• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मेलम्चीमा किन आयो लेदोसहितको बाढी ?


मेलम्चीमा किन आयो लेदोसहितको बाढी ?

मेलम्ची । सिन्धुपाल्चोकका ३१ वर्षीय सागर श्रेष्ठले मंगलबार जस्तो मेलम्ची नदीको रौद्ररुप कहिल्यै देखेका थिएनन् । जीवनकालमा उनले मेलम्चीमा २५ वटाभन्दा बढी बाढी देखे, भोगे । ती हरेक वर्षजसो आउँथे, जान्थे । सामान्य नदी कटान त हुन्थ्यो, बस्तीतिर सोझिंदैनथ्याे ।

यसपालि चाहिं मनसुनको शुरुआतमै मेलम्ची बजारलाई नै उठिवास लगाइदिने गरी नदी उर्लियो । ‘बाउ–बाजे आएर यहाँ बसेको पनि वर्षौं भइसक्यो, अहिलेसम्म यस्तो बाढी आएको सुनेको पनि थिइनँ’ श्रेष्ठले अनलाइनखबरसँग भने।

उनलाई मात्र होइन, मेलम्चीका हरेक नागरिकको मनमा अहिले एउटा प्रश्न उब्जिरहेको छ, ‘आखिर मेलम्ची किन यति साह्रो कठोर बन्यो ?’

शुक्रबार मेलम्ची पुग्दा बजारवासी यही विषयमा चर्चा गरिरहेका थिए । उमेरले ६७ पुगेकी हेमन्ती श्रेष्ठले त भनिदिइन्, ‘क्षमा पूजा गर्न कतिपटक भनेँ, कसैले सुनेनन् । अहिले यो आपत् भोग्नुपर्‍यो ।’

मेलम्चीवासीका लागि यसपालि आएको बाढी अहिलेसम्मकै ठूलो मात्रै थिएन, अर्को फरक विशेषताको पनि थियो । ‘यसपालि बाढीमा पानीभन्दा बढी लेदो थियो, सिमेन्ट मुछेको पानी जस्तो बगेको थियो’ मेलम्ची बजारमा पसल चलाइरहेका ७२ वर्षीय भीमप्रसाद दंगाल भन्छन्, ‘पानी पनि छिनछिनमा बढ्ने घट्ने भइरहेको थियो ।’

मेलम्ची बाढीलाई अघिपछि जस्तो मात्रै सोच्नुहुँदैन । यसले विस्तृत अध्ययनको माग गरेको छ – मधुकर उपाध्याय, जलाधार विज्ञ

‘फरक चरित्रको बाढी’

स्थानीयलाई जस्तै जिज्ञासा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेल भन्छन्, ‘यो बाढीको प्रकृति फरक भएकाले कारणबारे अध्ययन गर्न टोली बनाउने तयारी गरेका छौं ।’

जलाधारविज्ञ मधुकर उपाध्याय पनि मेलम्चीमा आएको बाढीको चरित्र पहिलेभन्दा फरक रहेको बताउँछन् । ‘मुसलधारे पानी पनि परेको छैन, फेरि पत्याइ नसक्ने लेदो आएको छ’ उनले अनलाइनखबरसँग भने, ‘त्यो पनि तीन दिनसम्म रोकिएको छैन ।’

यो घटनाले बाढीको विषयमा हुनुपर्ने अध्ययनलाई अर्को तहमा लगेको उनी बताउँछन् । ‘मेलम्ची घटनाले पहिले बुझेकोभन्दा फरक कुराको संकेत गरेको छ, त्यसैले यस विषयमा विज्ञबाट अनुसन्धान हुनु जरुरी छ’, उनी भन्छन् ।

उपाध्यायले भने जस्तै मेलम्चीका सञ्जय दाेङ पनि बाढी आउनुअघि खासै पानी नपरेको सुनाउँछन् । अझ मेलम्ची बजारभन्दा १० किलोमिटर माथि नाकोटेमा रहेको मौसम स्टेशनले मंगलबार साँझ ५ः४० देखि ६ः४० सम्म नदीको सतह चारबाट दुई मिटरमा झरेको देखाएको थियो ।

जल तथा मौसम विभाग, बाढी पूर्वानुमान शाखाका वरिष्ठ जलविद् विक्रम श्रेष्ठ ‘जुवा’ भन्छन्, ‘पानीको सतह कम भएकै कारण हाम्रो नजर पनि मेलम्ची क्षेत्रमा परेको थिएन ।’

बरु त्यतिवेला शाखाका प्राविधिकहरु बाह्रबिसेभन्दा अगाडि रहेको बलेखी खोलाको जलसतहले खतराको तह पार गरेको भन्दै एसएमएस पठाइरहेका थिए ।

