया खानेपानी संस्थाको सुरक्षागार्डको हत्या आरोपमा दुईजना पक्राउ
  • २०७८ असार १०, बिहीबार १९:०४
  • In "BannerNews"
  • जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या आरोपीले अदालतमा अपराध स्वीकार गरे
  • २०७८ असार १०, बिहीबार १९:०४
  • In "BannerNews"
  • महोत्तरीकी शिलादेवीको बोक्सी निहुमा देवरले नै हथौडाले हानेर हत्या गरेको खुलासा
  • २०७८ असार १०, बिहीबार १९:०४
  • In "मधेश प्रदेश"
Tags: #अपराध

Mithlesh Sah

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

सिरहामा स्रोत नखुलेको सुनसहित २ जना पक्राउ

मोटरसाइकल जलाउने २ जना पक्राउ

दाङमा चेक बाउन्समा ८ जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version