No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बिहेका लागि कर गरेपछि मोरङमा प्रेमिकाको हत्या

बिहेका लागि कर गरेपछि मोरङमा प्रेमिकाको हत्या

विराटनगर  : बिहेका लागि कर गर्न थालेपछि मोरङमा एक युवाले प्रेमिकाको बीभत्स हत्या गरेको खुलेको छ । रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दाले प्रेमिका कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरीता सोरेनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार कुटपिट गरेर र घाँटी थिचेर हत्या गरेपछि सरीताको शव भने मकैबारीमा फ्यालिदिएको अवस्थामा फेला परेको थियो ।

डेढ महिनाअघिको घटनाका अभियुक्त लामो समयपछि बुधबारसाँझ मात्रै पक्राउ परेका छन् । बिहेमा जानभन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको शव रतुवामाई–६ स्थित मकैबारीमा फेला परेको थियो । स्थानीय रामप्रसाद भण्डारीले अनुहार, घाँटी र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा महिलाको बीभत्स शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

एक सन्तानकी आमा सरीता कानेपोखरी–२ मा रहेको गाई फार्ममा काम गर्थिन् । प्रहरीका अनुसार बिहेमा जान भनेर उनी गाई फार्म र आफ्नो घरदेखि वैशाख १७ गते नै बिदा लिएर हिँडेकी थिइन् । त्यसपछि रतुवामाई पुगेर सरीताले सुफललाई भेटेपछि घटना भएको देखिने प्रहरीले जनाएको छ ।

घटनापछि सुफल फरार बनेका थिए । मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले उनलाई महेन्द्रनगरको कञ्चनपुरबाट पक्राउ गरेर मोरङ ल्याइपु¥याएको छ । प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

एसपी खड्काले घटनापछि फरार बन्दै लुकिछिपी भारततिर जाने योजनामा रहेका सुफललाई ठूलो मिहिनेतपछि पक्राउ गर्न प्रहरी सफल भएको जानकारी दिए । ‘गाउँमा प्रेमिकाको हत्या गरेर भारततिर भाग्ने योजना बनाएका रहेछन्,’ उनले भने, ‘भारत भाग्नुअघि नै पक्राउ गर्न सकिएका कारण हत्यामा संलग्नको योजना सफल हुन पाएन ।’

एसपी खड्काका अनुसार प्रेमिकाको हत्या गरेर फरार भएका सुफल भारत छिर्ने र उतै बसेर काम गर्ने योजनामा रहेको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विगत छ महिनाअघिदेखि सुफल र सरीताबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । ‘प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरीताले कर गर्न थालेपछि दुई जनाबीच वादविवाद भएको पाइयो,’ खड्काले भने, ‘त्यसपछि आवेगमा आएर कुटपिट गर्दै घाँटी थिचेर सुफलले हत्या गरेको खुल्यो ।’

सरीताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको छ । प्रहरीका अनुसार सरीताका श्रीमान र सुफल चिनजानका साथी थिए । दुवै जना ट्याक्टर चालक रहेको खुलेको एसपी खड्काले दिए । उनका अनुसार साथीको मृत्यु भएपछि पुरानै चिनजानका आधारमा श्रीमती सरीतासँग सुफल नजिकिएका थिए ।

नजिकिनै क्रममा दुई जनाबीच प्रेम बस्यो । ‘प्रेम सम्बन्धमा रहेका दुई जनाबीच रातको समयमा भेट भएछ । त्यही क्रममा सरीताले मलाई अब बिहे गरेर घरतिरै लैजानुभन्दै कर गर्न थालेको पाइयो,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘बिहे अस्वीकार गरेका सुफलले जिद्धि गर्न थालेपछि हत्या गरेर सरीताको शव भने मकैबारीमा फ्यालिदिएको पुष्टि भयो । पक्राउ गरेर अनुसन्धान थाल्दा सुफलले पनि यो कुरा स्वीकार गरिसकेका छन् ।’

उनका अनुसार कुटपिटबाट शरीरका करङ पनि भाँचिएका छन् । कपडा च्यातिएको र सरुवाल पनि सुर्किएको अवस्थामा सरीताको शव फेला परेको थियो । हत्याअघि उनीहरुबीच शारीरिक सम्पर्क भए÷नभएको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मृत्यु भएका साथीकी श्रीमतीसँग प्रेमका नाममा अवैध सम्बन्ध राख्दै आएका सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान रहेको खुलेको छ । हत्या गरिएकी सरीता पनि एक सन्तानकी आमा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवा हत्या घटनाको राष्ट्रिय एकता दलद्वारा घोर निन्दा

बंगलादेशमा हिन्दू युवा हत्या घटनाको राष्ट्रिय एकता दलद्वारा घोर निन्दा

Next Post
कोशी किनारमा तीन पुरुषको शव फेला परेका छन्

कोशी किनारमा तीन पुरुषको शव फेला परेका छन्

हेलिकोप्टर चार्टर गरेर हिमालपारिका गाउँमा स्वास्थ्य उपकरण

हेलिकोप्टर चार्टर गरेर हिमालपारिका गाउँमा स्वास्थ्य उपकरण

मुस्ताङको दिव्यदीप स्कुलमा २७ लाख बढी बेरुजु

मुस्ताङको दिव्यदीप स्कुलमा २७ लाख बढी बेरुजु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .