No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गरेको ‘बी-३ डब्ल्यू’ परियोजना कार्यान्वयन होला ?

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गरेको ‘बी-३ डब्ल्यू’ परियोजना कार्यान्वयन होला ?

काठमाडौं । हालै सम्पन्न विश्वका ठूला, धनी र प्रजातान्त्रिक मुलुकहरूको क्लब जी-७ को बैठकले निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति गरेको छ ।

उनीहरूले ‘मूल्य र मान्यतामा आधारित, उच्च मापदण्डको र पारदर्शी पार्टनरशिप’लाई अगाडि बढाउने घोषणा गरेका छन् । संसारभरि पूर्वाधार निर्माणमा लगानी गरेको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ -बीआरआई) लाई काउन्टर गर्नका लागि यो परियोजना अगाडि बढाइएको हो । जी-७ मुलुकमा, अमेरिका बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, जापान र इटली रहेका छन् ।

उनीहरूले स्पष्ट रूपमा दस्तावेजमा बीआरआईलाई काउन्टर गर्ने उल्लेख नगरे पनि यसको कोर उद्देश्य भने त्यही हो । ‘प्रजातान्त्रिक मूल्य र मान्यता अँगाल्ने र विधिमा आधारित विश्व व्यवस्था’ को पक्षमा रहेका मुलुकहरू एक भएर चीनको बिआरआईलाई काउन्टर गर्ने योजनामा अगाडि बढ्न खोज्दैछन् । तर प्रश्न छ- के उनीहरु यो महत्वकांक्षी परियोजनामा सफल होलान् ?

कतिपयले यसलाई प्रजातान्त्रिक भर्सेस निरंकुश एलायन्स निर्माण हुन थालेको भनेका छन् अर्थात विचारको आधारमा विश्वमा ध्रुवीकरणको पहल भएको छ । विशेषतः कोभिड महामारीका कारण गरीब र न्यून आय भएका मुलुकमा पूर्वाधार निर्माणको लागि स्रोतको अभाव भएको र यस अगाडि नै उनीहरूले चीनबाट सहयोग लिन थालेको, यसले विश्वभर चीनलाई राजनीतिक, आर्थिक र सैन्य प्रभाव विस्तार गर्ने अवसर प्रदान गरेको भन्दै सो परियोजना अगाडि बढाउन थालिएको हो ।

जी-७ मात्र होइन, अन्य मुलुकहरूलाई समेत यसमा जोड्ने उनीहरूको योजना रहेको छ । उनीहरूले सन् २०३५ सम्म ४०० खर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका छन् । मध्यम र निम्न आय भएका मुलुकहरुमा पूर्वाधारको ठूलो ग्याप भएका कारण ती मुलुकले यतिबेला धनी मुलुकहरुबाट अनुदान र लगानीको खोजी गरिरहेका छन् ।

त्यसैगरी विश्वका निजी क्षेत्रलाई समेत निम्न र मध्यम आय भएका मुलुकहरूमा पूर्वाधार निर्माणका लागि आग्रह गर्ने तयारीमा उनीहरू रहेका छन् । सम्मेलनले तयार गरेको दस्तावेज अनुसार उनीहरूको सहयोग मुख्यतः जलवायु, स्वास्थ्य, स्वास्थ्य सुरक्षा, डिजिटल प्रविधि र अन्य पूर्वाधारमा खर्च हुनेछ । बी-३ डब्ल्यूलाई ल्याटिन अमेरिकादेखि, अफ्रिका र इन्डोप्यासिफिक क्षेत्रका मुलुकहरूमा केन्दि्रत गर्ने योजना उनीहरूको छ ।

अहिले यो परियोजनाको लागि कसले लगानी गर्ने भन्ने विषयमा बहस भइरहेको छ । अमेरिकाले भने यस अगाडि नै डेभलपमेन्ट फाइनान्स कर्पाेरेसन, युएसएड, एक्जिम, मिलेनियम च्यालेन्ज कर्पाेरेसनलाई परिचालन गर्ने नीति लिने छ । आगामी दिनमा यसका लागि अर्ब रुपैयाँ परिचालन गर्ने घोषणा गरिएको छ ।

तर, यससँगै यसको संरचना कस्तो हुने भन्नेमा समेत बहस भइरहेको छ । चीनले आफ्नो सरकारी संयन्त्र मार्फत संसारभर बीआरआई परियोजना अगाडि बढाइरहेको छ । धेरै मुलुकले आर्थिक लगानी गर्ने प्रस्ताव भएकाले यसको प्राथमिकता र अन्य विषय कसरी समाधान गर्ने भन्ने विषयमा बहस भइरहेको छ । प्रारम्भिक चरणमा उनीहरूले जी-७ को एउटा कार्यदल बनाउने सहमति गरेका छन् जसले प्रारम्भिक चरणमा समन्वय गर्नेछ ।

चीनले बीआरआई परियोजना कार्यान्वयन गरेको आठ वर्ष भइसकेको छ । सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले बीआरआई परियोजना अगाडि बढाएका हुन् । सो परियोजना अन्तर्गत चीनले अहिले १०० भन्दा बढी मुलुकहरूमा विभिन्न परियोजनाको लागि सम्झौता गरिरहेको छ । पछिल्ला वर्षहरुमा कोरोना महामारीका कारण बिआरआई परियोजनामा केही मन्दी आएको छ । भारत र भुटान बाहेक दक्षिण एसियाका सबै मुलुकहरु सो परियोजनामा सामेल भइसकेका छन् ।

अमेरिका लगायत मुलुकले बीआरआई मार्फत साना देशहरूमा प्रभाव जमाएको र परियोजना अपारदर्शी ढंगले संचालन गरेको बताइरहेका छन् । चीनले बीआरआई परियोजना ल्याएपछि पश्चिमा जगतले त्यसको सकारात्मक विकल्प प्रदान गर्न नसकेको भनी बहस भइरहेको थियो ।

चीनले बीआरआई अन्तर्गत रेल्वे, राजमार्ग र अन्य पूर्वाधारमा लगानी गरिरहेको छ । तर, पश्चिमा मुलुकहरूले चीनले सो परियोजना मार्फत दिने ऋण मार्फत विभिन्न साना मुलुकलाई अप्ठेरोमा पारेको र आफूप्रति लोयल बनाएको समेत उल्लेख गरेका छन् । जी-७ मुलुकले अगाडि सारेको सो परियोजनाप्रति चीनले भने कडा प्रतिक्रिया जनाएको छ ।

उसले यो परियोजना अस्तित्वमा आउनेमा नै शंका रहेको उल्लेख गरेको छ । हुन पनि अगाडि बीआरआईलाई काउन्टर गर्नका लागि नै ल्याइएको ‘ब्लु डट नेटवर्क’ प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन । चीनको बिआरलाई काउन्टर गर्न पूर्वाधारमा लगानी गर्ने विषयमा क्वाडमा पनि केही महिनायता छलफल भइरहेको छ तर त्यो ठोस रुपमा अगाडि बढ्न सकेको छैन । यद्यपि पछिल्लो समयमा देखिएको नयाँ विकासक्रम के हो भने ठूला मुलुक र बिभिन्न अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुले मध्यम र निम्न आय भएका मुलुकको पूर्वाधारमा लगानी गर्न थालेका छन् ।

धेरै मुलुकको चीनसँग व्यापारिक र अन्य सम्बन्ध रहेका कारण पनि उनीहरु चीनसँगको सम्बन्धलाई चिढाउने पक्षमा छैनन् । अमेरिका बी-३ डब्ल्यू परियोजनलाई तत्कालै अगाडि बढाउनको लागि तयार भएपनि अन्य मुलुकभित्र यो सोचलाई कसरी लिइन्छ, त्यसले धेरै विषय निर्क्यौल गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

Next Post
गाउँ जोखिममा परेको निवेदन तीन महिना अघि गाउँपालिकामा, वेवास्ता गर्दा वाँध भत्कियो

गाउँ जोखिममा परेको निवेदन तीन महिना अघि गाउँपालिकामा, वेवास्ता गर्दा वाँध भत्कियो

प्रदेश २ प्रहरीको सक्रियताले नेपालको कुख्यात अपराधी पक्राउ

प्रदेश २ प्रहरीको सक्रियताले नेपालको कुख्यात अपराधी पक्राउ

अब ट्रायल पास गर्नेलाई दुई थरी लाइसेन्स

अब ट्रायल पास गर्नेलाई दुई थरी लाइसेन्स

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .