No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनीयाँहरु खोपको मुल्य नखुलाउदा किन्न सकिएनः त्रिपाठी

चिनीयाँहरु खोपको मुल्य नखुलाउदा किन्न सकिएनः त्रिपाठी

काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चीनले मूल्य सार्वजनिक गर्न नचाहेका कारण कोरोना खोप खरिद प्रक्रिया अबरुद्ध भएको बताएका छन् ।

नेपालले एक करोड डोप खोप खरिद गर्ने गरी पहिलो खेपमा २० लाख डोज किन्ने प्रस्ताव गरेको थियो । औषधि व्यवस्था विभागले भेरोसेल खोपका लागि अनुमति दिएपछि नेपालले २० लाख डोज किन्न परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासमार्फत कुरा अगाडि बढाएको त्रिपाठीले बताएका छन् ।

चिनियाँ कम्पनीले ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ गर्ने प्रस्ताव गरेको भन्दै निवर्तमान मन्त्री त्रिपाठीले भने, ‘उसको डाटा कसैसँग सेयर गर्न पाइँदैन भन्ने कम्पनीको नियम रहेछ ।’

उनले अघि भने, ‘मूल्य खुलाएको भए खरिद प्रक्रिया अघि बढिहाल्थ्यो, त्यो नमानेपछि ढिला भयो ।’ २० लाख खोप कति मूल्यमा र कहिलेसम्म दिने भनेर नेपालले लेखेको अर्को पत्रको जवाफ चिनियाँ पक्षले अहिलेसम्म नदिएको उनले खुलाए ।

त्रिपाठीका अनुसार रुसबाट खोप किन्न नेपाल अग्रसर भए पनि रुसी पक्षले नै रेस्पोन्स नगर्दा ढिला भएको हो । ‘उच्चस्तरीय प्रतिनिधि मण्डल आएर आगामी डिसेम्बरसम्म ८० लाख डोज उपलब्ध गराउँछौं भनेको थियो । मैले ४० लाख चाहिँ अलि चाँडै गरिदिनुप¥यो भनेको थिएँ,’ उनले भने, ‘उहाँहरुको मूल्य त खुलेको थियो तर, कति–कति डोज कुन–कुन समयमा पठाउने भन्ने पनि खुलाएनन्, खोप पनि पठाएनन् ।’

उनले भारतीय कम्पनी शेरम इन्स्टिच्युटबाट ५० लाख खोप खरिद हुन नसकेको स्वीकार गरे ।

नेपालले सुरुमा प्रतिडोज ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड खोप किनेको थियो । यो मूल्यमा भारत सरकारले सहयोग गरेको भन्दै उनले भने, ‘उसले चार डलरको दरमा काठमाडौं विमानस्थलमै ल्याइदियो । त्यहि बेला बंगलादेशले निकै महंगोमा भारतीय खोप खरिद गरेको थियो ।’

तर खरिद गरेकोमध्ये १० लाख डोज खोप आएको छैन । ५० लाख डोज खरिद प्रक्रिया पनि अगाडि बढेन ।

खरिद प्रक्रिया नबुझेर पनि समस्या भएको भन्दै उनले भने, ‘उसको नेपाल प्रतिनिधिले सरकारले खरिद गरे पनि १० प्रतिशत कमिशन पाउनुपर्छ भन्ने बुझेछ । उसले लगानी गरेर खोप ल्याएको भए मात्र १० प्रतिशत लिन पाउँथ्यो ।’

‘कमिसन दिन्न भनेर प्रधानमन्त्रीसँग अडान लिएँ’

सम्बन्धित देश वा उत्पादकबाट सिधा खरिद गर्दा कमिसन नदिने अडानमा आफू रहेको भन्दै उनले भने, ‘कसैलाई कमिशन नदिने विषयमा प्रधानमन्त्रीसँग लामै छलफल भएको हो । त्यो अडानमा म अन्तिमसम्म बसें ।’

शुक्रबार मन्त्री पदबाट हटेका निवर्तमान मन्त्री त्रिपाठीले नयाँ स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई खोप खरिदमा पारदर्शी बनाउन आग्रह गरेका छन् । ‘कहाँ–कहाँ प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्ने जानकारी गराएको छु,’ कुराकानीका क्रममा उनले भने, ‘खरिदमा पारदर्शीता अपनाउनु होला, यो जनताको जिउमा जाने कुरा हो, खोप भनेर कसैले स्लाइनपानी पठाइदेला, त्यसको परिक्षण गर्ने हाम्रोमा ल्याब छैन । लट नम्बर, ब्याच नम्बर लगायत सबै कुरामा ध्यान दिनुपर्छ भनेर सुझाएको छु ।’

‘धेरैको ज्यान बचाउन नसकेकोमा पश्चाताप छ’

निवर्तमान मन्त्री त्रिपाठीले आफ्नो ६ महिने कार्यकालमा जिम्मेवारीबोधका साथ काम गरेको बताए । कोरोनाको दोस्रो लहर चरम विन्दुमा पुगेको बेला आफू जिम्मेवारीमा रहेको भन्दै उनले आफ्नो बर्कतले भ्याएसम्म काम गरेको बताए ।

‘म लामो समय रहिन, तर जति रहें इमान्दारी र जिम्मेवारीबोधका साथ गरेर काम गरें,’ उनले भने, ‘हामीले धेरै मान्छेको ज्यान बचाउन सकेनौं, त्यसमा पश्चाताप छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज

संसद विघटन मुद्दामा बहस गर्न सरकारी वकिललाई १५ मिनेटकाे समय

मन्त्रिपरिषद विस्तारविरुद्धको रिट खतिवडाको बेञ्चमा

सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा सर्‍यो

सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा सर्‍यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .