No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुस्ताङको दिव्यदीप स्कुलमा २७ लाख बढी बेरुजु


मुस्ताङको दिव्यदीप स्कुलमा २७ लाख बढी बेरुजु

जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित एक मात्र दिव्यदीप माध्यमिक स्कुलमा २७ लाख २० हजार आर्थिक बेरुजु रहेको लोमान्थाङ गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ का लागि उपलब्ध दुर्गम हिमाली आवासीय छात्रावृद्धि वापतको खर्च विवरण सो विद्यालयले पेश गर्न नसक्दा उक्त आर्थिक बेरुजु रहन पुगेको सो गाउँपालिकाकी शिक्षा शाखा अधिकृत मिरादेवी शर्माले बताईन् ।बर्सेनि संघीय सरकारमार्फत उपलब्ध हुने दुर्गम हिमाली आवासीय छात्रावृद्धि अनुदान अन्र्तगत मुस्ताङका ९ वटा विद्यालयलाई ४ सय १९ जना विद्यार्थी कोटा निर्धारण गरिएको छ ।

सो कोटामध्ये दिव्यदीप स्कुलले ६८ जना विद्यार्थीलाई छात्राबासमा राख्ने अनुमति पाएको छ । दुर्गम हिमाली आवासीय छात्रावृद्धि अनुदान कार्यक्रममार्फत संघ सरकारले प्रति विद्यार्थी वार्षिक ४० हजार रुपैयाँ खर्च उपलब्ध गराउँछ ।

पालिकाको शिक्षा शाखाले दिव्यदीप स्कुललाई सशर्त अनुदान स्वरुप वार्षिक २७ लाख २० हजार रुपैयाँ पठाउने गरेको बताएको छ । तर सो विद्यालयले गत वर्षको दुर्गम हिमाली आवासीय छात्रावृद्धि अनुदान वापतको भुक्तानी लगिसकेको भएपनि आवश्यक कागजात र प्रमाणहरु पेश गर्न नसकेको शिक्षा शाखा अधिकृत शर्माले उल्लेख गरिन् ।

गत आर्थिक वर्ष २०७६/०७७ मा सो विद्यालयको आवासीय छात्रावासमा ४२ जना विद्यार्थी मात्र रहेको शिक्षा शाखाको अनुमगनमा पाइएको छ । दिव्यदीपले ४२ जना विद्यार्थीलाई छात्राबासमा राखे वापत १६ लाख ८० हजार मात्र भुक्तानी पाउनुपर्नेमा २७ लाख २० भुक्तानी लगिसकेको छ ।

गत आर्थिक वर्षको स्थानीय तह तथा कार्यालयहरुको आर्थिक लेखा परीक्षणका आएका मेलेप टोलीलाई समेत शिक्षा शाखाले सो कार्यक्रमको खर्च विवरण पेश गर्न सकेका छैनन् । भुक्तनी प्राप्त गरिसकेको सो विद्यालयलाई आर्थिक विवरण चुस्तदुरुस्त पठाउन मलेपले सो पालिकालाई अल्टिमेट दिएको शिक्षा शाखा अधिकृत शर्माले उल्लेख गरिन् । यद्यपी सो विद्यालयलाई दुर्गम हिमाली आवासीय छात्रावृद्धि अनुदानको खर्च विवरण ताकेता गरिहेको उनले बताइन् । उनका अनुसार विद्यालयले खर्च विवरणको आवश्यक कागजात पेश गर्ने जनाएको उनले जनाइन् ।

यस्तै ,सो विद्यालयकी कक्षा १० मा पढ्ने एक छात्राले विद्यालयले दुर्गम हिमाली आवासीय छात्रावृद्धि अनुदान अन्तर्गत वापको वार्षिक ५ सय रुपैयाँ कहिल्यै पाउन नसकेको जानकारी दिइन । विद्यालयले सो कार्यक्रम वापत आउन बजेटमा अनियमिता गरेको आशंका स्थानीय सरोकारवालाको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारले दुर्गम आवासीय छात्रावृद्धि स्वरुप मुस्ताङलाई ४९ कोटा तोकेको थियो । सो विद्यालय प्राप्त गरेको सो बजेटको हिसाब किताब समेत पेश भएको देखिदैन ।