शाखा प्रमुख समेत रहेका श्रेष्ठका अनुसार गत मंगलबार सिन्धुपाल्चोक क्षेत्रमा पानी पर्ने सम्भावना पनि कम थियो । विभागको तथ्यांक शाखाका सनी महर्जनका अनुसार, मंगलबार मेलम्ची बजारभन्दा माथि रहेको थाङ्पाल धापमा १०.८, शेर्माथाङमा १८.८ र दुवाचौरमा ६ मिलिमिटर वर्षा भएको थियो ।

जलाधार विज्ञ उपाध्याय भन्छन्, ‘यो भनेको एकदमै थोरै पानी परेको हो । यद्यपि त्यहाँ केही दिनअघि पनि अलिअलि पानी परिरहेको थियो ।’

पानी घटेको एक घन्टापछि उर्लिएको मेलम्ची

जल तथा मौसम विभागलाई पनि मेलम्ची बाढीले नयाँ पाठ सिकाएको जानकारहरु बताउँछन् । शाखाका प्रमुख जलविद् श्रेष्ठ पनि भन्छन्, ‘वास्तवमा जल सतह एक्कासि घट्दा पनि त्यसको कारणबारे सोच्नुपर्ने रहेछ ।’

उनका अनुसार मंगलबार साँझ एक घन्टामा पानीको सतह जति चाँडै घट्यो, त्योभन्दा तीब्र गतिमा एकघन्टापछि बढ्यो । साँझ ७ बजेतिर जलसतह ५.९८ मिटरसम्म पुग्यो । त्यसको १० मिनेटमै मेलम्ची उर्लिएर आयो र बजार तहसनहस बनाइदियो ।

‘पानीको वहाब बढ्न थालेपछि १० मिनेटमै ह्वात्तै जल सतह बढेको अनुमान छ’ वरिष्ठ जलविद् श्रेष्ठ थप्छन्, ‘विभागले त ७ बजेपछि कुनै सूचना नै पाउन सकेन ।’ उनका अनुसार पानीको सतह यति चाँडो बढ्यो कि पानीको वहाव मापन गर्ने विभागको राडर नै बगाएर लगिदियो । त्यही कारण पूर्वसूचना पनि दिन नसकिएको उनी बताउँछन् ।

किन यस्तो भयो त ? श्रेष्ठका अनुसार जल सतह मापन गर्ने विभागको केन्द्रभन्दा केही किलोमिटरमाथि पहिरो खसेको पाइएको छ । ‘त्यसले पानीलाई थुनेका कारण मेलम्चीमा एक घन्टा पानी घटेको रहेछ’ उनले थपे, ‘थुनिएको पानी एक्कासी फुटेर तल जाँदा पानीको वहाव ह्वात्तै बढेको हो ।’

फुटेपछि पानी यति तीव्र गतिमा आयो कि मापन केन्द्रले पनि सूचना विभागमा पठाउन सकेन । श्रेष्ठ थप्छन्, ‘हामी कहाँ सूचना आइपुग्न १० मिनेट लाग्छ, तर त्यही अवधिमा ठूलो क्षति भइहाल्यो ।’

उर्लिएर आएको पानी मेलम्ची बजारमाथिको दोभानमा आएर इन्द्रावती खोलामा मिसिएको अनुमान छ । त्यसपछि हिलो माटो, रुख लगायत बगाउँदै ल्याएर मेलम्ची बजारमा हिर्काएको हुनसक्ने श्रेष्ठ बताउँछन् ।

मेलम्चीका स्थानीय दंगाल भन्छन्, ‘बजारमा पानी आएपछि पुल, ग्रिल, प्लाई, कबर्ड हलमा भएका सामग्री र पोल पनि बगाएर नदीमा हालिदियो ।’ त्यसले पानीको सतह झनै बढायो ।

लेदो आउनुको कारण

मेलम्ची बजारमाथि इन्द्रावती र मेलम्ची खोलाको दोभान छ । बजारबाट दायाँतिर रहेको मेलम्ची नदीमा माथिबाटै लेदो बगेर आइरहेको थियो । बायाँबाट आएको इन्द्रावती मिसिएपछि खोला फैलिएर बस्तीतिर पुगेको थियो ।

मेलम्चीमा लेदोसहितको पानी आउनुको कारण खोज्दै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसहितको टोली हेलिकोप्टरमा नदी पछ्याउँदै उकालो लागेको थियो । त्यसक्रममा हेलम्बुको किम्बाथानभन्दा माथिल्लो क्षेत्रमा पहिरो गएको पाइएको पोखरेल बताउँछन् । त्यहीँबाट लेदो बग्दै आएर तलसम्म पुग्दा ठूलो भएको हुनसक्ने उनको भनाइ छ । त्यसो त त्यहाँभन्दा अगाडि पनि ठाउँठाउँमा पहिरो गएको हुनसक्ने र कतै हिमताल पनि फुटेको हुनसक्ने अनुमान उनीसहितको टोलीले गरेको छ ।

जलाधारविद् उपाध्यायका अनुसार, २०७२ सालमा भूकम्प गएपछि पहाडी क्षेत्र थिलथिलो बनेका छन् । ‘जलाधार क्षेत्रमा पानी मापन गर्ने संयन्त्र पनि छैन, त्यता वर्षा भएको पनि हुनसक्छ’ उनी आशंका गर्छन्, ‘फेरि रुख हुर्किएर भार बढ्नु र जथाभावी सडक निर्माण जस्ता विषयले जमीनलाई अझै थाङ्थिलो पारेको हुनसक्छ ।’

परिणामतः पहाड धसिएर तल्लोपट्टि रहेको माटोको भाग बाहिर निस्किन थालेको हुनसक्ने उनको अनुमान छ । बाढी आएको तीन दिनसम्म पनि लेदो नरोकिनुले त्यसैलाई संकेत गरेको उनी बताउँछन् । ‘त्यसैले मेलम्ची बाढीलाई अघिपछि जस्तो मात्रै सोच्नुहुँदैन’ उपाध्याय भन्छन्, ‘यसले विस्तृत अध्ययनको माग गरेको छ ।’

मानवीय क्षतिबाट जोगियो मेलम्ची

यसपटक मेलम्चीमा बाढी आउँदा पूर्वसूचना प्रणालीले काम गर्न सकेन । तर नागारिक भने बजारमा पानी पस्नुअगावै निस्किन सफल भए ।

बाढीमा डुबेको रेडियो मेलम्चीका प्रशासन प्रमुख सागर खड्का भन्छन्, ‘माथि बस्ने दाइहरुले ठूलो बाढी आउँछ भन्ने खबर गर्नुभयो, प्रहरी–प्रशासनलाई पनि धेरैले जानकारी गराइसकेका रहेछन् ।’

त्यो थाहा पाएपछि रेडियोले बाढी आउनसक्ने सूचना प्रसारण गर्‍यो । साँझ ७ नबज्दै पानी बढ्न थाल्यो, उनीहरुसहित बजारवासी सुरक्षित स्थानतिर निस्किए । ‘ज्यान जोगिए, वासी समाचार भए पनि पढौंला भन्दै निस्कियौं’ उनी सम्झन्छन् ।

अहिले पहिरो गएको क्षेत्रमा एक हप्तापछि मनसुन अझै सक्रिय भएर जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

त्यति नै वेला प्रहरीले पनि माइकिङ गरेर सुरक्षित स्थानतिर सर्न सूचित गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारी बताउँछन् । उनी भन्छन्, ‘सबैको प्रयासले समयमै हरेक व्यक्तिसम्म सूचना पुग्यो र ठूलो मानवीय क्षति हुन पाएन ।’

अधिकारीका अनुसार तीन जना घरको छतमा बसेको पाइएको थियो । उनीहरुलाई बुधबार बिहान नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत उद्धार गरेर सुरक्षित स्थानमा लगिएको उनी बताउँछन् ।

मनसुनको सुरुआतमै आएको ठूलो बाढीबाट अहिले मेलम्चीवासीले ज्यान त जोगाए, तर अझै जोखिम चाहिं टरिसकेको छैन । एक हप्तापछि मनसुन अझै सक्रिय भएर जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

मेलम्ची बजारका महेश दुलाल भन्छन्, ‘खोलामा जमेको लेदो, भासिएका रुख, गाडी, पुल, जस्ता पाता लगायतलाई चाँडै निकाल्न पाए मात्र पनि तत्कालै बाढी आए पनि भासिएको घर ढल्दैनथे कि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’
  • २०७८ असार ५, शनिबार १२:५९
  • In "देश"
  • मेलम्चीमा राहत वितरणमा लफडा ! बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध
  • २०७८ असार ५, शनिबार १२:५९
  • In "देश"
  • मेलम्चीको पानी आगामी चैतसम्म फेरि ल्याउने सरकारको घोषणा
  • २०७८ असार ५, शनिबार १२:५९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

वर्षातको समयमा स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने ?

‘नेपालमा भारतको नाकाबन्दी कुरुप छिमेक कूटनीतिको प्रतीक’

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version