यस्तै ,उपल्लो मुस्ताङको दिव्यदीप स्कुलको विद्यार्थी राख्ने दुर्गम हिमाली आवासीय छात्रावास संरचना समेत जीण भएको पाईएको छ । सरकारले छात्रावास सुधारका लागि पठाउने बजेट समेत सदुपयोग भएको पाइँदैन । नाम नखुलाउने शर्तमा एक सरोकारवाला भने, ‘ विद्यार्थी बस्ने होस्टेल गाई गोरु राख्ने गोठ जस्तो छ । छात्राबासका विद्यार्थी भुँइमा बिच्छ्याइएको फलेकमा सुत्न बाध्य छन् । विद्यालयको लगानी शून्यजस्तै छ ।’

उपल्लो मुस्ताङको दिव्यदीप स्कुलले हिउँदयाममा बर्सेनि विद्यार्थी घुम्ती कक्षाका रुपमा पोखरा लैजान्छ ।गत वर्ष घुम्ती कक्षाका लागि संघ सरकारबाट ३ लाख ५० हजार र स्थानीय तहले ७ लाख बजेट बिनियोजन गरेको थियो ।

सो विद्यालयबाट घुम्तीका लागि २२ जना विद्यार्थी बेसी झारेकोमा त्यसको यथेस्ट प्रमाण खुल्न सकेको छैन । दिव्यदीपले २२ जना विद्यार्थी पोखरा लगेर पढाएको ३ महिनाको खर्च १० लाख ५० हजारको पेश गरी झुक्तानफ लगिसकेको पालिकाले जनाएको छ ।  घुम्ती कक्षाका लागि भएको खर्च विवरणको पर्याप्त आधार विद्यालयले पेश नगरेको सो पालिकाको शिक्षा शाखाले उल्लेख गरेको छ ।

विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवं कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदानतर्फ शिक्षण सिकाईमा आधारित सूचना र सञ्चार प्रविधि (आइसिटी )को प्रयोग अन्र्तगत संघीय सरकारबाट सो विद्यालयलाई ६ लाख ५० हजार बजेटले उपलब्ध गराइएको थियो ।

सो कार्यक्रममा विद्यालयले कम्प्युटर, इन्टरनेट कनेक्टिभिटी इकुमेन्ट र किट्स खरिद गरिनुपर्नेमा पालिकाको अनुमगनमा उक्त सामग्री विद्यालयले खरिद गरेको देखिएको छैन ।केही वर्षअघि सो विद्यालयलाई चीनले केही थान चाइनिज कम्प्युटर सौजन्य दिएको बाहेक नयाँ सामग्री विद्यालयमा भएको पाइँदैन । तर ,विद्यालयले आइसिटीको बजेट भुक्तानी प्राप्त लिएसकेको शिक्षा शाखा अधिकृत शर्माले जानकारी दिइन् ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले उक्त विद्यालयलाई लाइबेरी संचालनका लागि १५ लाख बजेट उपलब्ध गराएको थियो । तर ,सो विद्यालयले पुरानो लाइबेरीमा केही सामग्री थप गरी रकम भुक्तानी लिएको जनाइएको छ ।

चरम वेथितिको आशंका गरिएको उक्त विद्यालयमा शैक्षिक गुणस्तर बर्सेनि खस्किदै गएको सरोकारवा बताउँछन् । सरकारले उपलब्ध गराइएको शैक्षिक सुधारात्मक बजेट कार्यान्वय नगरी जबरजस्ती पालिकासँग भुक्तानी लिने गरेको उनीहरुको दावी छ ।

सो विद्यालयले ८५ जना विद्यार्थी पढ्ने तथ्याङ्क देखाएपनि हाल सो विद्यालयमा जम्मा ४५/५० जना विद्यार्थी मात्र पढ्छन् । विद्यालयको शैक्षिक पूर्वाधार तथा शैक्षिक पठन/पाठनमा प्राप्त सरकारी बजेटको अनियमितता भएको हुनसक्ने सरोकारवालाको ठम्याई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

Next Post
निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा बढ्न थाल्यो सवारीको चाप

निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा बढ्न थाल्यो सवारीको चाप

सांसद रुही यादवका पति महम्द हबिबुल्लाको ज्यान मार्ने प्रयास

सांसद रुही यादवका पति महम्द हबिबुल्लाको ज्यान मार्ने प्रयास

मन्त्री चौधरीलाई जन्मस्थल महोत्तरीको मटिहानीमा भव्य स्वागत

मन्त्री चौधरीलाई जन्मस्थल महोत्तरीको मटिहानीमा भव्य स्वागत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .